सहमतिका लागि पहल गरिदिन प्रधानमन्त्रीद्धारा राष्ट्रपतिलाई आग्रह
१६ जेठ, काठमाण्डौ, । संविधानसभा विघटनपछि मुलुकमा जारी संवैधानिक जटिलता अन्त्य कसरी गर्ने भन्ने विषयमा राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री डा. बावुराम भट्टराईबीच छलफल भएको छ । मंगलबार विहान भएको राष्ट्रपति निवासमा भएको भेटमा प्रधानमन्त्रीले राजनीतिक दलहरुकोवीचमा सहमतिको वातावरण बनाएर अगाडि बढ्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्रीले राष्ट्रपतिलाई सबै राजनीतिक पार्टीहरुबीचमा सहमति कायम गर्दै अगाडी बढेर राष्ट्रिय सहमतिको वतावरण बनाउन आफुले प्रयत्न गरेको जानकारी गराउनुभएको थियो । उक्त काममा सहयोग गर्न पनि राष्ट्रपतिलाई आग्रह गर्नुभएको थियो ।
भेटको क्रममा राष्ट्रपति डा. यादवले आफ्नो तर्फबाट सरकारलाई सहयोग रहने बताउँदै दुवै संस्थाले संवैधानिक मर्यादा कामय गर्दै दलहरुको बिचमा सहमति कायम गरेर अगाडि जानु पर्नेमा जोड दिनुभयो । दुवैले आपसमा समझदारी गरेर अघि बढ्नुपर्ने सुझाब दिनुभएको थियो ।
