कार्तिक ११ को लिम्बुवान बन्द भव्य सफल:
लिम्बुवानी जनताबाट ऐक्यवद्धता र जनसमर्थन:
एकात्मकवादीहरूको बिरुद्ध निर्णायक विद्रोहमा उत्रन आह्वान:
लिम्बुवान, कात्र्तिक ११ । संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले मङ्सिर ४ मा गर्न खोजिएको कथित् चुनाव र लिम्बुवानका कार्यकर्ताहरुलाई अनाहकमा धरपकट गरेको विरुद्धमा कात्र्तिक ११ गते आह्वान गरेको लिम्बुवान बन्द भव्य सफल भएको छ ।
लिम्बुवान ९ जिल्लाभरका विभिन्न स्थानीय नेताहरुले जानकारी दिएअनुसर बन्दको सबैतिर प्रभाव परेको थियो । उनीहरुका अनुसार शान्तिपूर्ण
आन्दोलनलाई विथोल्न खोज्ने केही सवारी साधनलाई सामान्य कार्वाही समेत गर्नुपरेको थियो ।
राज्य प्रशासनले स्कर्टिङ् गरेर लिम्बुवान आन्दोलनलाई विफल पार्न खोजे पनि त्यो सपल नभएको लिम्बुवानका नेतृत्वहरुले बताएका छन् ।
अब यो कथित् चुनाव बहिष्कार आनदोलन लिम्बुवानका प्रत्येक जिल्ला, थुम् र गाउँदेखि शहर–बजारसम्म थप प्रभावकारी र अझ व्यवस्थित् रुपले अघि बढाइने लिम्बुवानको योजना रहेको बुझिएको छ । साथै, कार्तिक २५ देखि मङ्सिर ५ सम्मको ३३ दलद्वारा पूर्व घोषित आमहड्ताल आन्दोलनलाई सफल पार्न लिम्बुवानमा विशेष रणनीतिका साथ सफल पारिने छ ।
कात्र्तिक ९ गतेको लिम्बुवान बन्दमा एकात्मक प्रशासनले झापा धरमपुरबाट एक जना कार्यकर्ता सन्तोष सेर्मालाई गिरफ्तार गरेको छ ।
हालसम्म एकात्मक प्रशासनले लिम्बुवान आन्दोलनलाई दबाउन विभिन्न ठाउँबाट अनाहकमा गिरफ्तार गरेका नेतृत्य तथा कार्यकर्ताहरु निम्नानुसार रहेका छन् ।
१. के. स.: संगम खनाल, पान्थर
२. पान्थर जिल्ला अध्यक्ष: लाबाहाङ चेम्जोङ
३. क्षेत्रीय अध्यक्ष: गोबिन्द योङहाङ, इलाम
४. एलभी: भुपेन्द्र योङहाङ, इलाम
५. शान्तिनगर उपाध्यक्ष: रणकुमार फुरुम्बो, झापा
६. हिमाल प्रधान, झापा
७. मनिष ताप्मादेन, झापा
८. मंगलसिङ लिम्बु, झापा
९. ज्ञानु राई, झापा
१०. दिनेश लिम्बु, झापा
११. झापा जि. स.: बिशाल आङदेम्बे, झापा काकडभित्ता
१२. क्षेत्रीय अध्यक्ष पूर्णबहादुर योङहाङ, झापा
१३. काकडभित्ता अध्यक्ष: लिलानाथ आङदेम्बे
१४. काकडभित्ता उपाध्यक्ष: प्रकाश गुरुङ
१५. काकडभित्ता सचिव: चन्द्रकुमार राई
१६. बिबेक लिम्बु, झापा
१७. याकुम बिनोद तुम्बाहाम्फे, झापा
१८. राजेन्द्र लाबुङ, पृथ्वीनगर झापा
१९. सन्तोष सेर्मा, धारमपुर्, झापा
लिम्बुवानलाई पाखा पारेर गर्न लागिएको यो कथित् चुनावलाई अस्वीकार गर्न शान्तिपूर्ण रुपमा गरिएको चुनाव बहिष्कार आन्दोलनमा लिम्बुवानका एकात्मक प्रशासनले अनाहकमा गिरफ्तार गरेका सबै नेतृत्व तथा कार्यकर्ताहरुको तुरुन्त रिहाई गर्न माग गर्दा रिहाई नगरिए अझ सशक्त आन्दोलन गरिने जनाइएको छ ।
लिम्बुवानले विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय मानवअधिकारवादी भनाउँदा संघ–संस्थाहरुलाई समेत आफ्ना गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुमा भएको मानव अधिकार हनन् बारे निगारानी राखी दिनहुन एक विज्ञप्ति मार्फत् आग्रह गरेको छ ।
लिम्बुवान अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ द्वारा कार्तिक ११ गते जारी गरिएको एक विज्ञप्तिमा थप भनिएको छ-
“देश संघीयतामा जाँदैछ, तर देशमा संघीयताको विषयलाई शुरुमा उठान गरेर निरन्तर लडिरहेको संघीयता र पहिचानको लागि लडिरहेको ज्यूँदो भुमि लिम्बुवानका सयौं नेता-कार्यकर्ताहरुलाइ जेलमा कोचेर कस्तो खाले चुनाव गर्न लाग्दैछन्- यी ४ दलीय एकात्मकबादीहरु ! बन्द गर ४ दलीय मङ्सिर ४ को चुनावी नौटंकी |”
साथै, सोही विज्ञप्तिमार्फत एकात्मकवादीहरूको बिरुद्धमा निर्णायक विद्रोहमा उत्रन समेत सम्पूर्ण लिम्बुवानवासी जनताहरूलाई अपील गरिएको छ |
