इलाममा उपाध्यक्ष सहित एमाले अनेराश्ववियु परित्याग
इलाम ११ माघ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु जिल्ला कमिटी इलामका उपाध्यक्ष सहित संगठनका २२ जना कार्यकर्ताहरुले संगठन परित्याग घोषणा गरेका छन् ।
आफ्ना मातृपार्टी एमालेसँग विभिन्न असहमतिहरु जनाउँदै उनीहरुले आज एक प्रेस विज्ञप्ती जारी री संगठन परित्याग गरेको घोषणा गरेका हुन् ।
यसरी संगठन परित्याग गर्नेहरुमा-
१. सञ्जय खाप्तुवा राई (जिल्ला कमिटी उपाध्यक्ष)
२. रन्जीत साङ्पाङ राई (जिल्ला कमिटी सह-सचिव)
३. सदस्य गगन राई (जिल्ला कमिटी सदस्य)
४. राजेन्द्र नेम्बाङ्ग (जिल्ला कमिटी सदस्य)
५. उमेश राई (जिल्ला कमिटी सदस्य)
६. सरस्वती आले (जिल्ला कमिटी सदस्य)
७. रणवीर राई (जिल्ला कमिटी सदस्य)
८. विकास राई (जिल्ला कमिटी सदस्य)
९. फूलमायाय जवेगु (जिल्ला कमिटी सदस्य)
१०. संज्ञा तामाङ्ग (जिल्ला कमिटी सदस्य)
११. राधिका राई (जिल्ला कमिटी सदस्य)
१२. गजेन्द्र नेम्बाङ्ग (जिल्ला कमिटी सदस्य)
१३. नरध्वज राई, (जिल्ला कमिटि युवा संघ सदस्य)
१४. सुवास गुरुङ्ग (क्याम्पस कमिटी कोषाध्यक्ष)
१५. मनिला राई (क्याम्पस कमिटी सदस्य)
१६. पार्वती राई (क्याम्पस कमिटी सदस्य)
१७. गीता चेम्जोङ्ग (क्याम्पस कमिटी सदस्य)
१८. शुस्मा राई (क्याम्पस कमिटी सदस्य)
१९. दिलू राई (क्याम्पस कमिटी सदस्य)
२०. दिलीप नाछिरीङ्ग राई (क्याम्पस कमिटी सदस्य)
२१. सोनाम शेर्पा (क्याम्पस कमिटी सदस्य)
२२. पूर्ण राई (मानवीकी संकाय कमिटी अध्यक्ष)
२३. यमुना राई (मानवीकी संकाय कमिटी उपाध्यक्ष)
रहेका छन् |
‘आफ्नो मातृ पार्टी एमालेबाट आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित महिला र उत्पीडीत वर्गको मुक्ति नेकपा एमाले जस्तो यथास्थितीवादी पार्टीबाट सम्भव नहुने हाम्रो निष्कर्षछ’ विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा १० वर्षो जनयुद्ध र १९ दिने जनआन्दोलनबाट संविधान सभाको निर्वाचन गरी संविधान सभाबाटै पहिचान सहितको संघीयतालाई संस्थागत गर्न पार्टी जिम्मेवार नभएको, राज्य पर्नसंरचनाको विषयमा आठौं महाधिवेशनको दस्तावेज विपरीत पार्टी लागेको गायतको आरोप लगाईएको छ ।
