तेह्रथुमको आठराई इवामा श्रीजंग राय स्मृति फुटबल ३, हुदै ।

लन्डन। तेह्रथुमको आठराई -४ ईवामा श्रीजंग राय स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।

मागे संक्रान्ति, कक्फेवा तङनाम तथा किराँत नयाँ वर्ष येले तङवे ५०८४ को अवसरमा आयोजित प्रतियोगिताको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले उद्घाटन गर्नुभएको हो।उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाहिमले युवाहरूलाई खेलकुदमा प्रेरित गर्दै आठराई चिनाउन यस प्रतियोगिताले भूमिका निर्वाह गर्ने बताउनुभयो ।

राजनीतिक दल र बैंकर्स बीच उद्घाटन खेलमा बैंकर्स विरूद्ध राजनीतिक दल ५-१ को गोलान्तरले उद्घाटन खेल  सकिएको थियो ।

उद्घाटन समारोहमा विभिन्न जातीय तथा संस्कृति झल्किने साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो। अन्य प्रतियोगिताका खेलहरू मंगलबारदेखि संचालन हुने आयोजकले बताएको छ ।

रन्दल आधारभुत विद्यालयको स्वर्गीय वलीराज, जसमाया, जोगमाया स्मृति खेल मैदानमा विगत ३ वर्ष देखि प्रतियोगिता खेल संचालन हुँदै आएको हो।

माघ ५ गते सम्म जारी रहने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ पर उपविजेताले ६० हजार १ सय ११ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्याडमिन्टन डबल तर्फ प्रथम हुनेले नगदर ८ हजार, द्वितीयले ५ हजार र तृतीयले ३ हजार प्राप्त गर्नेछन् ।  प्रतियोगितात्मक धान नाच तर्फ प्रथम पुरस्कार १५ हजार १ सय १५ र दोस्रो १० हजार १ सय १० र तेश्रो ५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको ईङनाम ईवाहाङ युवा समाज खेलकुद विकास समितिका अध्यक्ष महेन्द्र ईङनामले जानकारी दिनुभयो ।

उक्प्रत तियोगिता आठराई गाउँपालिकाको व्यवस्थापन तथा प्रायोजन, ईङनाम ईवाहाङ युवा समाज खेलकुद विकास समिति र श्रीजंग राय पापो समाजको संयुक्त आयोजनामा संचालन भई रहेको छ ।