जब दशैँ “मान्नै पर्ने” भनेर राज्यले लाद्ने काम गर्‍यो (विक्रम सुब्बा)

संसारका सबै मानव समुदायले समाज संचालनका कुनै न कुनै Mechanism तय गरेर तेसै मार्फत आपसमा Communicate गर्ने, Share गर्ने, जुट्ने वा युद्ध लड्ने, जित्ने/हार्ने, जिते हर्षित हुने, हारे दुखित हुने, खेतीपाती गर्ने, Harvest गर्ने र Harvest गर्दा उत्सव मनाउँने र आफुमा उर्जा जुटाउँने गर्दछन् । दशैँ पनि हिन्दु समुदाको एक विजय उत्सवका रुपमा मनाइने Celebration हो । दशैँलाई Face valueमा हेर्ने हो भने कुरा यत्ति मात्र हो ।

तर, Issue तब भयो जब दशैँ “मान्नै पर्ने” भनेर राज्यले लाद्ने काम गर्‍यो ।

जो बलियो हुन्छ उसले लाद्ने काम नै गर्दछ । जस्तै: कुनैबेला ख्रिश्चियन पादरीहरूलाई भटाभट मार्ने Greek राजाहरू मध्ये पछि आएर एउटा राजकुमार Greek राजा भएपछि (जो ख्रिश्चियन स्कुलमा पढेका थिए र ख्रिश्चियन प्रति नरम भाव राख्ने बनाईएको थियो । जसरी नेपालमा पनि विरेन्द्र, ज्ञानेन्द्र र दिपेन्द्र लगायतले ख्रिश्चियनहरूले चलाएका स्कुल पढेपछि ख्रश्चियनहरूप्रति राज्य नरम हुँदै गयो ।) ‘आजदेखि हाम्रो State religion Christianity हो’ भनेर घोषणा गरिदिए र सबैमा लादिदिए ।

चंगेज खानले ‘आजदेखी हामी सबैले आफुलाई ‘मंगोल’ भन्ने’ भनेर उदघोष गरे र Mongolian race भन्ने नयाँ ‘जाती’कै स्थापन भयो। British बलियो भएको बेला लादेको घरको झ्याल ढोका बनाउँने Norms संसारको धेरै Engineering colleges मा Architecture को Norms भएर रहेकाछन् । भक्तपुरका घर निर्माण प्रविधी करोडौँको Project चलाएर अध्ययन गरेर German हरूले पुस्तक निकाले पनि त्यसलाई एउटा Academic discourse का रुपमा मात्र लिईएको छ । नत्र घर बनाउँने आफ्नै Architect सबै समाजको हुन्छ । जस्तो: तिब्बतमा, Canadaका Inuitsहरूको, Africaका अनेक जातीको घर बनाउँने आफ्नै Architect छ । Britishले नै (संसारमा शासन गर्ने शक्तिशाली भएपछि) समय गणनाको point of reference का रुपमा (London को एक स्थान) GMT लाई लिनु पर्छ भनेर लादेका हुन् । र, अहिले पनि संसारले आफ्नो-आफ्नो मुलुकको समय निर्धारण गर्दा GMT लाई लिईरहेको छ । नत्र Asiaको समय गणना गर्ने point of reference पहिले श्रीलंका थियो ।

अर्थात, बलियोले र राज्यले (Past, present and future) जहिले पनि शक्तीको प्रयोग गर्दछ । त्यो भनेको – लद्छ, पेल्छ । जस्तै अहिले बाबुरामले काठमाण्डुमा सडक फराकिलो बनाउँने निहुँमा पेलेका छन् । यो उनले भारतका ‘संजय गांधी’बाट सिकेका हुन् । संजय गांन्धीले तेतिखेर दिल्लीमा झोपडपट्टिका सुकुम्बासी सबैलाई पेलेर Skyscraper buildings बनाएका थिए । दशैँ पनि (लिम्बुवानको कुरा मलाई थाहाछ ।) पृथ्वीनारायन शाहले लिम्बुवान कब्जा गरेपछि लादेका हुन् । जसरी (संसारकै) युद्ध जित्नेहरूले हारेका पुरुषजतिलाई ‘दाश’ र उनका श्रीमतीलाई ‘दाशी’ बनाउँने चलन थियो त्यसरी नै ‘जित्ने’ पृथ्वी नारायण शाहले पनि (लिम्बुहरूलाई दाशै त बनाएनन्, तर) ‘यो गर्नु’ र ‘त्यो गर्नु’ भन्दै हुकुम दिँदै जाँदा लिम्बुहरूलाई सुभांगी (Local administrator) र किपट दिएर ‘दशैँको बेला मालश्री गाएर, मौलो गाडेर, खुँडाले राँगा छिनाएर, टीका लगाएर मान्नु’ भनेर हुकुम फर्माए । अर्थात, (झुक्याएर) हारेकाले त्यो मान्नु पर्ने भयो । त्यसरी दशैँ लिम्बुवानमा लादिएकै हो । यसरी पृथ्वीनारानले, आफुले राज्यको ढुकुटीबाट केही स्रोतै नदिई, स्थानिय स्तरमै स्रोत परिचालन गरेर ‘उनको हिन्दु चाड, दशैँ’ मनाउँनु पर्ने बनाए । लिम्बुहरूले ‘सुब्बा’हरूको नेतृत्वमा मान्दै आए ।

तर, जब भूमिसुधार लाग्यो, ‘सुब्बा’हरूको स्थानिय प्रशासकको भूमिका (Status), किपट (Economy) गुम्यो तर दशैँ चाहीँ बसि रह्यो (किनभने ‘दशैँ मान्नु पर्छ’ भन्ने कुरा अब नेपालका जुनसुकै पार्टीका भए पनि शासक ‘खस’ नै भएकोले ‘आफ्नो पहिचान’ उनले छोड्ने कुरै भएन । तेसैले हरेक सरकारले ‘दशैँ’का निम्ती विशेष व्यवस्था गरिरहे ।) यसरी कालान्तरमा लिम्बुहरूलाई राज्यले ‘आफ्नो राज्य’ (State) खोस्ने, सुभांगी (Power) खोस्ने, किपट खोस्ने (Destruction of Yakthung economic base), जाँडरक्सी बनाएर दुईचार पैसा कामउँने उद्यमलाई गैरकानुनी बनाउँने र राजनैतिक तथा आर्थिक रुपमा कमजोर बनाउँने, आफ्नो याकथुङ भाषा र सिरिजंगा लिपीमा लेखपढ गर्न रोकेर ‘खस’ भाषा र देवनागरी लिपिमा लाग्नु पर्ने, खस भाषामै संचालित शिक्षा हासिल गर्ने अवसर पनि नदिने, सरकारी जागिरमा पस्न नदिने, पुलिस-सेनामा अवसर नदिने र राज्यले सिरिफ नांगोझार बनाउँने गर्दै आएपछि ‘दशैँ चाहीँ किन मान्ने?’ भनेर विद्रोहको रुप लिन थाल्यो । यसरी अन्यायमा पार्ने राज्य विरुद्दको विद्रोह “दशैँ वहिस्कार”को स्वरुपमा उजागर भयो । यसमा सकल जनजातीको पीडा लुकेकोले सबैले यसलाई आफ्नो विद्रोहका रुपमा अंगिकार गरेर अघि बढाए । यसरी यो एक किसमको “भद्र अवज्ञा” हो जसले जनजातीहरूमा विद्रोह गर्ने सँस्कृतीको विकास गर्न योगदान पुगेको छ । यसले हरेक दशैँमा सम्झाई रहन्छ । अन्याय भए ‘विद्रोह’ गर्नु पर्छ भन्ने उर्जा दिईरहन्छ ।

यसोभन्दा, यो कुनै पनि हिन्दु ‘समाज’को विरोधभन्दा पनि ‘हिन्दु चाड’को काँधमा बन्दुक राखेर जनजातीहरूको छातीमा गोली चलाउँने ‘राज्य’को विभेदकारी नीतिको बिरोध गरेको हो । बिभिन्न ‘समाजहरू’ त मिलेर एकआपसको सँस्कृतीप्रति Respectगरेर बस्नु पर्दछ । नेपालको धरातलीय यथार्थ ‘बहुसाँस्कृतीक समाज’ हो ।

यस धरातलीय यथार्थलाई अस्वीकार गरेर Idiosyncratic (“म र सिरिफ म मात्र ठीक” भन्ने मनोविकारयुक्त सोचाई) वा Ethnocentric (“मेरो समाज मात्र ठीक” भन्ने Superiority complex ले पूर्ण मनोरोगी सोचाई) दुबैले नेपालजस्तो समाजलाई Xenophobic बनाएर Conflict तिर धकेल्नेछ । नेपालको निकास दिने Framework भनेको Ethno-relativism नै हुनु पर्दछ । यो भनेको ‘सबैले आफ्नो भाषा-सँस्कृती निर्धक्क भएर मान्न पाउँने, सबैले सबैको सँस्कृतीलाई सम्मान गर्ने र सरकार कुनै एक सँस्कृतीको मात्र संरक्षक नहुने’ हो । अर्थात वुद्धले भनेको सम्यक (Balanced) सोचका आधारमा समाज संचालन हो । भन्नाले ‘तिमी मेरो सँस्कृतीलाई सम्मान गर, म तिम्रो सँस्कृतीलाई सम्मान गर्छु’ भन्ने हो । र, राज्यको आफ्नो कुनै सँस्कृती हुन्न, उसले मुलुकका सबै सँस्कृतीलाई ‘समतामुलक किसिमले’ Treat गर्नु पर्दछ ।

शान्तिपूर्ण समाज स्थापनको निम्ती यो पनि एक (अन्य थुप्रै मध्ये) कडी हो ।