संघीय–लिम्बुवान मार्चपास पहिलो दिन उर्लाबारीबाट बेलबारी पुग्यो
बेलबारी (मोरङ) लिम्बुवान, २२ मङ्सिर । संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले संघीय–लिम्बुवानको आन्दोलन जारी रहेको भन्दै उर्लाबारी देखि इटहरीसम्मको लागि सञ्चालन गरेको पाँचौ मार्चपासको पहिलो दिन करिब २४ किलोमिटर हजारौंको जनसहभागीतामा पैदल हिँडेर गन्तव्यस्थल वेलबारीसम्म पुगेको छ ।
उर्लाबारीमा लिम्बुवानका मोरङ जिल्ला सचिव योगेन्द्र चोङबाङको उद्घोषणमा मार्चपासका सह–आयोजक संघीय धिमाल स्वायत्त परिषदको तर्फबाट महासचिव केदार धिमालले सबैलाई स्वागत गर्नुभएको थियो ।
आयोजक मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष भगिराज तुम्साले स्वागत गर्दै कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभयो ।
यसैगरी, सह–आयोजक संघीय धिमाल स्वायत्त परिषदका अध्यक्ष तथा मञ्च सम्बद्ध संघीय धिमाल स्वायत्त परिषदका उप–महासिचव बाङगाई धिमालले पनि स्वागत गर्दै मार्चपासको औचित्यबारे प्रकाश पार्नुभयो ।

अन्तमा, मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले रिवन काटेर मार्चपासको उद्घाटन गर्दै सबै सहभागीहरुलाई अनुशासित भएर मार्चपासमा हिँड्न आग्रह गर्नुभयो । अध्यक्ष मिराकले यस्तो मार्चपासले संघीयता र लिम्बुवान विरोधीहरुलाई संघीयता र लिम्बुवानको आन्दोल जारी भएको बलियो सन्देश दिने बताउनु भयो । वहाँले लिम्बुवान आन्दोलन जारी रहेको, लिम्बुवानको लागि लिम्बुवाननी जनताहरु दुई–दुई दिन सम्म धेरै किलो मिटर सडकमै हिँडेर पनि लड्न सक्ने र नेता, कार्यकर्ता र शुभेच्छुकहरुबीच एकापसमा अझ नकिको चिन जान भई अन्तक्र्रिया हुने समेत बताउनु भयो ।
उर्लाबारीबाट दिनको १२ बजे हिँडेको लिम्बुवान मार्चपास पहिलो मङसिर २१ गते आइतबारे, मङ्गलबारे, पथरी, कानेपोखरी, भाहुन्ने, लक्ष्मीमार्ग हुँदै २६ किलोमिटर दुरी पार गरेर बेलबारीमा आइपुगेको छ ।

मङ्लगलबारेमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद गाउँ इकाई समिति र महिला परिषदले स्वागत गर्दै खाजापानी खुवाएको । पथरीमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मोरङ क्षेत्रीय समितिर महिला परिषदले स्वागत गर्दै खाजापानी खुवाएको ।
त्यसैगरी, लक्ष्मीमार्गमा किरात याक्थुङ चुम्लुङ पञ्चकन्या गाउँ इकाई समितिले स्वागत गर्दै खाजा पानी खुवाएको थियो ।
लिम्बुवान मार्चपास बेलुकीको ८ बजे विभिन्न नाराबाजीका साथ बेलबारीको तमु गुम्बामा पुगेर खाना खाई बास बस्यो ।
मङ्सिर २२ गते बिहान बेलबारीबाट मार्चपास सुरुभई अपरान्ह इटहरीमा पुगेर मार्चपास समापन सभामा परिणत भई समापन हुनेछ ।
मार्चपासको दोस्रो दिन बेलबारीबाट लालभित्ती, खोर्साने, विराटचोक, गोठगाउँ, सलकपुर, गछियाहुँदै करिब १७ किलोमिटर दुरी पार गरेर अपरान्ह इटहरीमा पुगेर मार्चपासमा परिणत भई अध्यक्ष कुमार लिङदेन ‘मिराक’ लगायतका प्रमुख नेतृत्वहरुले सम्बोधन गरेर मार्चपासको समापन हुने कार्यक्रम छ ।
यस समापन समाको विशेष लाइभ प्रशारण www.nepalisamachar.com र www.sanghiya.com हुँदैछ
