राष्ट्रपति रामवरण र प्रधानमन्त्री खिलराजको पुत्लादहन
चैत्र ३, नेवा: काठमाडौँ /ललितपुर | नेपाल संघीय जनगणतान्त्रिक मोर्चामा आबद्ध नेकपा-माओवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मंच तथा मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र अन्य सबै घटकहरुको सहभागितामा राष्ट्रपति रामबरण र निर्दलीय प्रधानमन्त्री खिलराजको पुत्ला दहन गर्ने कार्यक्रम काठमाडौँ र ललितपुर उपत्यकामा सफलतापूर्वक सम्पन्न भएको खबर प्राप्त भएको छ |
आन्दोलनमा एकात्मक प्रहरी दमनको दुस्साहस भएको छ | दर्जनौ नेता तथा कार्यकर्ता घाइते भएका छन् | लिम्बुवानतर्फ ‘तान्छोक’ भन्ने विद्यार्थी कार्यकर्ता सामान्य घाइते भएका छन् |
यसैगरी, चैत्र ४ गते नेपालभरका विभिन्न प्रमुख शहर र उपत्यकाको नयाँ वानेश्वर चोक,काठमाडौँमा दिनको ३:०० बजेबाट नेपाल संघीय जनगणतान्त्रिक मोर्चा सहित विभिन्न ३४ दलको संयुक्त आयोजनामा यो एकात्मक षडयन्त्रको विरुद्धमा बृहत विरोधसभा हुने भएको छ |
आन्दोलनमा-
चारदलको असंवैधानिक सिन्डिकेट- मान्दैनौं !
चारदल र बिदेशी षड्यन्त्रमा चल्ने राष्ट्रपतिको असंवैधानिक कदम- खारेज गर !
निर्दलीय खिलराज सरकारलाई बर्खास्त गरौँ !
सबै राजनीतिक दलहरुको सहमतिमा राष्ट्रिय संयुक्त सरकार- गठन गरौँ !
पहिचानसहितको संघीयता हुन नदिने षड्यन्त्र- बन्द गर !
समानुपातिक सीट संख्या घटाइएको कथित चुनाबको बहिष्कार गरौँ !
सम्पूर्ण अग्रगामी शक्तिहरू आन्दोलनको मोर्चामा- एक होऔं !
हाम्रो आन्दोलन जारी छ !-
लगायतका नाराहरू लगाइएको थियो |

फोटो: आन्दोलनकरीहरूले जलाउँदै गरेको राष्ट्रपति रामवरण र प्रधानमन्त्री खिलराजको शब-पुत्लालाई प्रहरीहरू टेक्दै-कुल्चंदै-सडकमा घिसार्दै !
