लिम्बुवानको केन्द्रिय सदस्य पक्राउ : धनकुटा बन्दको घोषाणा
धनकुटा २१ माघ, संघिय लिम्बुवान राज्य परिषदले धनकुटामा संचालन गरेको चक्काजाम कार्यक्रममा आज प्रहरीले हस्तक्षेप गरी केन्द्रिय सदस्य सहित दुई जनालाई पक्राउ गरेपछि परिषदले अनिश्चिकालिन धनकुटा बन्दको घोषणा गरेको छ ।
फोटो सहितको मतदाता नामावली संकलन कार्य रोक्नका लागि संघिय लिम्बुवान राज्य परिषदले धनकुटामा आधा घण्टाको चक्काजाम कार्यक्रमममा प्रहरीले हस्तक्षेप गरी आज परिषदका केन्द्रिय सदस्य इन्द्र रसाईली र कार्यकर्ता जम्बु शेर्पालाई पक्राउ गरेको छ ।
संघिय लिम्बुवान राज्य परिषदले पक्राउ परेका केन्द्रिय सदस्य रसाईली सहित आफ्नो कार्यकर्ताको रिहाईको माग गर्दै परिषदले भोली देखी अनिश्चितकालि धनकुटा बन्दको आव्ह्ान गरेको परिषदका जिल्ला अध्यक्ष देव नारायण िसंह लावतीले वताउनु भयो ।
संघिय लिम्बुवान राज्य परिषद धनकुटाले प्रहरी हस्तक्षेप र मतदाता नामावली संकलन कार्यको विरोध गर्दै आजै धनकुटामा प्रर्दशन गरी प्रमुख निर्वाचन आयुक्त निलकण्ड उप्रेतीको पुत्ला दहन समेत गरेको छ । संघिय लिम्बुवान राज्य परिषद धनकुटाले फोटो सहितको मतदाता नामावली संकलनकार्य रोक्न माग गत माघ १९ गते देखी धनकुटाको जिरोप्वाईन्टमा दैनिक आधा घण्टे चक्काजाम गर्दै्र आईरहेको छ ।
– विजय सन्तोषी राई
