नेपाल आदिवासी जनजाति महासंघद्धारा जारी प्रेस विज्ञप्ती
नेपाल आदिवासी जनजाति महासंघद्धारा जारी
प्रेस विज्ञप्ती
आदिवासी जनजाति नेता तथा पूर्व मन्त्री गोरे वहादुर खपाङगीलाई पुरानो बसपार्क अगाडी वैशाख १२ गते मध्यान्ह १२ बजे बा ५१ प ७३७३ नं को मोटर साईकलले ठक्कर दिई अचेत अवस्थामा विर हस्पिटलको ईमरजेन्सी कक्षमा उपचार गरेर थप उपचारको लागि हाल अनपूर्ण न्यूरोलोजी हस्पिटलमा माईतघर मण्डलामा राखेको घटना प्रति नेपाल आदिवासी जनजाति महासंघको गम्भिर ध्यानकार्षण भएकोछ ।
सर्वप्रथमा वहाँको शीघ्र स्वास्थ लाभको कामना गर्दै, आदिवासी जनजाति नेता यस्तो गम्भिर अवस्थमा हुदा समेत सरकारबाट खासै चासो नलिएकोमा महासंघ घोर आपत्ती व्यक्त गर्दछ । सरकारबाट यस घटनाको न्यायिक छानविन समिति गठन गर्न, वहाँलाई थप निशुल्क उपचारको व्यवस्था मिलाउन र दोषीलाई कडा कारवाहीको माग गर्दै यो प्रेस विज्ञप्ती जारी गरिएकोछ ।

