विश्व लिम्बुवान साँस्कृतिक महासङ्घको स्थापना
ब्रुनाई,
२३ फेब्रुवरी २०१३, विश्व लिम्बुवान साँस्कृतिक महासङ्घको औपचारिक घोषणा भएको छ ।
ब्रुनाईको सेरियामा सम्पन्न घोषणा कार्यक्रममा प्रमुख अतिथि प्रोफेसर चन्द्र लिम्बु फोम्बोले साँस्कृतिक हिसावले मात्र लिम्बुवानवासीहरुमा एकता सम्भव हुने बताउनु भयो । धार्मिक रुपबाट, राजनैतिक रुपबाट एकता गर्न असम्भव भएपनि साँस्कृतिक सहिष्णुताले एकताको लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
क्याप्टेन गजेन्द्रकुमार आङदेम्बेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्कृतिविद् गोपीलाल लिम्बु, सुरेन्द्र इङनाम र विश्वासदीप तिगेला आदीले बोल्नु भएको थियो भने लोक बहादुर लिम्बुको नेतृत्वमा सामुहिक च्याब्रुङ नाच पनि प्रदर्शन गरिएको थियो ।
उक्त कार्यक्रममा विश्वभर छरिएर रहेका लिम्बुवानवासीहरु सम्मिलित समिति घोषणा भयो । विभिन्न ७ विभागहरु रहेको महासङ्घको केन्द्रीय अध्यक्षमा गीतकार शन्तकुमार आङदेम्बे (पाँचथर, साराङडाँडा), उपाध्यक्षमा कलाकार इमाहाँङ सेत्लिङ (सिक्किम), महासचिव प्रेम फियाक पि.एच.डी.(अमेरिका), महिला प्रतिनिधि समाजसेवी अनुभवी एकाउण्टेण्ट् दुर्गाकुमारी शेर्मा (केरुङ) लगायत १५ सदसिय केन्द्रीय समिति गठन भयो । सबैक्षेत्र र सबै मुलुकलाई प्रतिनिधित्व हुनेगरि केन्द्रीय समिति तथा विभागहरुको विस्तार गर्नेक्रम लगातार जारी रहेको छ । महासङ्घको विभिन्न विभागहरु यसप्रकार रहेका छन्ः
१. लर्डस् एण्ड कमिसन्स् कोअर्डिनेसन डिपार्टमेन्ट
२. लाइब्रेरी लाइसेन्ससिङ कस्ट्युमस् मार्केटिङ एण्ड विजनेस डिपार्टमेन्ट
३. फाइनान्स डकुमेन्ट इमिग्रेसन एण्ड एडभर्टाइजमेन्स् डिपार्टमेन्ट
४. हेल्थ एजुकेशन क्यालेण्डर सेन्स्स एण्ड टुरिजम डिपार्टमेन्ट
५. हिष्ट्री कल्चर रिलिजन एण्ड ल्याङग्वैज डिपार्टमेन्ट
६. कन्ट्रक्सनस् एग्रिकल्चर एण्ड ट्रान्सपोर्ट डिपार्टमेन्ट
७. च्याब्रुङ प्याट्रन्स्, म्यूजिक ब्याण्डस्, डक्युमेन्ट्रि, कोरियोग्राफि एण्ड आर्टिष्टस् डिपार्टमेन्ट
लर्डस् एण्ड कमिसन्स कोअर्डिनेसन डिपार्टमेन्टको चीफ कोअर्डिनेटर प्राध्यापक चन्द्र लिम्बु फोम्बो र नेपालका उद्योगी ब्यापारी लगायत भारतीय सैनिक, बिट्रीस गोर्खाज, सिगापुर गोर्खाज र बाहिरी देशहरुमा छरिएर रहनुभएका तमाम नेपालीहरुको चासोको विषय रहेको यो लाइब्रेरी लाइसेन्ससिङ कस्ट्युमस् मार्केटिङ एण्ड विजनेस डिपार्टमेन्ट चीफ कोअर्डिनेटर सुवेदार सुकबहादुर आङदेम्बे (लखनउ, भारत), एसिस्टेन्ट कोअर्डिनेटर सुवेदार गजेन्द्र लिम्बु (तेह्रथुम, लखनउ, भारत) र सेक्रेटरी जानु सुब्बा (लखनउ, भारत) रहनु भएको छ ।