मन्त्री राजेन्द्र लिङ्देनलाई किरात याक्थुङ चुम्लुङ् यूकेबाट स्वागत सम्मान ।

सुरेन्द्र इङ्नाम – केन्ट बेलायत ।

गत २३ सेप्टेम्बर २०२४ को साँझ बेलायतको अल्डर्शटमा  किरात याक्थुङ् चुम्लुङ्को आयोजनामा नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टिको पार्टी अध्यक्ष तथा भुपू उपप्रधान मन्त्री, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री माननीय राजेन्द्र लिङ्देनलाई बेलायतमा सम्मान गरिएको हो ।

कि या चु पूर्व अध्यक्ष सिरी लिम्बुले मानानीय मन्त्री  राजेन्द्र लिङ्देन र वहाँको पत्नी सिता थापा लीङ्देनलाई बेलायतमा बस्ने नेपाली मूलका राजनीतिक, शैक्षिक पारिवारिक बारे जानकारी गराउदै भुपू गोर्खाहरु नेपाल सरकार र बेलायत सरकारको मन्जुरिमा आएकाले हाम्रो नागरिकता निरन्तरता कायमा रहन जरुर भएको जानकारी गराउदै यस्लाई नेपाल सरकार समक्ष पुर्याउन मद्घत गर्न आग्रह गर्नु भयो ।

कियाचुका सम्स्थापक अध्यक्ष खड्कजङ आङ्बुहाङ्ले बेलायत बस्ने अधिकार र त्रीपक्षिय सन्धिलाई निर्देशनात्मक् आदेश आएको तर सरकारले पालना गरेको छैन यस्लाई पनि सरकार समक्ष पुर्याउन जानकारी गराए ।

बेलायतवासी बिजय लिङ्देन्ले रा.प्र.पाले गोर्खाजहरुको दोहोरो नागरिकताबारे अध्ययन समिती गठन गरेर समस्या समाधान गराउन पहल गर्नु अनुरोध गर्नुभयो ।

मानानीय मन्त्री राजेन्द्र लिङ्देनले बोल्ने क्रममा विश्वाशदिप तिगेलालाई धेरै पहिले देखिनै फलो गर्दै गरेको जानकारी गराउदै बेलायतमा बसेर पनि आफ्नो सन्ततिहरुको लागी संसार- संस्क्रिती, भाषा, र धर्म बचाउन ठुलो भूमिका निभाई रहनु भएको छ यो नेपाल सरकारबाट पहल हुनु पर्ने तर तपाईंहरु आफैले गरिरहनु भएको यो कार्य अतिनै सर्हानिय छ र म र मेरो पार्टिले सकेसम्म कोशिस गर्ने प्रतिवद्दता ब्यक्त गरे ।

साँझ ७ बजेबाट शुरु भएर ९ बजे सम्म भएको स्वागत सम्मान कार्यक्रम संस्थाका महासचिब बिस्वासदीप तिगेलाले सञ्चालन गरेको थियो भने सभालाई अध्यक्षता गरेका उपाध्यक्ष दीपेन्द्र यक्सोले बेलायतमा बसोबास गर्दै गरेका सम्पूर्ण लिम्बुहरुले आफ्नो भाषा, संस्कार, सस्कृती जोगाउने यस संस्थाको मुख्य उदेश्य रहेको जानकारी गराउदै सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै बेलायत भ्रमणमा आउनुभएको सम्पूर्णलाई भ्रमण राम्रो र सफल होस भन्दै कार्यक्रमलाई समापन गरे ।

मन्त्री लिङ्देन सङ्ग बेलायत भ्रमणमा वहाँको धर्मपत्नी सिता थापा लिङ्देन लगायत केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घका उपाध्यक्ष हिकमतजङ कार्की लगायत पार्टिका प्रवास भिभाग प्रमुख आनन्द अधिकारी आएका छन ।