वेलायतमा एक नेपाली महिला मृत फेला
वेलायत, ४ जुन । वेलायतको रिडिङमा एक नेपाली महिला मृत फेला परेकी छन् ।
गत आइतबार (३ जुन २०१३) साँझ इभिनिङ वकमा निस्कनु भएका कृष्णमाया योंगहांग माबो ३९ लाई भोलिपल्ट मात्र मृत भेटिएको थियो । रिडिङको क्याष्टल हिल र इभर्सली रोडको बीचमा पर्ने रोबिन हुड कोप्समा उनको लास भेटिएको थियो ।
२ आरजीआर का पूर्व सदस्य कृष्णमायाको हत्याको आरोपमा एक स्थानिय युवालाई पक्राउ गरिएको जानकारी प्राप्त भएको छ । हत्याको बारेमा विस्तृत अनुसन्धान शुरु गरिएको छ । यो प्रकृतिको घट्ना वेलायतमा रहेका नेपालीहरुको हकमा पहिलो हो ।
