गोर्खा पल्टन २ आरजीआरको फोल्कस्टोन फ्रीडमपरेड सम्पन्न
ब्रिटिश सेना भित्रको अभिन्न र महत्वपुर्ण गोर्खा पल्टन २ आरजीआरले अफगानिस्तानको छ महिने युद्द सकेर फर्किएको अवसरमा फोल्कस्टोन टाउनका स्थानीय बासिन्दाहरुको समर्थन र सहयोग प्रति धन्यबाद दिदै सर्ब-साधारणहरुसंगको मेलमिलाप र सहकार्यलाई अझ सशक्त रुपमा सुमधुर बनाउन फोल्कस्टोनमा फ्रीडमपरेड प्रदर्शन गर्यो ।
बिहिबार जुन १८ तारिख बिहिबार बिहान ९ बजे घमाइलो बिहान फोल्कस्टोन टाउन उत्साहित दर्शकहरुको भिडले भरिभराउ थियो । गोर्खालीहरु प्रतिको श्रद्दा र समर्थनको निम्ति फोल्कस्टोन टाउन काउन्सिलले भए जति सम्पूर्ण संयन्त्रहरुको प्रयोग गरि कार्यक्रम सफल बनाउन हर सम्भब सके जति ब्यबस्थापन र सुरक्षा ब्यबस्थाको चाँजो मिलाएको थियो । कडा सुरक्षा ब्यबस्थाका बिच झन्डै ५ सय गोर्खा सैनिकहरुले टाउन मार्च गरेका थिए ।
टाउन प्रवेश गर्न अघि लिज क्लिफहल अगाडी रहेको मंचमा मेयरेससंग परेड कमाण्डरले फोल्कस्टोन टाउन भित्र मार्च गर्ने अनुमति मागेपछि औपचारिक रुपमा अनुमति प्रदान भए पश्चात गोर्खा पाइप एण्ड ड्रमसको चण्डी नाचको धुन र ताल संगै टाउन मार्च सुरु भएको थियो । हजारौं दर्शक ,बिद्यार्थी र अन्य को उपस्थितिमा मार्च गरिरहदा you are our heros…, wellcome back.., we proud of you…,well done… लेखिएका प्लेकार्ड ब्रिटिश झण्डा युनियन ज्याक र तालीको अविरल गडगडाहटका बीच अत्यन्तै सफल रुपमा फ्रीडम परेड सम्पन्न भएको थियो । सो परेड सकिए लगत्तै सैनिक क्याम्प भित्र बहादुरी तक्मा प्रदान कार्यक्रम सम्पन्न भयो । ३ सयको हाराहारीमा अफगानिस्तान अपरेसनल तक्मा सो अबसरमा प्रदान गरियो ।
युद्दका क्रममा बीरगति पाउनुभएका योद्दा त्रय स्वर्गीय युबराज राई,स्वर्गीय कृष्ण बहादुर दुरा र स्वर्गीय कुमार पुनको बारेमा बहादुरिताको कदर गर्दै जिबनी प्रस्तुत गरिएको थियो भने,कृष्ण दुरा र कुमार पुन कि धर्म पत्नी द्दयलाइ वहाँहरुको बहादुर सहिद पतिको बहादुरिताको चिनो युद्द पदक तक्मा प्रदान गरिएको थियो ।
परेड भरिनै अघि अघि युद्दका क्रममा दुवै खुट्टा गुमाउनु हुने योद्दा कुशल लिम्बु, एउटा खुट्टा गुमाउने अनिल गुरुङ र घाइते बिशाल राई पनि व्हिल चेयरको सहायतामा परेडमा सामेल हुनु भएको थियो ।
गोर्खा ह्याट,खुखुरी र खैरो कम्ब्याट लगाएर फ्रीडम परेडमा गोर्खालीहरु सहभागी भएका थिए ।
