इटहरी धरान लिम्बुवान रोडमार्चको पर्चा तयार भयो –

इटहरी धरान लिम्बुवान रोडमार्चको पर्चा तयार भयो –
मन्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिसद ले आयोजना गरेको असार ७ गतेको इटहरी धरान लिम्बुवान रोड मार्च को पर्चा आज तयार भएको छ |10357845_808917382474594_4694315331358256858_n
नेपालको क्रान्ति /आन्दोलन हरुको इतिहासहरु लाइ नियाल्दा एक दिन न एक दिन क्रान्ति वा आन्दोलन उठछ उठछ तर त्यो बिचको समय मा आन्दोलन को गहिराइ बुझेका हरुले ” क्रान्तिको दियो ” निभ्न दिनु हुदैन रहेछ |
यो देशमा एक दिन न एक दिन पहिचान सहितको संघीयता को लागि क्रान्ति हुन्छ हुन्छ तर त्यो परिस्थिति आइन्जेल सम्मको लागि हामी लिम्बुवान हरुले क्रान्तिको दियो लाइ बचाई राख्नु पर्ने हुन्छ |
इटहरी धरान लिम्बुवान मार्च पास लाइ सफल बनाउन संसार भर छरिएका /फेसबुक र इन्टरनेट को लहर ले छोएका हामी सबै उत्साहका साथी लागि परौ |
जय लिम्बुवान ,संघीय अभिभादन |
कुमार लिङ्देन मिराक