अग्नि पीडितको निम्ति एकल कविता वाचन
ताप्लेजुङ पौष १५ , स्थानीय फुङलिङ बजार स्थित वाणिज्य संघको सभाहलमा कञ्चनजंघा साहित्य प्रतिष्ठानको आयोजनामा गत कार्तिक १८ गते ताप्लेजुङमै भएको अग्नि पीडितहरुलाई राहत संकलन गर्ने हेतुले कवि चन्द्र मादेन “आन्छन्” द्धारा “एकल कविता वाचन” सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष पूर्व प्राज्ञ एवं साहित्यकार रविमान लमजेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमूख अतिथि प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल द्धारा दीप प्रज्वलन गरि उद्घाटन गरिएको थियो । अन्य अतिथिहरुमा श्रीबक्स गुल्मका गुल्मपति भरत बुढाथोकी, प्रहरी नायव उपरिक्षक गोविन्द आचार्य, जि.शि.अ. दामोदर आचार्य, जनजाति महासंघका अध्यक्ष यिगेन्द्र गुरुङ्ग, विभिन्न पार्टीका प्रमुख र गन्यमान्य व्यक्तित्वको उपस्थित भएको थियो ।
अग्नि पीडित सहयोग स्वरुप रु पॉच शय र दुई शयको प्रवेश शुल्क राखिएको सो सभाहलमा करिव एक शय पचास जना दर्शक तथा श्रोताहरुले खचाखच भरिएको थियो । सहरका पॉच घरकै पीडित परिवारहरुको उपस्थितिमा गरिएको कार्यक्रममा कवि “आन्छन्” ले एक दर्जन कविता पस्केका थिए भने बीच—बीचमा स्थानीय कलाकारहरु भरत गुरुङ्ग, लक्ष्मी चुडाल, राजु खवास, मेघराज मगराती, सन्ध्या श्रेष्ठ, रजिना दाहाल र मुनलाइट कला केन्द« द्धारा गीत तथा नृत्य प्रस्तुत गरि भरपुर मनोरञ्जन दिलाएका थिए ।
वाल मन्दिर आमा समुहका अध्यक्ष मिना गुरुङ्ग द्धारा बुझाईएको रु ६ हजार रकम प्रमुख अतिथि प्र.जि.अ. पौडेल मार्फत प्रतिष्ठानका अध्यक्ष रविमान लमजेललाई हस्तान्तरण गरिएको थियो । सो रकम गरि टिकटहरु बाहेक रु दश हजार जति हलमानै उठेको थियो । स्वागत मन्तव्य दिने क्रममा बॉकी टिकटहरुको सबै विवरण जतिसक्दो चॉडो सार्वजनिक गरिने कुरो प्रतिष्ठानका सचिव कवि कमल “अकिञ्चन” भट्टराई द्धारा जानकारी दिईएको थियो । सो समारोहमा लिम्बु, राई, नेवार, गुरुङ्ग, शेर्पा र मगर जातिको भेषभुषामा पञ्चकन्या नारीहरु द्धारा प्रमुख अतिथि, अतिथिहरुलाई खादा र व्याज लगाई उपस्थितहरु सबैलाई खाजा नास्ता खिलाइएको थियो । कार्यक्रमको उद्घोषण ज्ञानु फुरुम्बोद्धारा गरिएको थियो भने विज्ञापन संयोजन लिटलबुद्ध बोर्डीङ् स्कूलबाट गरिएको थियो ।
— बेदनाथ सिग्देल