आमा समुन्द्र हुन्, त्यसैले बन्दरगाहमा आमा लेखिन्छन्

नेपाली उपन्यास लेखनमा बाराम्बार दोहोरिरहन्छिन्मिला इङ्नाम इक्सा समालोचक लिला लुइटेलको नेपाली महिलाउपन्यासकार पुस्तकमा मिलाको उपन्यास पुनर्मिलन(२०५९) को चर्चा उपन्यास लेखेको बेला मिला १९ वर्षकी मात्रथिइन् प्रा.डा. गोविन्दराज भट्टराईले पनि निकै ठाउँ मिलाको चर्चा गरेका छन्

मेरो सानो पुस्तकालयमा अर्को पनि इङ्नामको उपन्यास होर्डिङवोर्डमाथि विद्यार्थी परेड लेखक हुन् किरण इङ्नाम क्रान्तिकारी विद्यार्थी राजनीतिमा होमिएका किरणले राजनैतिक उपन्यास लेखेका हुन् त्यस्तै सुरेन्द्र इङ्नामकोगीतसङ्ग्रह, नगेन्द्र इङ्नाम आठराईलीको कविता सङ्ग्रह, भूतपूर्व माननीय शेरबहादुर इङ्नाम पूर्व प्रमुख जिल्लाअधिकारी भगिराज इङ्नामको लिम्बू इतिहाससम्बन्धि पुस्तक पनि मेरा संकलनमा छन्

त्यही संकलनमा अर्का इङ्नाम चन्द्रको उपन्यास बन्दरगाहमा आमा पछिल्ला दिनमा थपिन आइपुगेको

पुस्तक संकलन सजिलै हुन्छ, तर पढ्ने फुर्सद कमै हुन्छ फेरि पुस्तक विविध खाले हुनाले पाठकको रुचि के मा ? त्योपुस्तकमा पाठकले खोजेको कुरा पाउँछ कि पाउँदैन ? भन्ने दुविधाले पढ्न सकेको हुन्न बजारमा आएको पुस्तक चर्चा, सिफारिसले पाठकले पुस्तकहरू पढ्ने सूचिमा राखेको हुन्छन् , पुस्तक पढिन्छन् तर लेखकको चाहना भने पाठकलेपुस्तक पढिदिउन् पढिसकेपछि केही प्रतिक्रिया पनि दिउन् भन्ने हुन्छ नै

विश्वभर महामारीको रूपमा आएकोकोरोनाले छानिएका पुस्तकमात्र नभई र्‍याकमा भएका सबै पुस्तक छामछुम गर्नेमौका मिल्यो पढिएका एकातिर, नपढिएका एकातिर राखेर केलाउँदाबन्दरगाहमा आमातैरिएर माथि आयो , पुस्तक पढ्न थालियो पढिसकेपछि उठेका तरङ्गहरूलाई यसरी तार्ने काम भयो

उपन्यास, अनुभवन्यास संस्मरणोन्यास
करिब २० वर्ष अगाडि शोभा भट्टराईको उपन्यास अन्त्यहिन अन्त्य आउँदा त्यस उपन्यासको भूमिका कोर्ने ध्रुवचन्द्रगौतमले उपन्यास नभई अनुभवन्यास भएको बताएका थिए आफ्नो अनुभवलाई उपन्यासको फ्रेमभित्र हालेर कोरिएकोउपन्यास अनुभवन्यास हुने गौतमको जिकिर थियो भने, यो बन्दरगाहमा आमा वास्तविक घट्नालाई कथामा रूपान्तरणगरेको नभई पुरै आमाको जीवनीलाई जस्ताको तस्तै उपन्यासमा परिणत गरिएको हो जसलाई के उपमा दिन सकिएला ?

जस्तोउपलाई नजिक न्यासलाई राख्नु भएर उपन्यास भनेजस्तैअनुभवलाईन्यासप्रत्यय जोडेर गौतमलेअनुभवन्यास बनाए भनेस्मरणवासंस्मरणलाईन्यासजोडेरसंस्मरणोन्यासबनाउन सकिएला कि भन्ने कुरा मात्रै

संस्मरण आफैंमा आफ्नो जीवनमा घटेका घट्नालाई जस्ताको तस्तै ल्याउने माध्यम हो जसलाई उपन्यासको माध्यमबाटल्याउँदा माथि दिइएका नामले अथ्याइँदा कुनै गलत हुन्न भन्ने मेरो जोड

उपन्यासको मुलकथा
उपन्यासकी मुख्य पात्र एक्ली उसको छोरा नेउके नेउकेले आफूले बुझेदेखि आमाको मृत्युपर्यन्त घट्नाहरू लिपिवद्धगरेका छन् अघिका घट्नाहरू पनि उपन्यासमा नआएका होइनन्, तर आमाबाट सुनाइएका कुराहरूलाई नेउकेले उतार्नसकेका हुन्

यो ताप्लेजुङको चाँगेस्थीत उजिरसिंह आङ्बुहाङ लिम्बू काजाहाङ्मा नाइदेम्बलिबाङको कोखबाट वि.सं. १९९० मंसिर२६ गते जन्मिएकी विष्णुमाया आङ्बुहाङ लिम्बूको कथा हो उजिरसिंह काजाहाङ्माको एक्ली छोरी भएकोलेविष्णुमाया नाम एकै ठाउँमात्र उल्लेख भएको नत्र उनी एक्ली नै भएकी छिन्

एक्ली यस अर्थमा भइन् कि उनले वि.सं. २००८ सालमा ह्वाकु सामिथोक तेह्रथुमका भक्तबहादुर इङ्नामसँग विवाह गरिन् तीन सन्तानको जायजन्म भएपछि करिब १३ वर्षपछि विधवा बन्न पुग्छिन् सन्तान भएपनि सबैभन्दा भरसिलो श्रीमाननहुनु, नावालाक सन्तान हुर्काउन एक्लै अगाडि बढ्नु पनि एक्ली हुनु नाम हुनुमा झनै बल पुग्छ

एक्लीले एक्लै आफ्ना सन्तानहरूलाई चाँगे लगेर हुर्काउछिन्, फेरि ह्वाकुमा झार्छिन् कहिले तराईको झापामा पुग्छिन् कहिले एक्लै आसामसम्म पुग्छिन् छोरीहरू हुर्केर ज्वाइँकहाँ पुग्छन्, छोरा उमेर पुगेर लाहुरे बन्छ उनी पुनः एक्लै नैलामो यात्रा तय गर्छिन् उपन्यासको मूलकथा यहि हो

हाल ताप्लेजुङमा पर्ने आठराई त्रिवेणी गाउँपालिका पहिले तेह्रथुम जिल्लाअन्तर्गत नै थिए जुन क्षेत्रलाई पहिलेआठराईबाट चिनिन्थ्यो तसर्थ तेह्रथुमको आठराई गाउँपलिका त्यहाँको आठराई त्रिवेणीमा त्रिवेणीमात्र थपिएको , बाँकी एकै नामका नै छन् उपन्यास यहिक्षेत्रभित्र घुमेको यहाँ आमा, आमाका आफन्त, गाउँलेका क्रियाकलाप पनिसमेटिएका छन्

के त्यो जमानामा भूत थियो ? अहिले चाहीँ कि छैन ?
लेखक चन्द्र (नेउके) अहिले सुविधासम्पन्न मुलुक बेलायतमा बस्छन् जहाँ शरीरमा थोरै विसञ्चो भए पनि तत्कालऔषधी गर्ने तथा अस्पताल पुग्ने गरिन्छ तर उनले जीवनमा यस्तो भोगेका छन् कि मृत्यु भइसक्यो भनेर माया मारिसकेकाचन्द्रको लागि बुबा धामीझाँक्री खोज्न भौतारिरहेका हुन्छन् फेरि घरमा बस्दा बाराम्बार तसाईरहने, गाउँमा कसको चोलाउठ्दैछ भन्ने कुरा फेदाङ्माले अगाडि नै देख्ने कुरा दर्शाइएको बुबा भक्तबहादुर फेदाङ्मा लिन गइरहेका हुन्छन्, तरविज्ञानको अगाडि केही होइन भन्ने पनि तर्क राख्छन् जस्तो पूजा गरिरहेको बेला सेतो मान्द्रोजस्तो आएर पूजास्थलढाक्नुलाई बुबालेउडन तस्तरीहुनसक्ने औंल्याए भने फेदाङ्माले भूत

नेउके एकपटक भान्जासँग घरमा बस्न पुग्दा दिदी आमा रातभर आइपुग्दैनन् घरमा भने विभिन्न आवाज तथा छायाँलेतर्सारहन्छ आमालाई यो कुरा सुनाउँदा यस्तो भइरहने सुनाउँछिन् लिम्बू देवताहरू सबै अकालमा मृत्युवरण गर्न पुगेरबनेका छन् , कोही मानव÷प्राणी अकालमा मर्न नपरोस् भन्ने मुख्य ध्येयका साथ ति देवताहरूको प्रतिथापन गरिएको हो कोही देवता हितकारी छन् भने कोही अनिष्टकारी घरमा यसरी तर्साउने कुराहरू भए फेदाङ्मार्फत देवता मन्साउनसकिने बाटोहरू थिए तर मन्साएको देखिन्न

एकजना माइजु पर्नेको मलामीबाट फर्कदै साम्बा फेदाङ्माले भोली नै फेरि एकजना अधवैंशेको चोला उठ्ने कुरा गर्छन् महिला कि पुरुष भन्ने प्रश्नमा फेदाङ्मा बोल्दैनन् आमालाई छोराछोरीलाई एकैठाउमा पारेर आफू मर्न सक्नेतर्फ इङ्गीतगर्दै केही भइहाले मिलेर गरिखानु भन्ने अर्तिउपदेश दिएको दृश्यले निकै मर्माहत बनाउँछ के कोही व्यक्ति त्यसरी मर्दैछन्है भन्ने देख्ने फेदाङ्माले उसको मरण रोक्न सकिन्छ कि भन्नेतर्फ लाग्दैनन् ? भन्ने कुराले निकै मथिङ्गल खियायो पनि

त्यसैगरी हिलेमेला ठूलो आँधी आउँछ नेउकेसहितको केटाकेटी एउटा पाटीमा ओताएका हुन्छन् आँधीले पाटीको छानोउडाउन खोज्छ त्यसैबेला कार्की माइला आएर नानीकेटाकेटा, चौपाया विपत्तिमा छन्, यो हावाहुण्डरीलाई उता कटाइदेशिकारी भन्दा साच्चिकै हट्नु आश्चार्यको कुरो

पढाई, किशोर सङ्घर्ष लाहुर
नेउके पढ्नको लागि कहिले चाँगे, कहिले ह्वाकु, कहिले झापाको गौरादहसम्म पुगेका छन् कहिले आफन्तको प्यारो तथाआज्ञाकारी बनेका छन्, कहिले उदण्ड चकचके बनेका छन् जसले गर्दा एक बालकको जीवनमा आइपर्ने सबैकुरापूर्णरूपमा आएको बुझिन्छ किनभने धेरैजसो उपन्यास, कथाहरूमा जीवनको एकपाटोलाई मात्र सरर बगाएर लगिएकोहुन्छ यो सम्पूर्ण जीवनी भएर आएकोले पनि हुनसक्छ

नेउकेको परिवार पुस्तैनी सुभा हुन् सुभाङ्गी प्रथा बिस्तारै हट्दै गएपछि पनि पहिलेदेखि सुभा मान्नेहरूले वर्षेनी कोशेलीबोकेर आउने प्रसँग यहाँ कोट्टिएको जसमा आमाले कहिलै पनि शासकको प्रतिच्छाया बनेर होइन, असल छिमेकीकोरूपमा प्रस्तुत हुन्छिन् यसबाट आमा आफ्नो सन्तानको मात्र नभएर सबैको आमा बनेको पनि उपन्यासको आँखाबाटदेखिन्छ

आफ्ना सन्तानमात्र नभएर वंशजभित्रकै सन्तानलाई माया गर्ने भएकोले एक्लीलाई माइती तथा घर दुवैमा उत्तिकै सम्मान माया पाएकी छिन्

नेउके लाहुर जान मन पराईहालेका पनि छैनन् तर गएका छन् खाम्लालुङमा गल्लावालको झुक्याएर लगेको देखिन्छ गल्लावालले छाती नाप्दा कुनै विरोध पनि गरेनन् उमेर नपुग्दो हो भनेर मुख्य गल्लावालले छाँट्न खोजे पनि मौका दिउभनेर सहायकहरूले अनुरोध गरेर भर्ति भएका छन्

दिदीहरूको अधुरो कथा
उपन्यासले पेटमारी बाख्रा मिक्ताके कुकुरको कथा बोकेको आरुको माङ्गेना गरिएको साथी वीरबहादुरपोमुको जीवनी भुइँतले बोजु, धनकुटे बाजे, लट्टेनी बोजुलगायत धेरे पात्रहरूको वर्णन छन् तर आफ्नै दिदीहरूकोछुट्टै कथा चाही छैन कान्छी दिदीको खाम्लालुङतिर विवाह भएको देखिन्छ जेठी दिदीबारे त्यस्तो ठोस कुरा बोलेकाछैनन् एकैचोटी आमा सिकिस्त विरामी हुँदा बेलायतमै रहेको दिदीसँग नेपाल फर्किएको भने देखिन्छ पाठकहरूघोरिन्छन् कि त्यतिधेरै पात्र, आफन्तबारे बोलेको उपन्यासले दिदीहरूको विवाहको संयोग, बाल्यवस्थामा दुःख पाएकोजीवनले सुख पाएको क्षणलाई जोडेको कुरा राखिदिए निकै हलुका महसुस गर्थे पाठकहरूले

बरु लाहुरे भएपछि वंश वंशावलीप्रति उनको झुकाव बढेको देखिन्छ इङ्नाम थरको कथालाई जोडेका छन् पाँचथरको बाटो हिड्दा अचानक विरामी हुनु, फेदाङ्माले एक मृतआत्माले पच्छ्याएको जोखाना निकाल्दा इङ्नाम वंशकोएक पेसिङ(शाखा)ले आफ्नो हजुरआमालाई जिउँदै तमोरमा बगाएको कुरा सम्झनु उक्त पेसिङ आफ्नो शाखातर्फनरहेको जिद्दी गर्नु लेखक अल्मलिएको भान पर्छ

अन्त्यमा,
यो सिंगो उपन्यास बाल्यकालदेखि लाहुर लागेसम्मको एउटा संस्मरणको संगालो हो संगालोहरूलाई एक उपन्यासकोस्वरूपमा ल्याउँदा केही ठाउँ लट्टा पनि परेका छन् जसलाई एउटा गतिलो थाक्रा (बाँसको काँगियो)ले केहीखेप कोरेकोभए लट्टा फुकेर सिलिक्क बन्थ्योकि भन्ने अनुमान यो पाठकको

आमा समुन्द्र हुन्, त्यसैले बन्दरगाहमा आमा लेखिन्छन् आमाले सन्तानलाई कति माया गर्छिन् सन्तान पनि आमाकोलागि कति उत्तरदायी हुन्छन् भन्ने कुरा उपन्यासले छर्लङ्गिएको कोमामा रहेकी आमालाई हेर्न नसकेर ट्याक्सीमा चढीजाउँ भन्ने, तर ट्याक्सी ड्राइभरले कहाँ भन्दा गन्तव्यस्थल भन्न नसक्ने अवस्था आउनु मातृत्वले पागल बनाएको क्षण हो सँधै आमासँग रहन पनि परिवन्धले दिँदैन आमाले जसरी दुःख गरेर हुर्काइन्, बढाइन्, लाहुर पठाइन्, लाहुरे छोराले अभावहुन दिएन तर सँधै साथ हुन नपाउनु पनि एउटा पीडा हो जुन पीडालाई यस उपन्यासले उजागर गरेको