इङ्नामको “चोट दिएपछि“ सार्बजनिक
इङ्नामको “चोट दिएपछि“ सार्बजनिक
गत ८ कार्तिक २ं०७० तदनुसार सन २०१३ अक्टोबर २५ को दिन प्रज्ञा भवन, कमलादी, काठमाण्डौमा विश्व नेपाली साहित्य महासङ्घको साहित्य सम्मेलन कार्यक्रम सँगै गीतकार सुरेँद्र इङ्नामको “चोट दिएपछि“ कार्यक्रमका प्रमुख अथिति कुलपति बैरागी काइला ज्यू द्घारा बिमोचन गरिएको हो ।
विश्वभर बाट साहित्य सम्मेलनका लागी एक हजार भन्दा बढी विशिष्ट साहित्यकारहरु साथै साहित्यनुरागीहरुको उपस्थिति रहेको उक्त कार्यक्रम साहित्यजगतको सम्भवत सबैभन्दा ठुलो सम्मेलन हो । उक्त कृति “चोट दिएपछि“ लाई साहित्यकार,गीतकार तथा रेडियोकर्मी रमेश पौडेलले कृति समिक्षा गर्नु भएको थियो । वहाले समिक्षाको क्रममा वहाका गीतहरु मध्यको केहि गीतहरु यसरी सुनाउनु भयो
– म जहा जाउँ जे गरु, मेरै देशको मायाँ छ
पुर्व जाउ पश्चिम जाउँ, मेरो एउटै छाँया छ
त्यस्तै अर्को गीत
– माथि पर्यो लेख, जंगल, तल पर्यो बेसी
म त सधै रमाउछु है, मेरै गाउँघर देखी
अर्को गीत
– मन थामी सुन्नु हजुर लाहुरेको कथा
ईराक को सुनाउ कि अफगानको ब्यथा ?
वहाका गीतहरु सन २००७ तिरै चर्चित गायकहरुको स्वरमा रेकर्ड गरि सकिएको र एल्वम निकाल्ने तयारीमा रहेको कुरा पनि खुलासा गर्नु भयो, साथ साथै वहा
एक कुशल बाँसु वादक हुनुहुन्छ भनेर पनि सुनाउनु भयो । यसै क्रममा वहाको साहित्यिक यात्रा सन १९९७ सालबाट सुरु भएको र वहा समाज सेवामा पनि उतिनै सम्लग्न रहेको पनि जानकारी गराउनु भयो ।
आनन्द रानोहोँछा
बेलायत
