आखिर भोट कस्लाई दिने ?
– रोशन मेवाहाङ्ग
लोकतान्त्रिक हिसाबमा ह्याकुलाले पेलेर देश हाँक्नु खोज्ने एकात्मकवादी को हेपैती नीतिलाई बैधानिक ढंगबाट गणतन्त्र र लोकतन्त्रको मुल्य र मान्यतलाई संस्थागत गरि चुनाबमा लाग्नु पर्छ भन्ने मान्यता मात्र हो । त्यस्ता एकात्मकवादीहरुले हजारौ सहिदको रगतले लेखिएको संघियता दिलैबाट मेटाउन खोज्नु भनेको हरेक नेपालीहरु बिपरित षडयन्त्रमा लागिपरिरहनु हो ।
नेपाल राज्यसत्ताको चुचुरोमा पुगिसकेका पार्टीहरुलाई विश्वास गर्नु मुर्खता हुनसक्छ। एकात्मकवादीहरुले बाघको बच्चाले जस्तो सिङ्गो नेपाल लाई खाईरहेको छ । राजा, राणा र पन्चेहरुले आफ्नो निजि सम्पतीझै सोचिरहेको यो देशका जनताहरुलाई कमैयाको रुपमा हेरिरहेका छन । नेपाली काग्रेसले बच्चा अवस्था देखिनै सानो देश नेपाललाई लत्याईरह्यो।
२०४६ सालपछि हाम्रो नेपालमा बहुदल सत्ता भित्रीसक्दापनि देशका सिमानाहरु, नदिनालाहरुको सिमाना दिनरात धैरै नजिक आईरहे । रै पनि नेपाली जनताहरु सुनसान मोहमा रहिरहनु बाध्यता परिरह्रर्यो । कालन्तरमा कंगालको रुपमा भएका नेकपा एपालेका नेताहरु छोटो समयमानै नेपाल राष्ट्रको सम्पदाहरु भ्रस्टचार गरि धनिमनि बनिरहे ।
माओवादीहरुले जनयुद्धको नाममा हरियो देश नेपाल लाई पकेट पारले झै लुटिरहे। साधरण नेपाली जनताको हत्या गरेर देशको सिमाना जनमत गरेर भारत जस्तो मुलुक लाई बिस्तृत रुपमा जानकारी दिनु हिन्दी फिल्मीमा जस्तो अभिनय गर्नु शिर्ष दलको नेताहरुको अभिनय मात्र थियो ।
हाम्रो देश नेपाल भित्र बिकाशको बाटोमा आएका रकम पचाएर हत्या अपहरण जस्ता जगन्य अपराध फिल्मी तरिकामा चलाउनु राम्रो सोच्नु हुन्न र्
हाम्रो देश नेपालमा नीति, दर्शन र सोचाई धेरै कम छ, जसले गर्दा नेपाली जनताहरु अन्योलमा परिरहेका अवस्था छ । यस्तो समयमा अशोक राई ज्यु को समाबेशी सहितको गणतान्त्रिक र लोकतान्त्रिक समसामहिक दर्शन यति बेला हाम्रो देश र नेपाली जनताहरुको लागि आवस्यकता बनिरहेको छ । वास्तवमा पहिलेको जस्ता सबिधान सभाको चुनाब हाम्रो देशका नेपाली जनताहरुलाई चाहिएको छैन। नेपाली जनताहरुले चाहेका पहिचान सहितको सँघियता र सँघियता सहितको संविधान सभाको चुनाब । बास्तवमा रुचाउनु हुने समाज सेबी सोलु निवासी श्याम राईको राष्ट्रप्रेमीमनलाई हामिसबै नेपालीहरुले कदर गर्नु सहर्ष स्विकारयोग्य छ।
यो समयमा र यो बेलामा हामि आम नेपालीहरुले एक्दमै गम्भीर भएर केका लागी? किन? र कस्लाई भोट दिएर जिताउनु पर्छ भनेर सोच्नु ज्यादै जरुर छ । समय यहि हो सबैले सोचौ र सम्विधानसभाको चुनावलाई सहिमार्गमा ल्याउनलाई ब्याक्तीलाई भोट दिउ।
