लिम्बु विद्यार्थी मन्च केन्द्रिय समिती को १२ औ सचिवालाय बैठक सम्पन्न।
मिती २०७० बैशाख १४ गते केन्द्रिय कार्यालय किर्तिपुरमा बसेको लिम्बु विद्यार्थी मन्च केन्द्रिय समिती को १२ औ सचिवालाय बैठकले निम्न निर्णयहरु गरेको छ ।
१. रिपोर्टीङ समबन्धमा मन्चका सदस्यहरु आ-आफ्नो क्षेत्रमा सक्रिय रुपमा जिम्मेवारी वहन गरिरहेको , कोशधक्ष चलन कन्दङवाबाट प्रतुत आर्थीक प्रतीबेदन अनुसार मन्चको आर्थीक गतिबिधी चुस्त र दुरुस्त रहेको, र मन्चका महासचिब र अध्यक्षको रिपोर्टीङ अनुसार जिल्ला कार्य समिती र बिभिन्न साखा समितीहरुमा मन्चका बिभिन्न गतिबिधीहरु निरन्तर भैरहेको रिपोर्टीङ भयो
२. दोस्रो पूर्ण बैठक सम्बन्धमा आगामि २०७० जेस्ठ १५ र १६ गते धरान सुन्सरीको चुम्लुङ्हिममा मन्चको दोस्रो पूर्ण बैठक बस्ने निर्णय गरियो । साथै जेस्ठ १८ गते झापा जिल्लामा लिम्बु भाषा, साहित्य र सस्कृतिको बिकास र सरक्षnमा लिम्बु विद्यार्थीको भूमिका बिषयक एक दिने बिचार गोश्ठी कार्यक्रम गर्ने निर्णय गरियो ।
३ स्व बि यु निर्वाचन सम्बन्धमा, त्रीबी ले स्व बि यु निर्वाचन पूर्ण समा नुपतिक प्राणालिबाट नगरे सम्म त्री बि को स्व बि यु निर्वाचन बहिस्कार गर्ने र समानुपतिक निर्वाचनको ढाचा सम्बन्धमा मन्चको धारणा तयार पारी १५ दिन भित्रमा बिभिन्न राजनीतिक र जातिय विद्यार्थी सङ्गठनहरु बिचमा अन्तरकृया कार्यक्रम काठमन्डौमा गर्ने निर्णय गरियो ।
४ आनिपान सम्बन्धमा हाल प्राबी तहमा पठान पाठन भैरहेको पाठ्यपुस्तक आनिपान सम्ब न्धित बिद्यालयमा समयमै सर्वसुलभ रुपमा बितरन गरिनु पर्ने, आनिपानको लागि शिक्षक डरबन्दी अनिवार्य ब्यवस्था गरिनु पर्ने लागायत मागहरु सहित पाठ्यक्रम बिकास केन्द्र, शैक्षिक जनसक्ती केन्द्रमा केन्द्रिय समितीले स्मरन पत्र बुझाउने र लिम्बुवानका जिल्ला शिक्षा कार्यालयहरुमा यो बिषयमा ग्यापन पत्र जिल्ला कार्यसमिती द्वारा बुझाउने निर्णय गरियो ।
५. लि बि मन्च केन्द्रिय समितीको कोश सन्चालनको लागि काठ्मान्डौ महाराजगन्ज स्थित रास्ट्रीय बानिज्य बैकमा रहेको चल्ती खाता न १५१० को सन्चालन नयाँ कार्यसमितीका अध्यक्ष भेशराज चेम्जोङ र कोशाधक्ष चलन कन्दाङवाको संयुक्त हस्ताक्षर बाट सन्चालन गर्ने निर्णय गरियो ।
६ बिबिध बिषयमा सचिब एन बि योङ्हाङको सम्योजकमा मन्चको लेटर प्याड र सदस्य पत्र छाप्ने निर्णय गरियो ।
बिक्रम सम्बाहाङ्फे
महासचिब
