प्रदेश १ लाई दुईवटा प्रान्त बनाउन लिम्बुवानको माग

विराटनगर- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश १ लाई टुक्राएर दुईवटा प्रदेश बनाउन माग गरेको छ । मञ्चका अध्यक्ष कुमार लिङदेनले प्रदेश १ लाई पुनः संख्याकरण गरी लिम्बुवान र किरात खम्बुवान दुईवटा प्रदेश बनाउन माग गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएका छन् ।

लिङदेन नेतृत्वको नेताहरुको टोलीले मंगलबार मुख्यमन्त्री राईलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । पत्रमा मञ्चले संघीयताको आन्दोलनमा सुरुदेखि नै योगदान गरेकाले नै हाल मुलुक संघीय संरचनामा गएको उल्लेख छ ।

लिम्बुवान प्रान्त प्राप्त नभएसम्म लिम्बुवान आन्दोलनले कहिल्यै विश्राम नलिने लिङदेनले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

साभार: www.sarbajanik.com