बेलायतको डोभरमा चासोक तङ्नाम २०१३ भब्यताकासाथ सम्पन्न।
सुरेन्द्र ईङ्नाम – बेलायत
गत ३० डिसेम्बर २०१३ को दिन चुनौतिपुर्ण हावापानी र ब्यस्त समयको बावजुद पनि विशेष टाढा-टाढाबाट पाल्नुभएका उपस्थित आमन्तृत अथितिगण तथा उपस्थित सम्पुर्ण
लिम्बुजन महानुभावहरुको उपस्थितिले सांस्कृतिक क्रान्ती संकल्पित अभियान: “सामाजिक सांस्कृतिक एकता र एकरुपताको लिम्बु स्पष्ट पहिचान र दुरुस्त संस्कारको लिम्बु” अन्तर्गतको कार्यक्रम ‘चासोक तङनाम २०१३’ बेलायतको केण्ट क्षेत्र डोभरमा भब्यताका साथ सम्पन्न भएको छ।
“विश्व लिम्बु संकृति महासंघ केन्द्रीय कमिटी ” आयोजक रहेको यो चासोक तङनाम कार्यक्रममा प्रमुख अथिति भुतपुर्ब अध्यक्ष किरात याक्थुङ चुमलुङ यु.के श्री डम्बर सिंगक ज्यु रहनुभएको यो कार्यक्रममा अथितिहरु क्रमस: अध्यक्ष याकथुङ माङ्गेन्ना चुमलुङ यु.के श्रीमती कमला लिम्बु सोही संस्थाकै उपाध्यक्ष श्री कल्पना आङबोहाङ ज्यु र ३ अथिति ज्युहरु, अध्यक्ष सेवारो कलाकार संघ युके श्री काजिमान याक्सो ज्यु सोही संघकै उपाध्यक्ष गायक,रचनाकार,समाज सेवी तथा महा-सचिब मञ्च सम्बद्ध संघिय लिम्बुवान राज्य परिषद प्रबास कार्य समिति बेलायत, कला तथा सांस्कृतिक बिभाग प्रमुख ‘किरात याक्थुङ चुम्लुङ यु.के’ श्री मान तबेबुङ (नाजम) ज्यु, समाजसेवी बुध्दिजिवी श्री सैलेन्द्र नाल्बो लिम्बु, समाजसेवी बुध्दिजिवी गायिका तथा निर्मात्री कमला कन्दङ्वा, समाजसेवी बुध्दिजिवी क्याप्टैन श्री गजेन्द्रकुमार आङदेम्बे, समाजसेवी बुध्दिजिवी संस्थाका सल्लाहकार श्री यक्षराज लिम्बु, समाजसेवी बुध्दिजिवी तथा
रेडियो प्रस्तोता श्रीमती दिपा लिम्बु राई, समाजसेवी बुध्दिजिवी श्री कृष्ण लक्सम, समाजसेवी बुध्दिजिवी श्री बिनोद केरुङ, समाजसेवी बुध्दिजिवी तथा ब्याबसायी श्री गोकर्ण लिम्बु र कार्यक्रमका विशेष अथिथिमा समाजसेवी बुध्दिजिवी गीतकार लेखक तथा महासंघ दर्शनविद संस्थापक अध्यक्ष “विश्व लिम्बु संस्कृति महासंघ” श्री सन्तकुमार आङदेम्बे रहनुभएको थियो। कार्यक्रमको सभापतित्व समाजसेवी बुध्दिजिवी तथा “फिल्म डक्युमेण्ट्री एण्ड कल्चरल शो एक्जेक्युटिभ” का अध्यक्ष श्री दिपेन्द्रकुमार लक्सम रहनुभएको थियो । यस कार्यक्रमलाई औपचारिकरुपले सुरु गर्नलाई उक्त तङ्नाममा उपस्थित बृद्द बाबा श्री यामबहादुर थेबे ज्युको हातबाट दिप प्रजलन गरिएको थियो। स्वागत मन्त्यब्य श्री सन्तबहादुर लिम्बु सचिव “फिल्म डक्युमेण्ट्री एण्ड कल्चरल शो एक्जेक्युटिभ” ले गर्नु भएको थियो।
उक्त कार्यक्रममा सदाझै केलाङ (च्याभ्रुङ् नाच), यालाङ (धान नाच) हाक्पारे साम्लो (गीत) साथै लिम्बु कल्चरसँग आबद्द अन्य कृयाकलापहरु पनि सामेल गरिएको थियो। यस कार्यक्रममा बिषेश आकर्सण भने किराँत लिम्बु भोजनहरु गुन्द्रुक,सिन्की, किनामा, फिलङ्गेको आचारहरु रहेको थियो। कार्यक्रमको बिचको बोल्ने क्रममा यस कार्यक्रमको औचित्य प्रकाश पार्दै महासङ्घका
अदक्ष तथा उक्त कार्यक्रमका विशेष अतिथी ज्युले चासोक तङ्नाम भन्नाले विषेश त ” प्रकृति तथा भुमीपुजक भएकोले अन्नबाली पाकेपछि प्रकृतीलाई आफुले खानुभन्दा पहिला चडाएर तपाईले दिनुभएको यो अन्नले हाम्रो भोक टर्ने छ।यसरीनै हरेक सिजनका बालिहरु राम्ररि फलोस फेरि अर्को बालि पाकेपछि फेरि प्रकृती तिमिलाई हामि यसरिनै सम्झने छौ, पुज्ने छौ” भन्ने हो। सोहि क्रममा प्रमुख अथिति भुपु अध्यक्ष कि.या.चु युके श्री डम्मर सिंगक लिम्बु र या.मा.चु युके अध्यक्ष श्रीमती कमला लिम्बु ज्युले “चासोक तङनामको बारेमा बोल्दै कार्यक्रममा महासंघसंगको सहकार्यको ऐक्यबध्दता जनाउने सम्बोधन गर्नुभएको थियो।
भिविन्न चरणमा च्याभ्रुङ् नाच, धान नाच र हाक्पारे गाएर कार्यक्रमलाई अझै मनोरन्जनात्मक र नयाँ पुस्तालाई सिक्ने र जान्ने अवसर प्रदान गरिएको थियो। यस कार्यक्रमलाई औपचारिक रुपमा सकिएको घोसणा गर्दै कार्यक्रमको सभापति समाजसेवी बुध्दिजिवी तथा “फिल्म डक्युमेण्ट्री एण्ड कल्चरल शो एक्जेक्युटिभ” का अध्यक्ष श्री दिपेन्द्रकुमार लक्समज्यु ले सबैलाई धन्यवाद ज्ञ्यापन गर्नुभयो र यस कार्यक्रमलाई सञ्चालन महासंघका उप-महासचिव श्री महेश वनेम ज्युले गर्नुभएको थियो।
