धरान, बिजयपुरको दरबार परिसरमा पानी टंकी निर्माण बिरुद्द रिट निवेदन ।

सम्मानित सर्वोच्च अदालतले मुन्धुमि महत्त्वका ढुङ्गाहरु तथा एतिहसिक सस्कृतिक, तथा धार्मिक महत्त्वका कुनै पनि बिशय बस्तु वा स्थल (धरान को बिजयपुरको दरबार परिसरमा भयेको स्थल जहाँ पानी टंकी निर्माण हुदैछ ) को जिबन्तता बचाउनु पर्ने र संरक्षण गर्नु पर्ने , बिकाश तथा निर्माण कार्य गर्द तेस्तो राष्ट्रको सम्पदाको क्षति गर्नु नहुने येदि क्षति भैसकेको भए पनि संरक्षण को ब्यबस्था गर्नु भन्ने अतिनै महत्त्वपूर्ण परमादेश जारी भएको सम्पुर्ण सम्बन्धित महानुभवलाई जानकारी गराउदछाै । यो रिट जारी गर्नु अतिनै महत्त्वपूर्ण योग्दान गर्नु हुने बरिस्ठ अधिवक्ता अदणीय दाईहरु पुर्णमान शाक्य, डा. चन्द्रकान्त ज्ञवाली, सतिस खरेल अादी तथा न्यायप्रेमि साथिहरु जस्ले बिशेष याेगदान गर्नु भयो, वहाँहरुमा सधन्यबाद हामी रिट निबेदक प्रबिन पन्दक, मनिस श्रेष्ठ, रजेश्वोरी महर्जन र सन्तोष भण्डारी लगायत सराेकारवाला सम्पूर्णकाे तर्फबाट समेत हार्दिक आभार ब्यक्त गर्दछौ । साथै यो परमादेशको सम्मान र कार्यान्वयनमा सम्पुर्ण पक्षहरु प्रति आशावादी छौ ।

Source: Prabin Pandak Limbu

Source:

Prabin Pandak Limbu