चुम्लुङ अध्यक्ष अर्जुन नुगो अमेरिकामा अभिनन्दित
चुम्लुङ अध्यक्ष अर्जुन नुगो अमेरिकामा अभिनन्दित ।
न्यूयोर्क शहरको ज्यक्सनहाईट्समा गत मे २७ को दिन न्यूयोर्कवासी लिम्बुहरुको भेलाले किरात याक्थुङ चुम्लुङ (नेपाल) का केन्द्रीय अध्यक्ष अर्जुन नुगो लिम्बूलाई स्वागत तथा अभिनन्दन गर्यो ।
संयुक्त राष्ट्र संघको आदिवासी जनजाति सम्बन्धी स्थायी मञ्चको वार्षिक सम्मेलनमा भाग लिन आईपुग्नु भएका अध्यक्ष नुगोलाई किरात याक्थुङ चुम्लुङ अमेरिका, न्यूयोर्क शाखाद्वारा आयोजित कार्यक्रममा स्वागत तथा अभिनन्दन गरिएको थियो ।
सो कार्यक्रममा सं रा संघको सम्मेलनमै भाग लिन आउनु भएका पूर्ब सांसद तथा एमाले पोलिटब्युरो सदस्य बिजय सुब्बा र अमेरिका भ्रमणमा रहनु भएका साहित्यकार अमर नेम्बाङलाईपनि स्वागत-पत्र तथा अमेरिकाको चिनारी स्वरुप विश्व स्वन्तन्त्रता (Statue of Liberty) को प्रतिमुर्ति हस्तन्तरण गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष नुगोले नेपालमा चुम्लुङको वर्तमान अवस्था र काम कर्तब्य तथा लिम्बुवान स्वायत्तता आन्दोलनको विषयमा प्रष्ट पार्नु भएको थियोभने एमाले नेता सुब्बाले आई एल ओ १६९ अभिसन्धि तथा आदिवासी जनजातिहरुको अधिकारक्षेत्र र संघीयताको सवालमा नेपालका राजनैतिक पार्टीहरुको अवधारणाबारे विश्लेषण गर्नुभएको थियो । परदेशमा रहेरपनि आफ्नो समुदाय र मुलुकको हितकोलागि एकत्रित हुने सम्पुर्ण दाजुभाई दिदीबहिनीहरुलाई आभार ब्यक्त गर्दै साहित्यकार नेम्बाङले लिम्बुवान नामाकरणको दवाब समुहभित्र स्रष्टाहरुलाईपनि संलग्न गराउनु पर्ने आवश्यकता औल्याउनु भएको थियो ।
नगेन्द्र इङ्नाम- न्युयोर्क
