बुद्दिस्ट गुम्बा रिडिङ् यूकेको आयोजनामा आउदो अगष्ट १८ तारिख एल्डर्शटको एम्पायर हलमा धर्मदेशणा हुँदै ।

सुरेन्द्र इङ्नाम – बेलायत ।

मृत्‍यु पश्चात गरिने आफ्नो सस्कारहरुलाई एकरुपतामा ल्याउनलाई बुद्दिस्ट गुम्बा रिडिङ् यूकेले आउदो अगष्ट १८ तारिख एल्डर्शटको एम्पायर हलमा गुम्बाको गुरु खेन् रेन्पोछे शिर लामाज्यूबाट धर्मदेशणा कार्यक्रमको आयोजना गरेको हो ।

सन २००७ पछि ब्रिटिश सरकारले गोर्खाहरुलाई रिटायर पश्चात स-अरिवार बेलायत बस्न पाउने नियम तथा अवसर दिए पश्चात नेपालीहरुको बसोबाश बाक्लिदै गएको छ र उमेर सङ्गै जिवनको अन्तिम महोत्शब मृत्‍यु पनि हुने गरेको लामाले उद्रित गर्दै नेपाल र बेलायतको भौगोलिक, सस्कार सस्क्रिती र जीवन शैली बेग्लै भएकोले कतिपय अवस्थामा के गर्ने भन्ने अन्योल समेत उत्पन्न हुने भएकोले बुद्दिस्ट गुम्बा रिडिङ् यूकेले यस  सम्बन्धी विशेष धर्मदेषणा गर्न लागेको हो ।

प्रवेश शुल्क प्रतिब्यक्ति £२० रहेको उक्त कार्यक्रम बिहान ११ बजे बाट शुरु भएर साझ  ५ बजे सम्म चल्ने छ ।  प्रवचन पश्चात समुर्ण धर्मवलम्बीहरुकोलागि ग्रह शान्तिको पूजा पनि गर्ने आयोजकले जानकारी दिए 

उक्त रिडिङ गुम्बाका गुरु लामा एसोसियन नेपालका अध्यक्ष हुन र लुम्बिनी बुद्ध धर्म बिस्तार, प्रचार प्रसारका एक सम्योजक पनि हुन ।

यसै बुद्दिस्ट गुम्बा रिडिङ् यूकेको आयोजनामा बुद्दिस्ट गुम्बा रिडिङ्मा सेप्टेम्बर २ देखी ८ तारिख सम्म भगवान बुद्धको (प्रज्ञा पारा बिद्या) १६ ठेली ग्रन्थहरुको व्याख्या गर्ने कार्यक्रम आयोजना गरेको छ । समस्त भक्तजनहरुबाट यस कार्यको लागि प्रायोजन खोजिरहेको र यसबाट बचेको रकम गरीब दु:खीहरुलाई  प्रदान गर्ने जानकारी गराए ।

यि सम्पूर्ण कार्यको थप जानकारिको लागि गूगलमा Budhista gumbaa Reading  सर्च गरेर फोन संपर्क गरी  बुझ्न सकिने छ ।