अमेरिकामा संघीय लिम्बुवान समाज अमेरिकाको कार्यसमिति घोषणा
अप्रिल ७,२०१३ न्यू योर्क, न्यूयोर्क शहरको ज्याक्सन्हाईट्समा आज राम चोङ्बाङ लिम्बूको अध्यक्षतामा सत्ताईस सदस्ययीय संघीय लिम्बुवान समाज अमेरिकाको कार्य समितिको घोषणा भएको छ।
समितिका अन्य पदाधिकारीहरु निम्न अनुसार छन्: उपाध्यक्ष: केशर लिम्बू, दिपेश् लिम्बु (खाम्बेक) र बीरेन्द्रहाङ लाबुङ लिम्बू (न्यू योर्क),रोशन लिबाङ (क्यालिफोर्निया), महेश लिम्बू (म्यासाचुसेट्स), सुमन सुहाङ (टिनेस्सी),पूर्ण लिम्बु (कनेक्टिकट), शेर सिंह लिम्बु (डिसी) तथा दिल सेनेहाङ (टेक्सास) रहेका छन् ।
महासचिव: राम सोदेम्बा लिम्बू, सचिव: योगेश लिङ्देन (न्यू योर्क), राम यक्सो (टेक्सास) र तेज सुब्बा फोम्बो (क्यालिफोर्नीय) तथा सचिवालय सचिवमा देशहाङ लिम्बु (न्यू योर्क) चुनिएका छ न् ।
कोशाध्यक्ष: राजकुमार पयाङ्गु लिम्बु र सह कोषाध्यक्षमा सन्तोष लिम्बु निङ्लेखु छन् भने
सदस्यहरुमा:
टेक्सास राज्यबाट -के.बि. थुक्पुको थेबे, आशिष लिङ्देन,तारा बहादुर लिम्बु,प्रेम फागो लिम्बु,
देव लिम्बु (टिनेस्सी),
डा. भरत लिम्बु ईवाहाङ् (नर्थ क्यारोलिना),
न्यू योर्क राज्यबाट: -टंक बहादुर मगर, बिनय सोदेम्बा र चेतन सुब्बा चोङ्बाङ रहेका छन्।
तदर्थ समितिका अध्यक्ष नगेन्द्र ईङ्नाम सेरी:तको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जनजाती महासंघ अमेरिकाका उपाध्यक्ष र कार्यवाहक अध्यक्ष रहेका बिनोद पोमु लिम्बु मुख्य अतिथि र मगर संघ अमेरिकाका महासचिव मान बहादुर राना मगर कार्यक्रमका अथिति रहेका थिए। “लिम्बुवानमा मानव अधिकारको संरक्षण, एक निर्वाचन क्षेत्र – एक संघीयवादी उम्मेद्वार मित्र” मुल नारा पारित भएको यस कार्य समितिको घोषणा कार्यक्रमलाई सुभाष लामा, केशबराम राई,लुइसाङ् वाइबा तमाङ, देवेन्द्र सम्बाहाम्फे, मनु लोहोरुङ, मणि बाङ्देल राई, प्रदीप थापा मगर, नगेन्द्र ईङ्नाम, बिनोद पोमु लिम्बु र मान बहादुर राना मगरले सम्बोधन गरेका थिए।
सो कार्यक्रमलाई तदर्थ समितिका महासचिव दिपेश् लिम्बु (खाम्बेक)ले सञ्चालन गरेका थिए भने तदर्थ समितिका सचिव युगेश लिङ्देनले उपस्थितिलाई स्वागत गरेका थिए। अध्यक्ष ईङनामले नयाँ कार्यसमितिका पदाधिकारीहरुको नामावली पढेर सार्वजानिक घोषणा गरीसकेपछि नयाँ बनेको कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेर नयाँ कार्यसमितिको सफलताको लागि शुभकामना ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए।
न्यू योर्कबाट:
राम सोदेम्बा लिम्बु
