एफ्सी केन्ट गोर्खा भेट्रानले “सामुदायिक बाल उद्घार केन्द्र” लाई २ लाख सहयोग गर्‍यो ।

सुरेन्द्र इङ्नाम– केन्ट, वेलायत ।

गत सन २०१८ फरवरी २४ तारिखको दिन काठमाण्डौमा एफ्सी केन्ट गोर्खा भेट्रान बेलायतले एक च्यारीटी फुटबल खेलको आयोजना गरी “सामुदायिक बाल उद्घार केन्द्र” (Child Recue Centre.) काठमाण्डौ लाई २ लाख सहयोग रकम हस्तान्तरण गरेको हो ।

नेपालीहरुले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको ईतिहाँस सँगै सन २००७ बाट बेलायतमै बस्न पाउने अधिकार पाए यता आफ्नो संस्कार संस्कृति, भाषा तथा नयाँ र पुराना पुस्तालाई जोडेर राख्न साथै कामलाई एकछिन छाडेर समाजमा घुलमिल गराउन या हुनलाई यस क्लबको स्थापना सन २०१४ मा भएको हो, यस्का अलावा समयम समयममा केहि च्यारीटी खेलहरु खेलेर नेपालमा केहि अनाथ, असहायहरुलाई सके जति सहयोग गर्ने पनि क्लबको योजना रहेको क्लबका प्रवन्धक बुद्धी सुनुवारले जनाए ।

उक्त काठमाण्डौमा खेलिएको खेलमा “एमएस सेन्टर” र एफ्सी केन्ट गोर्खा भेट्रान बेलायत बिच खेलिएको खेलमा नेपालका कलाकारहरु धिरेन शाक्य लगायतको उपस्थिति रहेको खेल फुल टाईम सम्ममा बराबर भएपछि प्यानल्टि सुटमा समाप्त भएको थियो । 

उक्त खेल समाप्त पछि “सामुदायिक बाल उद्घार केन्द्र” (Child Recue Centre.) काठमाण्डौ लाई २ लाख सहयोग रकम हस्तान्तरण गरेको हो ।

टिमकोच लोक चेम्जोङले बताए अनुसार दोस्रो च्यारिटी खेल मार्चको ३ तारिख पोखरामा साहारा क्लबको आयोजनामा खेलहरु खेलेर साहारा युथक्लबलाई सहयोग रकम हस्तान्तरण गर्ने क्लबको प्रारम्भिक योजना रहेको जानकारी पनि दिए ।