हङकङमा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको तेश्रो सम्मेलन

भुपेन्द्र चेम्जोङ________________
हङकङ, ३० अक्टुवर ।  गत आइतवार याउ मातेईको कम्युनिटी हलमा सम्पन्न नेकपा एमाओवादी सम्वद्ध जातीय मोर्चा, लिम्वूवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङको तेश्रो सम्मेलनले ‘प्राविधिक काराणले’ पूर्णता पाउन सकेन ।
 सम्मेलन हलबाट वाहिरिएपछि मोर्चाका सह–ईन्चार्ज ज्ञानु मेन्याङवोले ‘प्राविधिक काराणले’ सम्मेलन पूरा हुन नसकेको वताएकाछन् । तोकिएको समयभन्दा २ घण्टा ढिलो गरी शुरु भएको सम्मेलन रातको १० वजे  सम्म पनि खुल्ला सत्र चलिरहेको थियो । कार्यक्रममा अतिथि तथा अन्य प्रतिनिधि र पर्यवेक्षकहरु तोकिएको समय भित्रै जम्मा भइसकेको भएतापनि वन्न लागेको कार्यसमितिमा सर्वसम्मत गर्नकोलागि खुल्ला सत्रमै पहल हुनाले समय  ढिलो हुन गएको थियो ।
 
सम्मेलन हुने एक हप्ता अघिसम्म सम्मेलन आयोजक समितिका संयोजक चन्द्रराज लिम्वू  एकमात्र  सर्वसम्मत अध्यक्षका उम्मेदवार देखिएका थिए । तर, सम्मेलन हुने केही दिन वाँकी रहँदा  एकाएक अर्का अध्यक्षका प्रत्यासी मोर्चाकै सहसचिव वेदराज सेलिङ लिम्वूको नाम वजारमा सुनिएको थियो ।
पार्टीका मोर्चाहरु वा तल्लो निकायहरुमा सर्वसम्मत नै निर्वाचन हुने चलन मोर्चाको अघोषित नीति रहेकोले यसलाई मिलाएर लानुपर्ने आवश्यकता महसूस गरी सम्मेलन अघि पनि सर्वसम्मतिकोलागि समय खर्च गरिएको थियो ।
अध्यक्ष पदका प्रत्यासी वेदराज लिम्वूलाई समेत कमिटीमा वस्नकोलागि आव्हान गरेको भन्ने संयोजक चन्द्रराज लिम्वूको भनाइ रहेको छ । चन्द्रराजका अनुसार अध्यक्ष उमेदवार वेदराजलाई समेत मोर्चाको कार्य समितिमा वस्न आव्हान गरेको थियो । तर, वेदराज स्वयंले आफू नवस्ने जानकारी दिएको थियो ।  यो भनाइप्रति वेदराज लिम्वू पनि सहमत राख्दै ‘साथीहरुले गर्दा अगाडि आएको’ भन्ने उनको भनाई रहेको छ ।
अध्यक्षको उम्मेदवारमा कोही अगाडि नआएपछि मोर्चाका कार्यवाहक अध्यक्ष चन्द्रराज स्वयं तेश्रो सम्मेलनको संयोजक वन्दै आफूलाई अध्यक्षताको उमेदवारी घोषणा गर्नुपरेको थियो । मोर्चाको दोश्रो अधिवेशनवाट विधिवत निर्वाचित भएका मानवहदुर थोप्रा लिम्वू हङकङ वाहिरिएपछि उपाध्यक्ष चन्द्रराज लिम्वूले कार्यवाहक अध्यक्ष सम्हाल्दै आएको थियो ।
अपुष्ट समाचार अनुसार केही हप्ता अगाडि मनकुमार लिम्वूको नेतृत्वमा एक प्यानल तयार पारिएको थियो । तर मनकुमार स्वयंले अस्वीकार गर्दै नेपाल प्रस्थान गरेपछि वेदराज लिम्वूको नेतृत्वमा प्यानल अगाडि वढेको हो ।
मोर्चालाई आफ्नो अधिनमा राख्न खोज्ने केन्द्रमा रहेका केही व्यक्तिहरुवाट प्यानल सृजना भएको पर्यवेक्षकहरुको भनाई छ । चुनावी प्रयोजनकै लागि केही दिन अघि मात्रै यस प्यानलवाट निक्कै धेरै संख्यामा मोर्चाको सदस्यता वाँडिएको समाचार छ । मोर्चामा कहिले आवद्ध नभएका र फरक पार्टी पृष्ठभूमिका व्यक्तिहरुलाई समेत मोर्चाको सदस्य वनेर भोट हाल्न अनुरोध गरिएको कुरा खुलासा हुन आएको छ ।
वेदराज लिम्वूको भनाई भने अलि फरक छ । आफूले कुनै प्यानल तयार गरेको नभएर आफूले अध्यक्षको लागि मात्र दावी गरेको उनकोे भनाई छ । उनले उपाध्यक्षहरुलाई नसोधी कार्यवाहक अध्यक्षले उमेदवार तयार गरेको गुनासो पनि रहेको छ । वेदराजले अव आफूले अध्यक्षको उमेदवारी फिर्ता नगर्ने वताएकाछन् ।
     आगामी हुने वन्द सेसनकोलागि हालसम्म कुुनै समय र स्थान तोकिएको छैन । तोकिएको वन्दसत्रको अवधिमा पनि कुनै सहमति नभए केन्द्रवाट हस्तक्षेप हुने सम्भावना रहेको छ । लिम्वूवान राष्ट्रिय मोर्चा हङकङको लागि हरि पन्धाक ईन्चार्ज तोकिएका छन् भने ज्ञानु मेन्याङवो सह–ईन्चाज हुन । ईन्चार्ज तथा सह–ईन्चार्जवाट सहमतिको लागि गम्भिरतापूर्वक पहल भएमा समस्या समाधान यहीवाट पनि हुन सक्ने एकजना मोर्चाकै वुद्धिजीविको भनाई रहेको छ ।
   मोर्चामा विवाद हुनेमा हाल एमाओवादी भित्र रहेको गुटपरस्ट नीतिको पनि हात रहेको अनुमान गरिन्छ । एमाओवादी जिल्ला सम्मेलनकोलागि केही समय अघिसम्म एमाओवादी पार्टी समानान्तर सचिवालय चलाउने पवन वस्नेत र अन्य केही सदस्यहरुको विरोधको कारण कार्यवाहक सचिव जेवी ओख्रावुलाई सम्मलेलन संयोजक नवनाएर तेश्रो व्यक्ति तुलाजङ गुरुङलाई वनाइएको छ । यसैको परावर्तित रुप लिम्वूवान मोर्चामा पनि देखिएको छ ।
सम्मेलनका प्रमुख अतिथि हरि पन्धाकले उद्घाटन गरेपछि लिम्वूवान प्राप्तिको दौडानमा भएका ज्ञात अज्ञात शहीदहरुप्रति १ मिनेट मौन धारण पछि अतिथिहरुवाट शुभकामना वक्तव्य दिने कार्यक्रम रहेको थियो । शुभकामना दिने क्रममा  प्रमुख अतिथि हरिपन्धाकले लिम्वूवानमा वसोवास गर्ने सवै जातिहरु एक भएर यथास्थितिवादको विरुद्ध लडेमा मात्र लिम्वूवान प्राप्त हुने विचार व्यक्त गरे । अर्का विषेश अतिथि नेकपा एमाओवादी जिल्ला सम्मेलनका संयोजक तुलाजंग गुरुङले वर्गीय तथा जातीय मुक्तिको लडाई संगै लगेर जानुपर्ने वताए ।
विषेश अतिथिका रुपमा रहेका नेपाल आदिवासी जनजाति संयुक्त संघर्ष सहयोग समितिका संयोजक भक्तवहादुर दुराले लिम्वुवानवासीहरुको आन्दोलनवाट देशमा आदिवासी जनजाति आन्दोलनको लहर आएको भन्दै वाहुन जातिहरुको विरुद्धमा होइन व्रम्हाणवादी एकल जातीवादी सोचको विरुद्धमा संघर्ष गर्नुपर्ने वताए ।
त्यस्तै, लिम्वुवान वुद्धिजीवि परिषदका सदस्य वलराम राईले लिम्वुवान लिम्वू जातिको मात्र प्रदेश नभएर सवै जातजातिको साझा भूमि भएकोले सवै लिम्वूवानवासीहरु एकभएर लिम्वुवान प्राप्तिको लडाईमा अगाडि वढनुपर्ने वताए । विषेश अतिथि मोर्चाका सह ईन्चार्ज ज्ञानु मेन्याङवोले सटिक भाषामा सवै लिम्वूवानवासी सवैलाई लिम्वुवानको लागि संघर्ष गर्न आव्हान गरे ।
कार्यक्रममा शुभकामना मन्तब्य दिने वक्ताहरुमा आदिवासी जनजाति पत्रकार महासंघ हङकङका भूपेन्द्र चेम्जोङ, आदिवासी जनजाति महासंघका महासचिव हस्त मास्वा, मन्च सम्वद्ध संघिय लिम्वूवान राज्य परिषद प्रवासका सचिव झरमान लिङदेन, राष्ट्रिय जनमुक्ति पार्टीका ईन्द्र लक्सम, एकीकृत नेपाली मन्चका महासचिव राजु गुरुङ, तमु राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष दुर्गा तमु ‘मिलन’, किरात याक्थुङ चुम्लुङका अध्यक्ष त्रिभुवन लुङफुङवा, मोर्चाका सल्लाहकार टंक चोङवाङ रहेका थिए । सम्मेलन संयोजक चन्द्रराज लिम्वूको अध्यक्षतामा सम्पन खुला सत्रलाई संयोजक सचिव रविन लिङदेनले संचालन गरेका थिए भने संयोजक समितिका सदस्य मनिष खापुङले स्वागत मन्तव्य दिएका थिए ।