एकल महिलाको ‘सेतो धरती’ लाई मदन पुरस्कार

काठमाडौँ, १ असोज । नेपाली साहित्य क्षेत्रमा सर्वाधिक महत्वको मदन पुरस्कार यस वर्ष अमर न्यौपानेको उपन्यास ‘सेतो धरती’ कृतिलाई प्रदान गरिने भएको छ ।
मदन पुरस्कार गुठीको बैठकले एकल महिलाका विषयमा लेखिएको सो उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको मदन पुरस्कार गुठीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मदन पुरस्कारको राशि रू. २ लाख रहेको छ ।
त्यस्तै प्रामाणिक इतिहासको क्षेत्रमा उल्लेखनीय काम गरेर इतिहास लेखन विधालाई अघि बढाएकोमा इतिहास संशोधन मण्डललाई जगदम्बा श्री पुरस्कार दिने निर्णय पनि गुठीले गरेको छ ।
यो पुरस्कारको राशि पनि रू. २ लाख रहेको छ । दुवै पुरस्कार यही असोज २१ गते वितरण गरिनेछ ।