गोरेबहादुर खपांगीको शल्यकृया सफल, डा० आइभान सम्मानित।
वाह ! डा. आईभान क्या बात- खपागीं बचायौ, पैसा पनि छौड्यौ !
वाह ! डा. आईभान क्या बात- खपागीं बचायौ, पैसा पनि छौड्यौ !सिंगापुर -गोरेबहादुर खपांगी मगरलाई उपचार गराईरहेको सिंगापुरकै अति सुसम्पन्न अस्पताल माउन्ट एलिजाबेथ,नोभेनाका चिकित्सक डा० आइभान जो खपागींको उपचारमा संलग्न थिए, ले आफुले लागेको ख़र्च समेत नलिई रोगी र तिनका शुभचिन्तकहरुको सम्मान गरेकाछन । अत्यन्त थलिएका खपागींको सफल सल्यकृया र उपचार गराउन सफल डा० आइभानलाई उपचारकक्षमै एक कार्यक्रम बिच सम्मान गरिएकोथियो । सो सम्मान कार्यक्रम पश्चात डा० आइभान हर्षबिभोर हुदै तुरुन्तै म्यानेजरलाइ भेट्न उन्को कार्यकक्षमा गई सिंगापुर डलर ३२ हजार लागत खर्च डिस्काउन्ट गरि सिंगापुर डलर १८,९००को बिल बनाएर फर्किएकाथिए । उनले खपागीं जस्ता ब्यक्तिको उपचार गर्न पाँउदा आफुलाई भाग्यशाली सम्झेकाे बताएकाथिए । त्यहाँ खपागींको रेखदेख गरिरहेका आले माईला भन्छन्, चिन्नु न जान्नु साईनो खपागींलाई यति ठुलो सेवा सहित दान गरेका डा. आईभान हाम्रा निम्ति भगवान नै हुन ।आफ्नै पूर्व मन्त्रीलाई सहयोग नगर्ने नेपाल सरकार र सेवाभाव मरिसकेका नेपालका चिकित्सकहरुका लागि आईभान एउटा पाठ हुन सक्छन ।
नेपालमा नसकिएपछि उनका शुभचिन्तकहरुको निर्णयमा खपांगीलाई अगष्ट २३मा उपचारको लागि सिंगापुर लगिएको थियो । आईभनकै नेतृत्वमा ४ सेप्टेम्बरमा सफल सल्यक्रिया सम्पन्न भएको थियो । खपांगी सफल उपचार पश्चात यो आँउदो आइतबार सिंगापुर एयरलाइन्स बाट बिहानको ९:३० मा उडेर काठमाण्डौमा दिनको १२: ३०मा अवतरण हुदैछन ।
अगष्ट २३ देखि ८ सेप्टेम्बर सम्मको सबै बिल भुक्तानि भै सकेको आले माइलाले टेलिफोन मार्फत राज्यसत्तालाइ जानकारि दिए । उनि संगै गएका स्टाप नर्स एलिजा आलेलाई उनको लागी चाहिने सबै दबाई र सरसामग्री हात लगाई पठाउदै छन, आईभानले । डाक्टरका अनुसार, उन्को इन्फेक्शनबाट जोगाउनलाइ धेरै सहयोगीहरु खट्नु आवश्यक छ र उनले दिएका दबाइले उनको रोग पुरा निको हुन्छ ।
५ सेप्तेम्बरका दिन गोरेबहादुर खपांगी मगर उपचार समितिले बिश्वभरबाट उठाएको सहयोग रकम के कसरि पारदर्शि रुपले सार्वजनिक गर्ने गराउने भनि ३ सदसीय समिति बनाएकोछ । जसमा बेलायतबाट मित्र राना मगर,नेपाल मगर संघका कोषाध्यक्ष क्या कुल प्रसाद पुन मगर र नेपाल आदिबासि जनजाति महासंघका कोषाध्यक्ष दराइको एक कार्यदल बनाई काम अगाडी बढाई रहेको खपांगी उपचार सहयोग समितिका संयोजक हुम सुनारी मगरले जानकारी दिए ।
विश्वभरबाट खपागींका शुभचिन्तकहरुले आफ्नो छाक काटेर भएपनि उपचारका लागि रक़म पठाईदिएकाथिए । ति रातदिन खटेर करिब १ करोड़ उपचार खर्चको जोहो गर्न सफल भएकाथिए । विश्वभरबाट कुनै ब्यक्तिका निम्ति यसरी यति ठुलो रक़म उठाई उपचार गराईएको यो नै पहिलो घटना हो ।
साभार – http://www.mulbasi.org/
