पीपल मोर्गेजेजको च्यारिटी डिनर सम्पन्न, गोर्खा वेलफेयर ट्रष्टलाई २,३६० पाउण्ड सहयोग ।

पुर्ण गुरुङ्ग– लण्डन ।

गत शुक्रबार १६ मार्च २०१८ बेलुकी अल्डरसट स्थित एम्पायर हलमा पीपल मोर्गेजेज्ले आफ्नो स्थापनाको दोस्रो बर्ष पुरा गरेको अवसरमा विविध साँस्कृतिक कार्यक्रमका साथ बार्षिकोत्सव मनाएको छ ।

गोर्खा वेलफेयर ट्रष्ट युकेको सहयोगार्थ च्यारिटी डिनरको समेत आयोजना गरेको कार्यक्रममा गत अप्रिल २०१७ यताका नयाँ ग्राहकहरुलाई मात्र आमन्त्रण गरिएको थियो । सो अवसरमा पीपल ग्रुपका डाईरेक्टर सूर्य प्रकाश गुरुङले उपस्थित व्यक्तिहरुले लिएको राफल ड्र बाट संकलित १,१८० पाउण्डमा त्यतीनै रकम थपी २,३६० पाउण्डको चेक गोर्खा वेलफेयर ट्रष्टलाई हस्तान्तरण गरे । राफल ड्रमा प्रथम हुनेलाई एकतोला सुन, दोस्रो र तेस्रोलाई पीपल गिफ्ट भौचर प्रदान गरिएको थियो । त्यस्तै, सवभन्दा टाढा १५२, ११५ र ९४ माईलबाट कार्यक्रममा सहभागी ग्राहकहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा पीपल ग्रुपका डाईरेक्टर सूर्य प्रकाश गुरुङले सबै उपस्थित महानुभावहरुलाई स्वागत गर्दै, उनले गत २ बर्ष अघि आपूmले फार्नबोरोबाट शुरु गरेको व्यवसायको केन्टमा शाखा स्थापना गर्न सफल भएको बताए । उनले १६ जना कार्यरत रहेको सो ग्रुपले गतबर्ष देखि स्टेट एजेन्सी समेतको सेवा शुरु गरिएको बताउदै आपूmहरुले मोर्गेजेज प्रोटेक्शन, होम इन्स्योरेन्स र विलको बारेमा सल्लाह दिनुको साथसाथै सस्तो र राम्रो मोर्गेज, प्रोटेक्सन र ईन्स्योरेन्सहरूको खोेजी गरिदिदै आएको बताए । त्यस्तै, उनले पिपल स्टेट एजेन्टस् मार्फÞत घर बेच्ने, भाडामा लगाउने र ब्यबस्थापन गर्ने काम गर्दै आएको जनाए ।

उनले, ‘तपाई ग्राहकहरुकै कारण यो सम्भव भएको हो’  भन्दै आउने दिनहरुमा पनि आवश्यक सल्लाह र सुझाव दिने विश्वास व्यक्त गरे । साथै, उनले ग्राहकहरुलाई एउटै परिवारको रुपमा हेर्दै, ‘हामी एउटै परिवार हौं’, भने । र, उनले ‘आउने दिनहरुमा पीपल परिवारले डाँडाकाँडा ढाक्न चाहन्छु’ भने । त्यस्तै, उनले ‘जसरी एउटा बालकले सबै कुरा जानेको र बुझेको हुदैन तर इमान्दारीता पूर्वक कोशिष भने गरिरहेको हुन्छ’ त्यस्तै आपूmहरुले पनि सक्दो राम्रो, सरल र सुविधायुक्त सेवाको खोजीका लागि कोशिष गरिरहेको र गरिहने बताए ।

करीब ३०० जना भन्दा बढीको उपस्थिति रहेको सो कार्यक्रममा नेपाली समुदायका अग्रज लगायत बिशेष उपस्थिति रहेको थियो ।

ब्रिगेड अफ गोर्खाजको हिल बोईज नामक गोर्खा व्याण्डको साँस्कृतिक प्रस्तुती रहेको कार्यक्रममा सो व्याण्डले ‘सयथरी बाजा एउटै ताल.., ‘बिछोड बेलामा…, रेशम फिरिरी…लगायतका धुन बजाएका थिए । त्यस्तै, ‘अल्झेछ क्यारे पछ्यौरी, तिम्रो चियाको बुटैमा, सुन साईली, भेडाको उन जस्तो, भेडाको उन जस्तो लगायतका कालजायी गीतहरु प्रस्तुत् गरेको थिए । त्यस्तै, एभरेष्ट आइडल–२०१७ सोनाहाङ्ग राईले तिमी बिना सक्तिन एक्लै, जति माया लागे पनि…लगायतका विभिन्न गीतहरु गाएर भरपूर मनोरञ्जन दिलाएका थिए ।

क्युओजिएलआरका कलाकारहरुले पाईपर र ड्रमको धुन बजाएर शुरु भएको कार्यक्रमलाई पीपल ग्रुपका शान्ति लिम्बु र सुवास पुनले संचालन गरेका थिए भने डिजेमा हेम बिष्ट, भिडियोमा सविन्द्र कुमार गुरुङ र फोटोग्राफीमा मिलन तमुले बिशेष भूमिका निभाएका थिए ।