मन्च सम्बद्द स लि रा प प्रबास कार्य समिती अष्ट्रेलिया को दोस्रो नियमित बैठक सम्पन्न ।
१९ जनवरी शनिबार का दिन अध्यक्ष श्री मनुराज निङ्लेकु लिम्बु को अध्यक्षता तथा महासचिब सुबाश निङ्लेकुको सन्चालन मा बिभिन्न प्रस्ताबहरु माथि छलफल गरी निम्न निर्णय का साथ मन्च सम्बद्द संघिय लिम्बुवान राज्य परिषद प्रबास कार्यसमिति अष्ट्रेलिया को दोस्रो नियमित बैठक सम्पन्न भएको छ ।
निर्णयहरु :-
१. उर्लाबारी देखी इटहरी सम्मको ब्रिहत लिम्बुवानी मार्च पास सम्पन्न गर्नको लागि अष्ट्रेलिया मा रहेर धेर थोर सहयोग गर्नु हुने सम्पूर्ण कार्य समितिका पदाधिकारीहरु , सल्लाहकार सदस्यहरु र लिम्बुवान प्रेमी शुभचिन्तकहरुमा परिषद हार्दिक धन्यबाट ग्यापन गर्दछ ।
2. संघठन प्रमुख श्री सन्तोष चेम्जोङ र सल्लाहकार सदस्य घनेन्द्र फ्याक लाई stationery सहयोग गरेबापत हार्दिक धन्यबाट ग्यापन गर्दछ ।
3. संघठन बिभाग तथा सम्पूर्ण सदस्यहरु संघठनलाई अझ सुध्रिण तथा ब्रिहत बनाउनको लागि ससक्त रुपमा परिचालित हुने । धेरै भन्दा धेरै अष्ट्रेलिया बासी नेपाली हरुलाई परिषदको सदस्यता दिलाउने ।
4. नेपाली ३ मुख्य दल एमाओबादी , कांग्रेस र एमाले को अकर्मन्यताको कारण देस अन्योलताको भुमरिमा फसी असफल राष्ट्र बन्न उन्मुख भएको मा गहिरो आपत्ति जनाउदछ । चुनाव नै अहिलेको समस्याको निकास ठान्दै चाडो भन्दा चाडो चुनाव होस् भनी माग गर्दछ ।
5. नेपालमा भैरहेको सर्बब्यापी दन्डहिनता प्रती खेद प्रकट गर्दछ । केही महिना यता देशमा महिला माथि भएको बलत्कारको घटनाहरुको कडा भर्सना गर्दै दोसी माथि कानुन बमोजिमको को कारबाही होस् भनी राज्य सग माग गर्दछ ।
बैठक १२ / ४६४ illawarra road marrickville , सिड्नी मा दिनको ३ बजे सुरु भैइ बेलुकी ६:३० मा सम्पन्न भएको थियो ।
– मनुराज निङ्लेकु लिम्बु