सरकार र ३३ दलीय मोर्चाकाबीच वार्ता
काठमाडौँको कुपन्डोलस्थित होटल हिमालयनमा नेपाल सरकार र ३३ दलीय आन्दोलनकारी मोर्चाका ४२ वटा राजनीतिक दलबीच आज पहिलो चरणको वार्ता भएको छ |आज वार्तामा पहिले साउन २२ गते ४ दलीय संयन्त्रसंग भएको वार्तामा राखेकै १८ बुँदे मागहरू मोर्चाका एक घटक सदस्य संघीय लोकतान्त्रिक राष्ट्रिय मंच तथा मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का वार्ता प्रतिनिधी खगेन्द्र माखिमद्वारा प्रस्तुत गरिएको थियो | सो वार्ताका प्रस्तावहरूबारे नेकपा-माओवादीका सचिव देव गरुङले थप प्रस्ट्याएका थिए |

![Dilogue with 33 Partes' Front & Govt of Nepal in Ktm 13 Aug 2013 (5) [1600x1200]](http://www.sanghiya.com/wp-content/uploads/2013/08/Dilogue-with-33-Partes-Front-Govt-of-Nepal-in-Ktm-13-Aug-2013-5-1600x1200-1024x768.jpg)
![Dilogue with 33 Partes' Front & Govt of Nepal in Ktm 13 Aug 2013 (14) [1600x1200]](http://www.sanghiya.com/wp-content/uploads/2013/08/Dilogue-with-33-Partes-Front-Govt-of-Nepal-in-Ktm-13-Aug-2013-14-1600x1200-1024x768.jpg)