यूकेमा इङ्नाम चेलि–माइती समाज यूकेको कार्य समिती गठन सम्पन्न ।

सुरेन्द्र इङ्नाम – लण्डन ।

यूकेमा इङ्नाम चेलि–माइती समाज यूकेको कार्य समिती गठन सम्पन्न ।

गत २४ फरवरी २०२४ शनिवारको दिन नमस्ते गोर्खा रेष्टुरा फेल्थाम बेलायतमा इङ्नाम चेलि–माइती समाज यूकेले ९ सदस्यीय कार्य समिती गठन गरेको हो ।

इङ्नाम इवाहाङ् बन्धु तथा चेलिबेटी समाज यूकेबाट इवाहाङ् बन्धु र चेलिहरु छुट्टिने निर्णय बमोजिम इङ्नाम इवाहाङ् बन्धु तथा चेलिबेटी समाज यूके गत सेप्टेम्बर महिनामाभङ्ग तथा विगठन भएर थियो । इङ्नाम वन्धु तथा चेलिहरुले सामुहिक रुपमा समाज बनाउने निर्णय लिए अनुसार खेमराज इङ्नामको अध्यक्षतामा तदर्थ समिति गठन भएकोथियो ।

सन २००८ मा सुरेन्द्र इङ्नाम, चन्द्र इङ्नाम, शेर बहादुर इङ्नाम र स्याम इङ्नाम चन्द्र इङ्नामको निवासमा बैठक बसेर बेलायतमा इङ्नाम इवाहाङ् बन्धु तथा चेलिबेटीहरुकोसंख्या बडदै गएकोले वर्षमा १ दिन चिनजान तथा भेट–घाट गर्ने उदेश्यले संस्था गठन गर्ने योजना अनुरुप सन २०१० मा औपचारिक रुपले संस्थाको स्थापना भएको थियो ।

करिव १३ वर्ष सम्म इङ्नाम र इवाहाङ् एउटै संस्थामा बसेर काम गर्दा धेरै अनुभवहरु बटुलिए कतिपय काम गर्न सजिला भए भने कति निकै कठिन भए, अन्तत आ–आफ्नै संस्थाखोलेर सानो र सजिलो तवरले अगाडि बड्न यो कदम चालिएको जानकारी श्री बिना इङ्नामले दिए ।

बेलायतमा हामी इङ्नाम र इवाहाङ्हरुको संस्था नितान्तै स्वतन्त्र छ, हामी कुनै पार्टी तथा संस्थाहरुसँग आवद्ध तथा शाखा होईनौ, हामी चेली माइती र भाना भान्जाहरु वर्षमा एकपटक भेला भएर दुःख सुख साटासाट गर्न र जन्म मृत्यूमा एकजुट भएर साथ सहयोग गर्न संस्थाको जरुर पर्ने भएकोले संस्थाको जन्म आवस्यक भएको श्री चन्द्र, शेर ब. इङ्नाम रजुमन इङ्नामले सो भेलामा प्रस्ट पारे ।

इङ्नाम चेलि–माइती समाज यूकेको उक्त भेलाले संस्थाको लोगो÷ब्यानर, विधान लेखन, वार्षिक शुल्क, वार्षिक भेला, जन्म मृत्यू बारे बृहत छलफल गरि पारित गरेको जानकारीअध्यक्षले जाकारी दिए ।

विहान ११ बजे बाट सुरु भएर ४ बजे सकिएको कार्यक्रमलाई सुरेन्द्र इङ्नामले सञ्चालन गरेका थिए ।

इङ्नाम चेलि–माइती समाज यूकेको कार्य समितीः
अध्यक्षः श्री खेमराज इङ्नाम
उपाध्यक्षः श्री सोमी इङ्नाम
सचिवः श्री मुना इङ्नाम
सह–सचिवः श्री बरुण इङ्नाम
कोषाध्यक्षः श्री सुरेन्द्र इङ्नाम
सह– कोषाध्यक्षः श्री निना इङ्नाम

सदस्यहरु:
श्री दिल कुमारी इङ्नाम
श्री कुमारी इङ्नाम
श्री चन्द्र कुमारी इङ्नाम

सल्लाहकारहरु:
श्री शेरबहादुर इङ्नाम
श्री बिना इङ्नाम
श्री चन्द्र इङ्नाम
श्री रत्न इङ्नाम
श्री पदममाया इङ्नाम

विधान लेखन मण्डलः
सम्योजकः श्री सुरेन्द्र इङ्नाम
सदस्यहरु:
श्री चन्द्र बहादुर इङ्नाम
श्री शेर बहादुर इङ्नाम
श्री प्रशुन इङ्नाम
श्री बिना इङ्नाम
श्री निर्मल इङ्नाम