नेपाल पत्रकार महासंघ यूकेलाई एनआरएनए यूकेको सम्मान ।
सुरेन्द्र इङ्नाम – बेलायत ।
गत २८ जूलाई आईतवारको दिन बेलायतको ठमेल रेष्टुरेन्ट अल्डर्शटमा एनआरएनए यूकेले नेपाल पत्रकार महासङ्घ यूकेको छैटौ कार्यसमितीलाई वधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त सम्मान समारोहमा अध्यक्ष बिमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत क्षेत्री, उपाध्यक्षद्वय प्रमिला लाबुङ राई र शिव भण्डारी, महासचिवमा खेमराज रानाभाट, सचिवद्वयमा मंजु भण्डारी खरेल र विश्वासदीप तिगेला, कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्षमा सुरेन्द्र इङ्नाम, सदस्यहरुः बमबहादुर थापा, नगेन्द्रराज नेम्वाङ, वाचस्पति रेग्मी, गोमा राना, मिलनध्वज गुरुङ (मिलन तमु) लगायत संस्थापक अध्यक्ष नबिन पोख्रेलको उपस्थिती रहेको थियो ।
नेपाल पत्रकार महासंघ यूकेका वर्तमान अध्यक्ष बिमला सेनेले मन्तब्यको क्रमको पत्रकारको जती कर्तब्य हुन्छ त्यतिनै सम्पूर्ण सङ्घ -सस्थाका सदस्यको जिम्मेवारि हुने बताउदै नेपाल पत्रकार महासंघ यूके सधैं कर्तब्य प्रती निष्ठावान रहेर काम गर्ने प्रतिबद्द्ता जाहेर गरिन ।
एनआरएनए यूकेका प्रमुख संरक्षक डेविड गुरुङ्ले नेपाल पत्रकार महासंघ यूकेमा रहेका एक दुई जना असन्तुस्ट ब्याक्तिहरुले समाजमा फैलाईरहेको गलत समाचारको पछि नलाग्न यूकेमा रहेका नेपालीहरुलाई सचेत गराउदै बिमला सेनेको अध्यक्षतामा रहेको नेपाल पत्रकार महासंघ यूके महासंघको विधान अनुसार अधिवेशन बाट चुनिएको बैधानिक कार्यसमिती भएको बक्तब्यमा ईस्पष्ट पारे ।
सम्मान समारोहको अन्त्यमा एनआरएनए अध्यक्ष प्रेम गाहा मगरले छैटौ कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना सहित कुनै पनि सङ्घ संस्थामा सबै सदश्यहरुको बिचार र चाहनाहरुलाई पुरा गर्न नसकिने र प्रजातान्त्रिक र निश्पक्ष रुपको मतदानलाई कदर गर्दै जस्को परिणामलाई मान्नु पर्ने ईस्पष्ट पार्दै कार्यक्रलाई समापन गरे ।
दिउसो १:३० बजे नेपालबाट आएका राजेन्द्र कार्की ज्यूको प्रतक्ष नेपाली राष्ट्रिय गान गाएर शुरु भएर ३:३० बजे समापन भएको उक्त कार्यक्रमलाई एन आर एन एका महासचिव प्रमिला लाबुङ राईले सन्चालन गरेका थिए ।
