लिम्बुवानमा नालायक राष्ट्रपति रामवरण र प्रन्याप्रम खिलराजको पुत्लादहन
चैत्र ३, लिम्बुवान | मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र नेपाल संघीय जन गणतान्त्रिक मोर्चाले लिम्बुवान झापाको दमक चोक लगायत लिम्बुवानका प्राय: सबै ठाउँ र देशभर नै राष्ट्रपति रामवरण र प्रन्याप्रम खिलराजको पुत्ला जलाउने आन्दोलन सम्पन्न गरेको छ |
प्राप्त समाचार अनुसार लिम्बुवानको ताप्लिजोङमा प्रहरी प्रशाशनले हस्तक्षेप गरेको छ | काठमाडौँमा प्रहरी दमन हुँदा दर्जनौं आन्दोलनकारीहरु घाइते भएका छन् |
चैत्र ४ गते लिम्बुवान सुनसरीको इटहरी, झापाको बिर्तामोड र काठमाडौँको नयाँ वानेश्वोर लगायतका ठाउँमा आन्दोलनकारी ३४ दलहरुको संयुक्त बिरोधसभा हुने भएको छ |
“एस. एल. सी. ले गर्दा अलिक अप्ठ्यारो परिरहेको छ | नत्र खिलराज र ४ दलले जनताको शक्ति देख्थे”- लिम्बुवानका अध्यक्ष कुमार लिङदेनले आफ्नो फेसबुक स्ट्याटसमा भन्नुभएको छ |
फोटो: आन्दोलनकारीको दृष्टिमा नालायक राष्ट्रपति रामवरण र प्रमप्रन्या खिलराजको पुत्ला-शबलाई लिम्बुवान झापाको दमक चोकमा आन्दोलनकारीहरूद्वारा विधिवत दाहसंस्कार गरिंदै |

