विश्वकै सवभन्दा ठूलो थान्काको प्रदर्शनी काठमाडौमा

काठमाडौ“, २० असोज । विश्वकै ठूलो थान्काको प्रदर्शनी शनिबारदेखि काठमाडौंमा सुरु भएको छ ।
१६ राष्ट्रका दश हजार स्वयम्सेवकले आठ वर्È लगाएर तयार पारेको भनिएको थान्काको प्रदर्शनी शान्तिका अग्रदूत गौतमवुद्धको जन्मथलो नेपालमा आयोजना गरिनुले

नेपाललाई विश्वसामु परिचित गराउन सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
१९ सय ५ किलो तौल ७० मिटर लम्बाइ तथा ५० मिटर चौडाई रहेको थान्का तयार गर्न करीब एक अर्ब रुपैया“मा खर्च लागेको बताइएको छ ।
बाजागाजा, गीत, संगीत र विभिन्न झा“कीका साथ सुरु गरिएको प्रदर्शनी पहिलो दिन दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो । थान्का प्रदर्शनीले विश्वभर शान्तिको सन्देश फैलिने विश्वास लिइएको छ । विश्वभर शान्ति र भाइचाराको सन्देश फैलाउने उद्देश्यका साथ काठमाडौंको त्रिपुरेश्वरस्थित् दशरथ रंगशालामा थान्काको प्रदर्शनी शुरु गरिएको हो । दर्शकहरुको उल्लेख्य सहभागिता रहेको प्रदर्शनीमा हेलिकोप्टरबाट पुष्पबृष्टि समेत गरिएको थियो ।


समारोहको उद्घाटन गर्दै संस्कृति मन्त्री पोष्टबहादुर बोगटीले गौतम बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्वको अमूल्य सम्पदाको रुपमा विकास गर्न प्रदर्शनी महत्वपूर्ण  हुने बताए । मन्त्री बोगटीले नेपालीहरुको शान्ति र स्थायित्वको चाहनालाई लक्ष्यमा पुर्याकउन थान्का प्रदर्शनीले सार्थक भूमिका निर्वाह गर्न सक्ने धारणा राखे ।
सोही समारेहलाई संम्बोधन गर्दै नेपाल बौद्ध धर्म संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर थकालीले अशान्त बन्दै गएको आजको विश्वमा सबैमा शान्तिको भावना जागृत गराई विश्व शान्ति स्थापनामा जोड दिन थान्काको प्रदर्शनी गरिएको बताए । थान्का निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेका जापानी नागरिक यसुतादा खातागिरीले बुद्धको शिक्षाबाट विश्वमा शान्ति स्थापना गर्नुपर्ने उपयुक्त समय आएको धारणा राखेका थिए ।
विभिन्न ८१ वटा भागमा विभाजन गरिएको थान्कामा भगवान गौतम बुद्धको जीवनीका महत्वपूर्ण १२ वटा घटना समेटिएका छन् । नेपालको पर्यटकीय एवम् धार्मिक स्थल लुम्बिनीमा राखिने भनिएपनि स्थान तथा अन्य प्राविधिक कारण्ँले थान्का जापानमा राखिंदै आएको थियो । प्रदर्शनीका लागि एक साताअघि नै थान्कालाई नेपाल ल्याइएको थियो । थान्का प्रदर्शनीका लागि जापानबाट प्राविधिक सहित २० जनाको टोली नेपाल आएको छ । यसअघि थान्काको अमेरिका, मंगोलिया, भारत तथा जापानमा प्रदर्शन गरिसकिएको बताइएको छ । आगामी वर्ष भने थान्काको प्रदर्शनी थाईल्याण्डको बैककमा गरिने भएको छ ।
यो विश्वको सवैभन्दा ठूलो र ऐतिहासिक थान्काको प्रदर्शनी शनिबारसम्म चल्नेछ ।