ताप्लेजुङको सान्थाक्रामा राष्ट्रिय विभूति फल्गुनन्द लिङ्देनको प्रतिमा अनावरण हुँदै

सुरेन्द्र इङ्नाम- लण्डन। ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रा बाकुलेमा किरात धर्म दर्शनदाता महान समाज सुधारक राष्ट्रिय विभूति महागुरु फल्गुनन्द लिङदेनको सालिक उद्घाटन हुने भएको छ ।
किरात मुजोत्लुङ युमा माङहिम समितिले निर्माण गरेको सालिक यही चैत्र २२ गते उद्घाटन हुने किरात मुजोत्लुङ युमा माङहिम समिति अध्यक्ष रुपा साँवा श्रेङले जानकारि दिएका हुन।
आठ फुट आठ इन्च अग्लो र ५ हजार क्विन्टल वजन भएको उक्त सालिक माङसेबुङमा बनाएर सान्थाक्रा ल्याई सकिएको छ ।
सालिक उद्घाटन मूल समिति सचिव सुजता लाबुङका अनुसार चैत्र १७ गते तमोर त्रिवेणीमा साक्मुरा वादेम्मा वा गाली श्राप बगाउने चैत्र २० गते बिहान लाघुङ सेमी सेवा साथै चैत्र २२ गते किरात धर्मगुरु तथा गुरुआमाले सामुहिक सालिक उद्घाटन गरिने आयोजक समितिले जनाएको छ ।
माङहिम समिति अध्यक्ष रुपा साँवा श्रेङले सालिक र माङहिम विभिन्न संस्था तथा व्यक्तिको साथ सहयोगले बनाउन सफल भएको र यसलाई अझ व्यवस्थित बनाउन समेत थप रकमको आवश्यकता परेकोले आर्थिक सहयोग गर्न समेत आह्वान गर्नुभएको