कृषि व्यवसाय जोखिममा पर्नुको कारण र विकल्प
–शिशिर निङ्लेकू

“नेपालको कृषि व्यवसायमा देखिएका तमाम् समस्याहरूको जरा मुलुकमा सदियौंदेखि चलेको एकात्मक शासन व्यवस्था र केन्द्रीकृत राज्य संरचना पनि हो । यो संरचनालाई भत्काएर संघीय शासन प्रणाली अन्तर्गत विभिन्न स्वायत्त राज्यहरुको व्यवस्था गरी सो ठाउँमा त्यही नै नीति निर्माण र कार्यान्वयन गर्ने आधार बनाउन सके यसको स्थायी समाधान हुनेछ ।”

–––––––––––––––––––––––––
पृष्ठभूमि:

नेपाल कृषिप्रधान देश हो । पछिल्ला तथाङ्क अनुसार कुल जन सङ्ख्याको ७५ प्रतिशत जनता कृषि पेशामा आश्रित छन् । कृषि अन्र्तगत खेती, पशुपालन, फलफूल तथा तरकारी खेती, मौरीपालन जस्ता कार्यहरू पर्दछन् । नेपाली अर्थतन्त्रमा कृषि क्षेत्रले फराकिलो ठाउँ ओगटेको छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३० प्रतिशतभन्दा बढी छ । नेपालमा प्रायः धेरै मानिसहरू कुनै न कुनै रुपमा कृषि व्यावसायसँग सम्बद्ध रहेकाछन् । नेपालको सन्र्दभमा कृषि विकास भन्नु नै मानिसको आर्थिक तथा सामाजिक विकास हो ।

नेपालमा विशेषगरी, हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजित भौगोलिक बनावटहरू छन् । पहाडी क्षेत्रमा कृषि पेशा अन्र्तगत धान, मकै, कोदो, जौं लगायत सिमित अन्नबाली उत्पादन गर्नलाईमात्र मूलरुपमा लिने गरेको पाइन्छ । पशुपालन, तरकारी खेती, फलफूल खेती, नगदेबाली लगायतका कृषिजन्य खेतीहरू यसक्षेत्रमा सहायक खेतीको रुपमामात्र लिने गरिन्छ ।

यस लेखको अध्ययन ती कृषि योग्य ठाउँहरूको हो– जुन ठाउँका अधिकांश जनता परम्परागत खेती धान, मकै, जौं लगायत सिमित अन्नबाली उत्पादनगर्नमा मात्र निर्भर रहेकाछन् । आधुनिक कृषि बीउवीजन र कृषि तालिमको सहज उपलब्धताको पहुँच नभएका तेह्रथुम, पान्थर, ताप्लिजोङ, भोजपुर लगायतका नेपालको मध्यपहाडी जिल्लाहरूको प्रसङ्गमा यो लेख सन्दर्भ केन्द्रित रहेकोछ । २०५५÷०५६ साल यता पहाडी क्षेत्रमा कृषि उत्पादनमा लगातार ह्रास आएको कृषि विशेषज्ञहरु बताइरहेका छन् । यहीक्रम्ले कृषि उत्पादमा ह्रास हुँदैजाने र सरकार तथा सम्बन्धित् निकायले आवश्यक पहल नगरे कृषि पेशा पूरै जोखिममा पर्ने सम्भावना छ।

परम्परागत कृषि व्यवसायबाट साधारण परिवार चलाउन पनि पहाडी भेगका किसानहरुलाई हम्मे हम्मे परेको छ । समग्रमा नेपालको मध्यपहाडी जिल्लाहरूमा तपशीलका कारणले परम्परागत कृषि पेशा उच्च जोखिममा परेको देखिन्छ । साथमा, यहाँ वैकल्पिक उपायहरु पनि सुझाउने प्रयत्न गरिएको छ ।

१. पानीको मुहान सुक्नु:

पहाडी भेगतिर पछिल्लो समयमा पानीका मुहानहरू सुकेर जानेक्रम अत्यधिक बढेको छ । यसबाट कृषिपेशामा आबद्ध जनतामा प्रत्यक्ष असर पर्न गएको छ । कृषि पेशाको मेरुदण्डको रुपमा काम गर्ने पानीका मुहान सालैपिच्छे सुक्दैजानाले यसक्षेत्रको मानिसका दैनिक जीवीकोपार्जनमा र उनीहरूले गर्दैआएका परम्परागत कृषि पेशासमेत जोखिममा परेकोछ । नेपाल सरकार, स्थानीय पहुँच र विभिन्न संघसंस्थाको पहलकदमीमा घरघरमा खानेपानी वितरण गरिनु; सरकारको फितलो नीति तथा जनचेतनाका कमी; वन विनास दिनप्रतिदिन बढ्दै जानु; पछिल्लो समयम वर्षा कम हुनु र खण्डवृष्टिजस्ता कारणले पानीका मुहान सुक्नेक्रमले तीब्रता पाएको देखिन्छ ।

२. खेतीयोग्य जमिन बाँझिनु:

बदलिँदो जीवनशैली, विश्वव्यापीकरणको प्रभाव र सजिलै अवसरहरूको खोजी लगायतका कारणहरूले पहाडी क्षेत्रका अधिकांश खेतीयोग्य जमिन बाँजिन पुगेको छ । रामै्र कृषिबाली उत्पादन हुने खेत बाँजो राखेर महँगो पैसा खर्चेचर चामल किन्नु परेको छ । रोजगारीका लागि लाखौं युवाशतिm विदेश पलायन हुन बाध्य छन् । गाउँबाट बजार, पहाडबाट तराई, तराईबाट विराटनगर, काठमाण्डौं र पोखराजस्ता ठूला शहरमा बसाईं सराई बढेको छ । तुलनातमक रुपमा दैनिक उपभोग्यका वस्तु खाद्यान्न लगायतका चिजविजहरु पहिले भन्दा अहिले छिटो र सजिलै उपलब्ध छन् । यी आदि कारणले गर्दा पहाडका जमिनहरु बाँझिएका छन् ।

३. उत्पादनमा ह्रास:

पहाडी क्षेत्रमा धान, मकै, जौ लगायतका कृषिजन्य बालीको उत्पादनमा पूरै ह्रास आएको छ । पहिला दशौं मुरी फल्ने जमिनमा अहिले पाँच÷छ मुरी फलाइमा चित्त बुझाउन बाध्य छन् । घट्दो उत्पादनले गर्दा यसक्षेत्रमा परम्परागत कृषि पेशा जोखिममा परेको छ । एक दशक अघिको तुलनामा अहिले झण्डै आधामात्र उत्पादन हुन्छ । पहाडी भू–धरातल भएकाले साना पुँजीबाट कुलो निकाल्न कठिनाई हुने कारणले सिंचाईको अभाव छ । वर्षेनी माटो क्षय भइरहेको छ । पहाडी भूभाग दूर्गम क्षेत्र भएकाले आधुनिक खेती प्रणालीबारे जानकारी कम छ । युवा पुस्तामा कृषि पेशाको आकर्षण घट्दो छ । शहरीया जीवनशैलीको सिको गर्नु कृषि उतपादन ह्रास हुनुका प्रमुख कारण हन् ।

४. कमजोर सरकारी पहुँच:

आधुनिक बीउ, मल, तालिम तथा परामर्श लगायतका कृषिसँग सम्बद्ध सेवाहरु सरकारले सहजरुपमा प्रदान गर्न सकेको छैन । यसले गर्दा पहाडी भेगमा पुरानो शैलीमा कृषि कर्म गर्नुपरेको छ । यसकारण पनि कृषि पेशा जोखिममा परेको छ । सालैपिच्छे कृषिमल नपाउँदा अनेक सास्ती भोग्नु परेको छ । पहाड तथा दूर्गम भेगका बारे नेपाल सरकारको ठोस नीति र कार्यक्रम छैन । प्रर्याप्त पुँजीको अभाव र भौगोलिक विकटताका कारण यस क्षेत्रका मानिसले गर्दै आएको कृषि पेशा उच्च जोखिममा परेको छ । मुलुकमा विद्यमान केन्द्रीकृत शासनप्रणाली र एकात्मक चिन्तन कृषि पेशा जोखिममा पर्नुको अर्को कारण हो । नेपालमा अहिलेसम्म ३४ औं प्रधानमन्त्रीहरु भइसक्दा पनि उनीहरूले शहरकेन्द्रित विकासलाई मात्र बढी जोड दिएका छन् । वर्गीय र सर्वहारा डा. नेता बाबुराम भट्टराई समेत शहरकेन्द्रित विकासमात्र गर्न उद्यत देखिए । काठमाडौंमा ठूलो पुँजी खर्चेर रोड फराकिला बनाई छाड्ने कसम खान पछि नपरेका नेताले ग्रामीण भेगका बहुसङ्ख्यक किसानलाई बिर्सेका छन् ।

५. कृषि वजारको अभाव:

पहाडी क्षेत्रका कृषकले उत्पादन गरेका अधिकांश कृषिजन्य चिजहरू बजारका अभावका कारण खेर गइरहेका छन् । त्यस क्षेत्रमा उत्पादित धान, चामल, तरकारी फलफूल लगायतका सामान बिक्री गर्न नपाउँदा स्थानीय किसान मार्कामा परेका छन् । आफूले वर्षदिन लगाएर उत्पादन गरेका वस्तु तेसै खेर जाँदा कृषि पेशामाथि नै दिग्दार लागेर आउने अवस्था पनि छ । मौसम अनुसार उत्पादित बस्तु बेच्न नपाउनु र भण्डारण गर्ने सुुविधा नहुँदा ग्रामीण क्षेत्रमा कृषि पेशाले सङ्कटको अवस्था व्यहोरेको छ ।

६. युवा जनशक्तिको पलायन:

हरेक साल लाखौं युवा रोजगारको सिलसिलामा विदेशिनाले पहाडी क्षेत्रमा कृषि पेशा जोखिममा परेको छ । पहाडी भेगमा कृषि व्यवसाय गर्न युवा शक्तिको आवश्यकता पर्दछ । युवा जमात विदेश पलायन हुनाले गाउँमा अहिले कृषि कार्य जनशक्तिको अभाव छ । हिजो आज गाउँघर सुनसानजसो छन् । गाउँघरमा बुढापाका बाआमा, महिला दिदी बहिनी र स–साना वालबच्चा मात्र देखिन्छन् । गाउँमा युवाशक्ति नहुँदा मर्दापर्दा समेत गाह्रो साह्रो परिरहेको छ । मुलुकमा बढ्दो बेरोजगारीे समस्या, नेपाल र विदेशमा तलबमान फरक हुनु; राजनीतीक अस्थिरता रहनु र बढ्दो महँगी लगायतका कारण युवाजनशक्ति पलायनदर बढेको बढेकै छ ।

७. आधुनिक कृषि बीउवीजनको अभाव:

मध्य पहाडी भेगमा यातायाता, सञ्चार तथा सरकारी पंहुच कम पुग्ने भएकाले यसक्षेत्रमा कृषि सम्बन्धि आधुनिक विउवीजनको मात्रा कम पुग्ने गर्छ जसले गर्दा कृषि पेशा माथिनै दीग्दारी बढेको छ ।
समयसाल र वातावरणीय परिबेश परिवर्तन भयो तर पुराना विउवीजनको विकल्प दीन नसक्दा कृषि उत्पादनमा फराकिलो असर परेको छ । नेपाल सरकार र सम्बन्धित निकायले हावापानि सुवाउदो विउवीजन सम्बन्धि आवश्यक अध्ययन अनुसन्धान नगर्दा परम्परागत कृषि पेशा बढि जोखिममा परेको बताउछन् जानिकारकहरू ।

८. परम्परागत कृषि शैली:

पहाडी क्षेत्रमा खेती किसान गर्ने प्रक्रिया, विधि र शैली पुरानो तथा श्रमप्रदत्त भएको कारण कृषि पेशा जोखिममा परेको छ । अत्यधिक श्रम लाग्ने, लामो प्रक्रिया र झन्झटिला क्रियालापद्वारा किसानले काम गर्नुपर्ने बाध्यता भएकाले पनि कृषि पेशामाथि निराशा छाएको छ । यसक्षेत्रमा कृषि पेशाका लागि अत्यधिक युवाशतिm आवश्यक पर्ने तर पसिना बगाएअनुसार कृषि उत्पादन नहुँदा कृषि पेशामाथि थप जोखिम थोपरिएको हो ।
वातावरणीय परिवर्तनसँगै पहाडीभेगमा हिजोको तुलनामा अहिले विकासका आधारभुत तत्वहरूमा परिवर्तन भएको छ । विकासका आधारभुत तत्व बलियो बन्दै जाँदा नयाँ नयाँ पेशाको सम्भावना बढेर गएको छ । यी क्षेत्रमा ग्रामीण सडक, लघु जलविद्युत तथा केन्द्रीय बिजुली बत्ती, आम जनचेतना, बलियो सञ्चारको पहुँच, यातायात विस्तार, आङ्शिक बजार विस्तार, दक्ष जनशतिmको सहज आपूर्र्ति, कच्चा पदार्थको उपलब्धता लगायतका आधाारगत तत्वहरूमा सकारात्मक परिवर्तन भएकाले खेतीमा (धान, मकै, जौ)केन्द्रित् परम्परागत कृषि पेशालाई निम्नानुसारका पेशाहरूमा विस्तार गर्दै जाँदा यसक्षेत्रमा कृषि पेशाको जोखिमलाई न्यूनीकरण तथा प्रतिस्थापन गर्न सकिन्छ ।

८.१. पशुपालन

पशुपालनबाट आयआर्जन गर्नका साथै मासुको निर्यात गर्न पनि सकिन्छ । एसियामा सर्वाधिक मासु खपत हुने देश भारतपछि दोस्रो मुलुक नेपाल हो । पहाडी भेगमा अनुकूल हावापानी, घाँस, चरनका लागि वनजङ्गलको राम्रो व्यवस्था भएकाले जोखिममा परेको परम्परागत कृषि पेशालाई व्यावसायिक पशुपालनबाट प्रतिस्थापन गरिँदै लैजानु वैज्ञानिक हुनेछ । गाई–भैंसी पालन, भेडा–बाख्र्रापालन, सुङ्गु–बङ्गुुुर पालन, माछा पालन, कुखुरा पालन, मौरी पालन लगायको सम्भावना यस क्षेत्रमा प्रवल देखिन्छ ।

८.२. तरकारी खेती

तरकारीजन्य चिजविजको आवश्यकता मानवीय जीवनपरन्तसम्म रहन्छ । गाउँशहर सबैतिर यसको आवश्यकता बराबर हुन्छ । नेपालको शहरीक्षेत्रमा तरकारीको माग आन्तरिक आपूर्तिकर्ताहरूबाट थेग्न हम्मे परेकाले बाह्य मुलुक भारत र चीतबाटसमेत आपूर्ति गरी जनजीवीका चलेको अवस्था छ । स्वास्थ्य जनचेतनासँगै तरकारीको माग दिनप्रतिदिन बढेर गएको छ । पहाडी क्षेत्रमा हरियो सागपात, गेडागुडी, (सिमी, केराउ, दाल), काउली बन्दा, गोलभेडा, फर्सी, लौका, स्कुसजस्ता तरकारीको उत्पादनमा जोड दिएमा परम्परागत कृषि पेशाको मार कमहुने देखिन्छ ।

८.३. फलफूल खेती

फलफूलको माग नेपालका गाउँशहर जताततै छ । गाउँमा भन्दा शहरमा यसको माग अझ बढी छ । फलफूल हरेक मानवीय क्रियाकलापसँग प्रत्यक्ष सम्बन्ध राखेको हुन्छ । तनावपूर्ण शहरीया जीवन र मसलादार भोजनलाई सन्तुलनमा राख्ने चिज नै फलफूल भएको हो । पहाडीभेगमा कागती, जुनार,ज्यामिर, अम्बा, आरु नासपाती,भूईंकटहर, अनार ,लिचि, आँप, सन्तोला, केरा र मेवाजस्ता फलफूलको खेती गर्नसके आयआर्जन वढ्नका साथै परम्परागत कृषि पेशालाई थप सघाउ पुग्नेछ ।

८.४. लघु उद्योग

खुला वातावरण तथा फराकिलो ठाउँ भएकाले पहाडी भेगमा लघु उद्योगको सम्भावना राम्रो छ । स्थानीय कच्चा पदार्थ तथा स्रोतसाधनको सहज उपलब्धताले यसक्षेत्रमा लघु उद्योगको लागि थप सजिलो वातावरण देखिन्छ । कृषि पेशालाई मात्र आधार बनाएर जीवीका चलाउन बाध्य ती पहाडी भेगका किसानहरूले परम्परागत पेशाका साथसाथै तानाबाट ढाका र खाँडीका कपडा बुन्ने, फर्निचर बनाउने, बाँसबाट बन्ने विभिन्न सामाग्री निर्माण गर्ने, पहाडी काँचो कागज उत्पादन गर्ने र सिलाई–बुनाइँजस्ता लघुउद्योगहरु व्यापकरुपमा विस्तार गर्नसक्दा परम्परागत कृषि पेशाको जोखिमलाई धेरै कमगर्न सकिन्छ ।

८.५. व्यापार व्यावसाय

याातायात, शिक्षा, सञ्चार तथा बिजुली बत्तीको उपलब्धताले पहाडी भेगमा व्यापार–व्यवसायको सम्भावना राम्रो छ । यस भेगको बासिन्दाका दैनिक जीविकोपार्जनका लागि आवश्यक खाद्यवस्तु तथा लता कपडाको खरीद टाढाबाट गनुपर्ने सकस भएकाले साना व्यवसायको खाँचो छ । परम्परागत कृषि पेशाको अलावा किराना पसल, कपडा पसल, कफि सप, मासु पसल, इलेक्ट्रानिक पसलहरू, विभिन्न मेकानिकल मर्मत पसस र औषधी पसल आदि क्षेत्रमा ध्यान जान जरुर छ । अन्यथा, ती भेगका किसानलाई जीवन निर्वाह गर्ने समस्याले पिरोली रहने देखिन्छ ।

८.६. आपूर्तीकर्ता

नेपालको पहाडी यसक्षेत्रमा कच्चापदार्थको राम्रो व्यवस्था भएकोले काठ–दाउरा, बाँस, ढुङ्गा, बालुवा, खानेपानी, धानचामल र अन्य कच्चापदार्थ लगायत त्यसठाउँमा सजिलै उत्पालदन तथा उपलब्ध भएका तर बजारका अभाव र आवश्यक ठाउँमा पु¥याउन र प्रर्वद्धन गर्न नसकिएका स्रोत–साधनहरूको देश–विदेशमा आपूर्ति गर्नसके परम्परागत कृषि पेशाको जोखिम कम हुनका साथै पहाडीभेगका आम मानिसको आयआर्जन पनि बढेर जाने सम्भावना छ ।

८.७. पर्यटन

पर्यटन नेपालको तीब्र विकासका लागि मेरुदण्ड नै हो । पहाडी भेगमा विविध भौगोलिक संरचना हुनाले पर्यटन प्रवद्र्धनको राम्रो सम्भाव्यता छ । जताततै हरीया चुरे पहाडहरू, निरन्तर बग्ने मनमोहक झरना र खोलानालाहरू, र लालीगुराँस लगायतका फूलहरूले झपक्कै ढाकेको मनै लोभ्याउने घना वनजङ्गलका साथै विविध सँस्कृतिहरूको माझ स्वदेशी तथा विदेशी पर्यटकहरूलाई मनोरञ्जन दिलाउन सके आयआर्जन र रोजगारी बढ्र्न जान्छ । यसले गरीबवर्ग र वेरोजगार युवालाई प्रत्यक्ष फाइदा पुग्ने छ । यसबाट परम्परागत कृषि पेशा पनि विस्तारै प्रतिस्थापन हुँदै जानेछ ।

८.८. विविध

पहाडी भेगमा हावापानीको विविधता रहेको हुँदा हावापानी र माटो सुहाउने विभिन्न खेतीको थप अरु सम्भावना छ । अलैंची, मरिच, अम्लिसो, अदुवा र चियाजस्ता आयआर्जन मुलक खेतीको प्रचुर सम्भावना रहेको छ । अलंैची, अदुवा र चियाजस्ता महँगा नगदे बालीसमेत पहाडी भेगमा सप्रिने भएकोले भौगोलिक बनावट र हावापानीको तालमेल मिलेको ठाउँमा यी खेती विस्तार गर्न सकिन्छ ।

नेपालको मध्यपहाडी भेगमा परापूर्वकालदेदि गर्दै आएको परम्परागत कृषिपेशा समयको परिवर्तन हुँदैजाँदा जोखिममा परेको छ । हिजो त्यहीखेतीबाट जीवीका चलाउन र आयआर्जन समेत गर्ने किसान अहिले परिवारमा खानलाई पनि हम्मे परेको छ । कृषि पेशामा जोखिम हुनका कारण यस अघि नै चर्चा भयो । यहीक्रमले उत्पादनमा ह्रासदर बढ्दै जाँदा ती पहाडी क्षेत्रमा बसोवास गर्ने बहुसङ्ख्यक् किसानलाई ठुलो आपत्ती आइपर्ने प्रष्ट छ । त्यसैले, यसभेगका किसानले समयमै परम्परागत कृषि पेशाको साथसाथै माथि उल्लेखित वैकल्पिक पेशाहरूलाई विस्तार गर्दै लैजानु सके उतm जोखिम कम हुनका साथै परम्परागत कृषि पेशा समयसापेक्ष रुपान्तरण हुने सम्भावना छ । नेपालको कृषि व्यवसायमा देखिएका तमाम् समस्याहरूको जरा मुलुकमा सदियौंदेखि चलेको एकात्मक शासन व्यवस्था र केन्द्रीकृत राज्य संरचना पनि हो । यो संरचनालाई भत्काएर संघीय शासन प्रणाली अन्तर्गत विभिन्न स्वायत्त राज्यहरुको व्यवस्था गरी सो ठाउँमा त्यही नै नीति निर्माण र कार्यान्वयन गर्ने आधार बनाउन सके यसको स्थायी समाधान हुनेछ ।

E-mail: rananingleku@yahoo.com

(लेखक, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय विद्यार्थीनेता पनि हुन् । –सं.)