१५ औं नेपाली मेला आगामी २५ अगष्ट २०२४ मा हुने ।
तमु धिं युकेले गत आइतवार १८ अगस्त २०२४ मा बेलायतको मिचेतस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गर्दै तमु धिं युके र नेपाली राजदुतावास बेलायतसंगको सहकार्यमा सन २००९ बाट सुरु भएको यस नेपाली मेलाको १५ औं संस्करण आगामी २५ अगष्ट २०२४ को दिन हुने सार्बजनिक गरेको छ ।
तमु धिं युकेले नेपाली राजदुतावास बेलायतसंग सहकार्य गर्दै हरेक बर्ष नेपाली मेला आयोजन गर्दै आएको छ। यस बर्षको नेपाली मेला १५ औं नेपाली मेला हो। नेपाली मेला बेलायतवासी नेपालीहरुको अत्याधिक लोकप्रिय कार्यक्रमको रुपमा परिचित भैसकेको छ ।
उक्त मेला सदा झै बेलायतको किम्टन पार्कमा बिहानको १० बजे देखि शुरुहुने भएको छ र यस बर्षको नेपाली मेला बिगतका बर्षहरुमा भन्दा पृथक हुने तमु धिं युकेका अध्यक्ष हरि गुरुङले बताएका छन।
यस नेपाली मेलामा बेलायतमा स्थापित विभिन्न समुदाय र जातजातिको आफ्नो मौलिक संस्कार, संस्कृति, रीतिरिवाज र पहिचानहरुमा आधारित झाँकी र नृत्यहरू प्रस्तुत गरिन्छ। यस बर्षको नेपाली मेलामा ४२ भन्दा बढी संघ संस्थाहरुले सहभागिता जनाउने प्रतिवद्धता गरेको नेपाली मेला कार्यक्रम संयोजक तथा तमु धिं युकेका उपाध्यक्ष परशुराम गुरुङले जानकारी दिएका छन।
तमु धिं युकेका अध्यक्ष हरि गुरुङले नेपाली मेला-२०२४ सभ्य र भब्य बनाइदिनहुनको लागि बेलायतमा रहेका सम्पूर्ण नेपाली दाज्युभाई तथा दिदिबहिनीहरु सपरिवारसहित उपस्थित जनाइदिनहुन अनुरोध पनि यसै पत्रकार सम्मेलन मार्फत आब्हान गरेका छन् ।
उक्त नेपाली मेलामा एम्बासिडर कप, झाँकी र नृत्य प्रतियोगिताहरु राखिएका छन । एम्बासिडर कप तर्फ: बिजेताले ११०० पाउण्ड, दोस्रो स्थानले ७०० पाउण्ड र तेस्रो स्थानले ५०० पाउण्ड साथै प्रमाण-पत्र पाउनेछन ।
झाँकी प्रतियोगिता तर्फ: बिजेताले ५०० पाउण्ड, दोस्रो स्थानले ३०० पाउण्ड र तेस्रो स्थानले ३०० पाउण्ड साथै प्रमाण-पत्र पाउने छन ।
नृत्य तर्फ: बिजेताले ५०० पाउण्ड, दोस्रो स्थानले ३०० पाउण्ड र तेस्रो स्थानले ३०० पाउण्ड साथै प्रमाण-पत्र पाउने छन ।
यस १५ औं नेपाली मेलाको लागि पत्रकार सम्मेलनको सम्योजक पत्रकार सुबिन्द्र गुरुङ्ले गरेका थिए र मायाको चिनो समेत अध्यक्षको बाहुलिबाट प्रदान गरेका थिए।
उक्त पत्रकार सम्मेलनको समापन पछि बुद्धिस्ट गुम्बा रिडिङ्को सम्योजनमा एल्डर्शटको एम्पायर हलमा गुम्बाको गुरु खेन् रेन्पोछे शिर लामाज्यूबाट हुने धर्मदेशणा कार्यक्रमा पूर्वयोजना पत्रकारहरुलाई उपस्थितको निम्तो भए अनुसार सम्पूर्ण नेपाल पत्रकार महासङ्घ बेलायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।