बान्तवा भाषाका दश कृति विमोचित
निराजन बतास
काठमाडौ, १९ असोज । बान्तावा भाषा साहित्यका विभिन्न विधाका १० कृतिहµको राजधानीमा शुक्रबार एकैसाथ लोकार्पण गरिएको छ ।
पदम राई ‘युद्धविराम’ को ‘बान्तावा सचित्र शब्दसङ्ह’, निराजन बतासको कथासंग्रह ‘दिलाक्लाम’, बतास र मनोज साङसोनको सांस्कृतिक गीति एल्बम ‘सेमुना’, रामकुमार राईको उपन्यास ‘आखोमाङओ लेन्चि मित्सा’, विजय ग्वाले राईको कविता संग्रह ‘साबेङला’, उत्तम स्माइल राईको गजलसंग्रह ‘मिन्मा’, रविन्द्र दिखुक्पा राईको सांस्कृतिक नृत्य गीतिसंग्रह ‘साकेन्वा लाकछाम’, चेली लक्ष्मी राईको सामान्यज्ञान संकलन ‘सेन्मालामा’, सइन्द्र राईको गीतसंग्रह ‘बुङफेङ’ र लप्टनसिंह राईको आत्मवृतान्त ‘संघर्Èमय जीवन’ कृतिहरुको लोकार्पण्ँ अगुवा लेखक भुइ“दल राई, प्रा.डा. नोवलकिशोर राई, डा. लाल रापचा, चन्द्र हतुवाली र पदम राईले गरेका हुन् ।
लोकार्पण्ँ कार्यक्रममा बोल्दै लेखक भुइ“दल राईले कृतिकारहरुले मातृभाषामा कृति प्रकाशन गरी आङ्खनो मातृभाषाप्रतिको अभिभारा पूरा गर्ने प्रयत्न गरेको बताए । प्रा. राईले बान्तावा साहित्यले फड्को मारेकोमा खुशी व्यक्त गरे । डा. रापचाले आजको लेखनमा तथ्य, वैज्ञानिकता र मौलिक सौन्दर्य हराउदै गएकोले त्यसलाई कायम गर्न वा उत्खनन गर्न लेखकहरु लागिपर्नुपर्ने सुझाव दिए । हतुवालीले भने प्रस्तुत कृतिहरुमा किरात मौलिकता हराभरा देखिएको टिप्पणी गरे ।
बान्तावा भाषा साहित्यमा पहिलोपल्ट यतिधेरै कृतिहरुको एकैसाथ लोकार्पण्ँ गरिएको हो । अघिल्लो साल सोही भाषा साहित्यका आठ कृतिहरुको एकैसाथ विमोचन गरिएको थियो ।
साथै, सोही कार्यक्रममा बान्तावा शब्दकोश र व्याकरण्ँ निर्माण्ँ समितिको प्राविधिक टोलीले शुक्रबारदेखि औपचारिक रुपमा कार्यालय स्थापना गरेर काम सुरु गरेको छ । सो टोलीमा प्रा. डा. नोवल किशोर राईको अगुवाइमा पदम राई, निराजन बतास र रीता राई कार्यरत हुनेछन् ।