कतारमा लिम्बुवानको ऐतिहासिक कार्यक्रम सम्पन्न

मोहन तुम्खेवा लिम्बू,
दोहा (कतार) २७ अक्टोबर २-१२ | संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रबास कार्य समिति दोहा, कतारले २७ अक्टोबर २०१२ का दिन  “को आर्यन, को आदिबासि, को जनजाति; हामी सबै नेपाली हौं, बाँचौ स्व–अस्तित्वलाई छातिमा राखी !” भन्ने मुल नाराका साथ दोहाको टपफर्म रेष्टुरेन्टको सभा हलमा भब्यताका साथ प्रथम ऐतिहासिक परिचयात्मक तथा CCO अभियान कार्यक्रम सम्पन्न भएको छ ।

मञ्च सम्बद्ध स.लि.रा.प. प्रबास कार्य समिति कतारका अध्यक्ष श्री नरेन्द्र कुमार एभेङ्गको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथीमा आदिबासी जनजाती महासंघ कतारका अध्यक्ष श्री विनेश कुमार तामाङ्ग ज्यू। साथै अन्य अतिथीहरुमा कतार स्थीत विभिन्न संघ सस्थाका पदाधिकारीहरुको उपस्थिती थियो । उक्त कार्यक्रमको उदघोषक स.लि.रा.प. प्रबास कार्य समितिका महा–सचिब श्री देउकुमार नेम्बाङ्ग ज्यूले गर्नु भएको थियो । कार्यक्रम स.लि.रा.प.का अध्यक्ष श्री नरेन्द्र कुमार एभेङ्ग ज्यू र प्रमुख अथिती बिनेस कुमार तामाङ्ग ज्यू बाट संयुक्त ब्यानर अनावरण र दिप प्रज्वलन गरि राष्ट्रिय गान बाट सुरु भइ देशका ज्ञात–अज्ञात सहिदहरु प्रति १ मिनेट मौन धारण गरिएको थियो । स्वागत मन्तव्य स.लि.रा.प.का द्धितिय उपाध्यक्ष मदन मादेम्बा ज्यूले गर्नु भएको थियो। साथै स्वागत गित “लिम्बुवान प्रेमी सबैलाई” भन्ने शिर्षकमा सुनिता लिम्बू र कबिन गुरुङ्गले स्वर दिनु भएको थियो भने गुञ्जन लिम्बू, अविशेक प्रजा र सन्दिप खालीङ्गको संगित रहेको थियो । बिच बिचमा कलाकार भाई बहिनाहरुले नृत्यको माध्यम बाट भरपुर मनोरञ्जन दिने क्रममा “ यो लडाई अस्तीत्वको हो” “जाग चम्क लम्क हे नौ जवानहो” “डबलि बजार” गीतको बोलमा नुत्य प्रस्तुत गर्नु भएको थियो । बक्तव्यको क्रममा कार्यक्रमको औचित्यता बारेमा प्रकाश पार्दै मञ्च सम्बद्ध स.लि.रा.प. प्रबास कार्य समितिका सदस्य श्री किरण लिङ्गदेन ज्यूले लिम्बुवानको ऐतिहासिक परिचय र यसको औचित्य माथि प्रष्ट प्रकाश पार्नु भएको थियो । शुभकामना मन्तव्यको क्रममा बिशेस अतिथी NRNA NCC कतारका प्रथम उपाध्यक्ष गुरु नारायण रानाभाट ज्यूले प्रवासमा आ–आफ्नो ब्यास्तताको बावजु पनि आफ्नो संघ सस्थामा लागि परेकोमा खुसि व्यक्त गर्दै कार्यक्रमको प्रंशसा गर्नु भयो । साथै NRNA NCC ले प्रवासमा आईपर्ने हरेक समस्यामा सहयोग गर्न तयार रहेको जानकारी दिनु भयो । शुभकामना मन्तव्यको क्रममा सम्पुर्ण सामाजिक संस्थाको तर्फबाट पान्थर सेवा समाजका अध्यक्ष श्री मनकुमार आङ्गबो ज्यूले प्रवासमा बाचेको समयलाई सदुपयोग गर्दै यस्ता हरेक संघ संस्थामा आवद्ध भई कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्नु भयो । मन्तब्यको क्रममा मञ्च सम्बद्ध स.लि.रा.प. प्रवास कार्य समिति कतारका प्रथम उपाध्यक्ष श्री यातु कुमार सम्वाहाम्फे ज्यूले पचिान र संघियताको बारेमा प्रष्ट पार्नु भएको थियो । एकात्मकबादी सोच भएका विभिन्न राजनैतिक पार्टिले पहिचान सहितको संघियतालाई सुडान र इथोपिया जस्ता भ्रमको खेती फैलाएकोले त्यसता भ्रममा नपर्न सम्पूर्ण संघियता प्रेमीलाई आग्रह समेत गर्नु भयो । संघिय अवधारणामा जाँदा देश नटुक्रने र जातिय दन्द्ध नहुनेमा जोड दिनु भयो ।

बहुजातिय, बहुभाषिक र बहुसास्कृतिक भएको हाम्रो देश नेपालमा संघियतामा सह–अस्तिप्तवलाई सम्मान दिनु पर्नेमा जोड दिनु भयो । यसको लागि कुनै पनि एकात्मकबादी सोच भएको राजनितिक पार्टिले पहिचान र संघियतालाई सम्बोधन गर्न नसक्ने भएकोले हामीले तमाम पहिचान र संघियबादि एक भई अघि बड्नु पर्नेमा जोड दिनु भयो । मन्तव्यकै क्रममा प्रवासी राष्ट्रबादी नेपाली समाजका अध्यक्ष श्री रबिचन्द्र पौड्यालले संघिय लिम्बुवानको बारेमा आफ्नो धारणा राख्दै भन्नु भयो । पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्दा लिम्बुवानलाई एकिकरण गरेको इतिहास छैन। उनले सम्झौता मात्र गरेका हुन । सदियौ देखि मिलेर बसेको हाम्रो बहुजातिय समाज लिम्बुवान आउदैमा गैर लिम्बूहरु नडराउन आग्रह गर्नु भयो । यसै गरि शुभकामना मन्तव्यकै क्रममा कतार एकता समाजका महासचिब हेमान्त वाइबाले पनि आफ्नो तर्क राख्नु भयो । मन्तब्यकै क्रममा मञ्च सम्बद्ध स.लि.रा.प. प्रबास कार्य समितिका सदस्य श्री डम्बर ब. लिबाङ्ग ज्यूको मन्तव्यले कार्यक्रम स्थलको माहोल तालीमय गुञ्जीएको थियो । लिम्बुवानको आन्दोलनमा त्यहाँको खोला, नाला, बनजंगल, पर्वत समेत बडिसकेकोले प्रवासमा पनि हाम्रो आन्दोलन जारी छ भन्नको खातिर यो प्रथम परिचयात्मक तथा CCO कार्यक्रमको आयोजना गरेको हो ।

एकात्मकबादीहरुले लिम्बुवानलाई जातिय नामाङ्कन गर्न खोजिएकोमा घोर आपति जनाउनु भयो । लिम्बुवान कुनै जातिको विरुद्धमा उठेको होइन ऐतिहासिक पृष्टभुमीको आधारमा हो भन्नु भयो। जब सम्म अरुन पुर्व ९ जिल्ला लिम्बुवान प्राप्ती हुँदैन तबसम्म दशहजार बर्ष सम्म पनि लिम्बुवानी आन्दोलन जारि रहन्छ । उहाको यो अभिव्यक्तीलाई लिम्बुवानीहरुले जोडदार तालीले स्वागत गर्नु भएको थियो । यसै गरि मन्तव्यकै क्रममा आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष श्री बिनेश कुमार तामाङ्ग ज्यूले आदिवासि जनजातिहरुको हक अधिकार र पहिचान सहितको संघिय राज्य मुल मुद्धा भएकोले सदैव यसको लागी लड्नेछ । यसको लागी नेपाल पुर्वदेखि पश्चिम सम्मलाई विस्तार भइसकेको प्रस्ट पार्नु भयो । अन्य बक्ताहरुमा कि.प्र.रा.म. कतारका अध्यक्ष मन कु. योङ्गहाङ्ग, नेपाल प्रवासी सुनुवार सेवा समाज कतारका अध्यक्ष श्री राम ब. सुनुवार, लिम्बुवान प्रेमी श्री मिङ्गसो सुहाङ्ग ज्यूले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । कला प्रस्तुतिमा श्री गुञ्जन माङ्गलक ज्युको नेतृत्वमा बिमल लिम्बु, अर्जून लिम्बू, सुनिता आङ्गदेम्बे, तविल परियार, अविसेक प्रजा, दिपेश चौधरी, सन्जित परियार,सन्देश राई,पदम लामा, कबिन गुरुङ्ग, नारायण परियार, बालकुमार लिम्बु लगायतले कला प्रस्तुत गर्नु भएको थियो । स.लि.रा.प.का अध्यक्ष श्री नरेन्द्र कुमार एभेङ्ग ज्यू र प्रमुख अथितिको हात द्धारा कलकारहरुलाई प्रशंसा पत्र वितरण गरियो ।


अन्तमा सभापति ज्यूले आफ्नो मन्तव्यको साथमा कार्यक्रलाई सफल पार्नको निमित्व कार्यक्रम स्थलमा उपस्थित सम्पर्ण लिम्बुवान प्रेमी नेपाली दिदि–बहिनी तथा दाजु–भाईहरु र कलाकारहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो । समग्रमा आयोजकले अपेक्षा गरेको भन्दा उल्लेख्य मात्रमा जन उपस्थिती भइ भव्यताको साथ कार्यक्रम सफल भएको थियो ।