लिम्बुवान आन्दोलन का जिउदो तथा स्व .शहिद हरु
– कुमार लिम्बु “मिराक”
१.२०६३ मंगसिर २६ गते को पहिलो एतिहासिक लिम्बुवान बन्द मा इटहरीमा लिम्बुवान बिरोधि तत्व हरु संग झडप हुदा सधै को लागि एउटा आखा गुमाएका जिउदो सहिद दुर्गा वनेम |
२ .२०६४ असोज २० गते झापा -इलाम सिमाना मा पर्ने सानो केर्खा मा समानुपातिक चुनाब प्रणाली को लडाई मा शशस्त्र प्रहरीले गोलि हानि हत्या गरेका सहिद राज कुमार आन्ग्देम्बे ‘मान्ग्तोक ‘
३ .२०६५ चैत्र ६ गते समानुपातिक चुनाब प्रणाली को माग गर्दा झापा को धुलाबारी मा प्रहरीले गोलि हानि हत्या गरिएका सहिद मनिल तामांग |
४ .२०६८ मोरंग को टाडी मा भएको एतिहासिक लिम्बुवान आमसभा फर्कने क्रम मा दुखद गाडी दुर्घटना भै मृत्यु भएका बिजय आन्ग्देम्बे र बिबेक चेम्जोंग
५ .सोहि गाडी दुर्घटना मा परि आजिबन ह्वीलचेयर मा रहने स्थिति भएका किसन चेम्जोंग |
संसारको जुनसुकै ठाउमा रहेता पनि लिम्बुवानी यी योद्धा हरुको सपना ,बलिदान लाइ नभुलौ र लिम्बुवान आन्दोलन को लागि आफुले सके जति केहि गरौ |आज लिम्बुवान आन्दोलन को नाम त्यतिकै आएको छैन ,धेरै युवाहरुले ज्यान बलिदान दिइरहेका छन् र धेरै युवाहरुले आफ्नो रहर लाग्दो उमेर आन्दोलन मा होमिरहेका छन् |लिम्बुवान आन्दोलन को यो ” ग्राभिटी ” लाइ सबैले बुझौ र केहि गरौ |
