आमा समुन्द्र हुन्, त्यसैले बन्दरगाहमा आमा लेखिन्छन्
नेपाली उपन्यास लेखनमा बाराम्बार दोहोरिरहन्छिन् –मिला इङ्नाम इक्सा । समालोचक लिला लुइटेलको ‘नेपाली महिलाउपन्यासकार’ पुस्तकमा मिलाको उपन्यास ‘पुनर्मिलन’ (२०५९) को चर्चा छ । उपन्यास लेखेको बेला मिला १९ वर्षकी मात्रथिइन् । प्रा.डा. गोविन्दराज भट्टराईले...
