लिम्बुवान आइडलको फाइलन असोज ८ गते धरानमा हुँदै: Live प्रशारण हुने !

धरान (लिम्बुवान), २२ सेप्टेम्बर । ऐतिहासिक प्रथम लिम्बुवान आइडल २०१२ को निर्णायक प्रतिस्पर्धा असोज ८ गते सोमबार सेप्टेम्बर २४ का दिनलिम्बुवानको धरानमा हुँदैछ ।

युमा आर्ट्स एण्ड कल्चर सेन्टरले आयोजना गरेको यस लिम्बुवान आइडलको फाइलन प्रतिस्पर्धा धरानको सैनिक भवनमा बिहान ८:०० बजे सुरुभई साँझ ५ बजे सम्पन्न हुनेछ ।

लिम्बुवान आइडलका अन्तिम १० प्रतिस्पर्धीहरुमा कुन्ता बराल(ताप्लिजोङ), तुलसा आङ्देम्बे (झापा), लक्ष्मण चोङ्बाङ (ताप्लिजोङ), एल.बी. सुब्बा (सुनसरी), सुजन थापा मगर (सङ्खुवासभा), मदन चेम्जोङ (धनकुटा), पुष्पराज बसेल (तेह्रथुम), उदय नेम्बाङ (पान्थर), मान थुलुङ राई (इलाम) र कञ्चन थलङ (मोरङ) रहेका छन् ।

कार्यक्रमका अध्यक्ष खगेन्द्र यक्सोका अनुसार सोमबार बिहान ८:०० बजेबाट १२:०० बजेसम्म हुने पहिलो सेसनको प्रतिस्पर्धाबाट १० जना प्रतिस्पर्धीमध्ये ५ जनालाई फाइनल प्रतिस्पर्धाको लागि छनौट गरिनेछ ।

सोमबाहर दिनको १:०० बजे सुरुहुने फाइलन प्रतिस्पर्धाका ५ जना अन्तिम प्रतिस्पर्धीबाट प्रथम, दोस्रो र तेस्रो लिम्बुवान आइडलको छनौट गरिनेछ ।

लिम्बुवान आइडलका अन्तिम १० प्रतिस्पर्धीहरुलाई लिम्बुवानको ९ वटै जिल्लाबाट छनौट गरिएका हुन् । टपटेन आइडलहरुले लिम्बुवानको विभिन्न ठाउँ लगायत काठमाडौंमा आयोजित विविध कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गरिसकेका छन् ।

यस ऐतिहासिक कार्यक्रमलाई सम्पन्न गर्न देश–विदेशबाट सहयोग प्राप्त भएको अध्यक्ष यक्सोले जानकारी दिएका छन् । ब्रुनाईबाट‘एक्स–जी इन्टरटेइनमेन्ट’को सकृयतामा रू. २ लाख २४ हजार आर्थिक संकलन गरि प्रथम, दोस्रो र तेस्रो आइडललाई नगद पुरस्कार तथा व्यवस्थापन खर्चस्वरुप सहयोग प्राप्त भएको जानकारी संयोजक यादव भट्टराईले दिएका छन् ।

यसका साथै विभिन्न व्यक्ति र संघ–संस्थाहरुबाट समेत पुरस्कार र सहयोगहरु प्राप्त भएको र हुनेक्रम् जारी रहेको अध्यक्ष यक्सोले जनाएका छन् । कार्यक्रमका व्यवस्थापक ईश्वर याक्खाका अनुसार फाइनल प्रतिस्पर्धाका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

विभिन्न स्थानीय एफएम्, रेडियो मेन्छ्यायेम (तेह्रथुम्), टेलिभिजन तथा अनलाइन मिडिया नेपालीसमाचारडट्कम (www.nepaliSamachar.com), फेसबुक पेजहरूः नेपालीसमाचार (facebook.com/nepalisamachar), लिम्बुवान नेपाल (Limbuwan Nepal/LimbuwanState) र facebook.com/khagendra Yakso लगायतबाट सो सम्पूर्ण कार्यक्रमको प्रत्यक्ष प्रशारण हुनेछ ।

: – डि. बि. आङ्बुङ

New update: Surendra Ingnam