लिम्बुवान ताप्लिजोङको जिल्ला अधिवेशन सम्पन्न : मञ्चसम्बद्ध परिषद ताप्लिजोङकै सशक्त सङ्गठन बन्दै
ताप्लिजोङ लिम्बुवान, १ फागुन २०६७, नेपालको संघीयवादी आन्दोलनलाई लिम्बुवानबाट सशक्त रुपमा नेतृत्व गरिरहेको सङ्गठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद ताप्लिजोङ जिल्ला कार्य समितिको तेस्रो जिल्ला अधिवेशनलाई २०६७ माघ २८ र २९ मा सम्पन्न भयो ।
संघीय मञ्च तथा सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन “मिराक”को प्रमुख आतिथ्यमा सम्पन्न उक्त जिल्ला अधिवेशनले कीर्तिमान मादेनको अध्यक्षतामा ५६ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गर्दै निवर्तमान जिल्ला अध्यक्ष होम तुम्बाहाङ्फेलाई परिषदको केन्द्रीय सदस्यमा सिफारिश गर्ने सर्वसम्मत निर्णयसमेत गरेको छ ।

माघ २८ गते फुङलिङ बजारमा विशाल लिम्बुवानी आमसभा गर्दै प्रमुख अतिथि कुमार लिङ्देन “मिराक”द्वारा समुद्घाटन गरिएको सो अधिवेशनले दोस्रो दिन २९ गते फङ्लिङकै सिटिहलमा बन्द-सत्र सम्पन्न गरेर विभिन्न प्रस्तावहरुमा ऐतिहासिक निर्णयहरु समेत गरेको छ । अधिवेशनले गरेका महत्वपूर्ण निर्णयहरुमा- संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष राज्य नेपालअन्तर्गत आत्मनिर्णयको अधिकार आई. एल. ओ. महासन्धि नं. १६९ र आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणा-पत्रको कार्यान्वयनसहितको अरुण-सप्तकोशीपूर्वको नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गराउन ताप्लिजोङ जिल्ला कार्य समितिले सशक्त भूमिका खेल्ने निर्णय गरेको छ । यसका साथै, हाल नेपाल सरकार निर्वाचान आयोगले गरिरहेको फोटोसहितको एकात्मक मतदाता नामावली सङ्कलन कार्य तुरुन्त बन्द गरिनुपर्ने र जबर्जस्त गरेमा ताप्लिजोङमा हुन नदिने निर्णयसमेत गरेको छ । त्यसैगरी, शदीयौंदेखि लिम्बुवानको जल, जमिन र जङ्गलमाथिको एकात्मक राज्यले गरिरहेको शोषण बन्द गर्नुपर्ने; नेपालको सीमाहरुमा भइरहेको विदेशी अतिक्रमण बन्द गर्नुपर्ने; लिम्बुवान र ताप्लिजोङको हरेक क्षेत्रमा आदिवासी जनजाति महिला र दलितहरुलाई अनिवार्य समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने माग पनि गरेको छ ।
यसैगरी, ताप्लिजोङ जिल्लाका सबै शैक्षिक संस्थाहरुमा मातृभाषाहरुको पठन-पाठनको व्यवस्था गर्नुपर्ने; मुलुक संघीय गणतन्त्रात्मक धर्मनिरपेक्ष घोषणा भइसकेकोले त्यससँग बाझिने सबै ऐन्-कानुनहरु तुरुन्त खारेज गर्नुपर्ने समेत परिषदले माग गरेको छ । मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदलाई ताप्लिजोङ जिल्लामा सबैभन्दा सशक्त राजनीतिक पार्टीको रुपमा स्थापित गर्नको लागि एक वर्षभित्रमा ताप्लिजोङ जिल्लामा परिषदले दशहजार क्रियाशील सदस्यता वितरण गर्ने लक्ष्यका साथ सो निर्णय पनि सोही अधिवेशनद्वारा पारित गरिएको छ । साथै, ताप्लिजोङ जिल्लालाई हिङ्सारहित क्षेत्र बनाउन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले जिल्लाका सबै पार्टीहरुसँग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाएको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद ताप्लिजोङ जिल्ला कार्य समितिको तेस्रो जिल्ला अधिवेशनले निर्वाचित गरेको नयाँ जिल्ला कार्य समितिको विवरण यसप्रकार छ-
१ अध्यक्षः श्री कृतिमान मादेन,
२ प्रथम उपाध्यक्षः नारायणसिङ सेरेङ,
३ द्वीतीय उपाध्यक्षः अम्बर अन्छङ्बो,
४ तृतीय उपाध्यक्षः भूपेन्द्र माबो,
५ सचिवः रणध्वोज ताम्लिङ,
६ सहसचिवः मनिस हेल्लोक,
७ अर्थसचिवः नेत्र खतिवडा,
सदस्यहरुः
८ केदार ताम्लिङ, ९ विनोद इजम, १० होमप्रसाद सावा, ११ बलबहादुर लाबुङ, १२ खड्गवीक्रम साम्सोहाङ, १३ डम्बर केदेम, १४ विकल्प लिङ्देन, १५ सूर्यप्रसाद अन्छङ्बो, १६ जयलाल माङ्मू, १७ राम लक्सम, १८ रामकुमार खिम्दिङ, १९ नारायण थेबे, २० विष्णुकुमारी इजम, २१ तुलसी परा, २२ वलि माबोहाङ, २३ श्रवण माबो, २४ नरबहादुर विष्ट, २५ विमल नाल्बो, २६ वलराम भारती, २७ शुक्रराज थोप्रा, २८ चन्द्र चङ्सू, २९ प्रेमराज साम्सोहाङ, ३० प्रकाश भण्डारी, ३१ फुङ्नाम लिम्बू, ३२ भगिमान लाबुङ, ३३ नरेन्द्र मादेन, ३४ टेकेन्द्र नेपाली, ३५ भिमबहादुर वनेम, ३६, विमला खुदाङ, ३७ सेरबहादुर सेनेहाङ, ३८ मछिन्द्र कोइबा, ३९ सूर्यकला हाङगम, ४० पवित्रा लिम्बू, ४१ गीता सेन्दाङ, ४२ रन्जु मादेन, ४३ हिमाल श्रेष्ठ, ४४ तेजबहादुर ताम्लिङ, ४५ बुद्ध कोइबा, ४६ निता मादेन, ४७ एलिना मादेन, ४८ खड्ग इम्बुङ, ४९ शिवकला मादेन, ५० भगवानदास परा, ५१ सेरबहादुर सेन्दाङ, ५२ सूर्य अधिकारी, ५३ रिता मादेन, ५४ विष्णुकुमार नाल्बो, ५५ छत्रमान सेरेङ, ५६ गजबहादुर माबो रहेका छन् ।
– डीबी आङ्बुङ
