माङ्खिम सहयोग समर्पण साँझ भव्य सम्पन्न

वेलायत, केन्ट, ४ जनवरि, प्रकृति तथा पितृ पुजक किरात राईहरुले “माङ्खिम तथा शाकेला स्थल सहयोग समर्पण साँझ” नामक सांगेतिक च्यारिटी डिनर कार्यक्रम भव्य DSC_5416सम्पन्न गरेको छ । ४ जनवरि सनिबारको दिन हवकिङ्ग कम्युनिटि सेन्टर केन्टमा आयोजित कार्यक्रममा करिब ५०० भन्दा बढि किरात तथा गैर किरात दर्शक तथा भद्र–भलादिमीहरुको उपस्थिती थियो । किरात राई यायोक्खा बेलायत अन्तर्गत किराती युवाहरुको अगुवाइमा आयोजित कार्यक्रममा बेलायतबासी किराती कलाकारहरुका अलबा नेपालबाट आउनुभएको वरिष्ठ गायक शम्भु राईले पनि प्रस्तुति गर्नुभएको थियो ।
किरात राई यायोक्खा बेलायत केन्द्रिय समितिको उद्घाटन समारोहबाट शुरुभएको कार्यक्रममा माङ्खिम तथा शाकेला स्थल व्यावस्थापन समितिका सह संयोजक बिरेन्द्र राईले स्वागत मन्तव्य दिएका थिए भने अध्यक्ष पदमबहादुर राई, प्रमुख अतिथी श्रीमती सुमाया राई र संयोजक श्रीमती कल्पना राईले शुभकामना मन्तव्य दिएका थिए । सह सचिव प्रेम राईले संचालन गरेको उद्घाटन समारोहमा समर्पण साँझ कार्यक्रम संयोजन मण्डलका निर पुमा, डिल्लीराम राई, जगत नवोदित र ईश्वर चाम्लिङ्गलाई किरात राई यायोक्खाको झण्डा थमाउँदै अध्यक्ष, प्रमुख अतिथी लगाएत अतिथीहरुले उत्कृष्ठ कामको लागि विशेष अभिनन्दन गरेका थिए । किरात मिथकले ओतप्रोत अति लोकप्रिय गीतहरुको सामुहिक गायनबाट हल नै जुरुक्कै उचालिए भैm शुरु MKR_6661भएको सांस्कृतिक कार्यक्रममा किराती मिथकका लघुनाटक तयामा, खियामा र हेत्छाकुप्पा पनि मञ्चन गरिएको थियो । भगवान, निर, किसन, आनन्द, दौलत, विरचन्द्र, गंगा, अनिला, सुमी, सुमी (ब्रामकोट), सुस्मा, ऊर्मीला, कृष्णा, कामना, प्रिया, सुजाता, लीला , संजिब, रुपा, सिन्ध्या, प्रतिभा, पुर्णीमा, करिस्मा, सहित करिब दुइ दर्जन जति कलाकारहरुले विभिन्न नृत्य तथा गीत प्रफोम गरिसके पछि प्रसिद्ध गायक शम्भु राईलाई अभिनन्दन तथा सम्मान गरिएको थियो । गायक राईले सम्मान पश्चात गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रारम्भिक कमिटी ग्रेटर रसमुरले गत सालको उत्कृष्ट शाकेला नाच प्रस्तुत गरेको थिए । जगत नवोदित, डिल्लीराम राई र सन्जिब राईको सह संचालनमा संचालित डिनर सहितको सांगेतिक कार्यक्रम मध्यरातमा समाप्त भएको थियो । कार्यक्रम भव्य सफलताका साथ ऐतिहासिक रुपमा सम्पन्न भएको कुरा अध्यक्ष पदम बहादुर राईले ठोकुवा गर्नुभयो । समर्पण साँझ अति भव्य र सभ्य ढंगले सम्पन्न भएको संस्थापक संयोजक तथा केन्द्रिय सल्लाहकार हर्कराज राईले टिप्पणी गर्नुभयो ।
कार्यक्रम संयोजन मण्डल र माङ्खिम तथा शाकेला स्थल व्यावस्थापन समितिका अनुसार समर्पण साँझमा माङ्खिम तथा शाकेला स्थल प्रोजेक्टलाई कार्यक्रम संयोजन मण्डल सहित २ आरजिआरका केहि सदस्यहरुको तर्फबाट २४,२०० पाउण्ड, किरात यायोक्खा हङ्कङका पुर्व अध्यक्ष नरहाङ राई तथा विशिष्ठ सदस्य शिवराम राईको तर्फबाट क्रमस १५०० पाउण्ड र ११११ पाउण्ड सहयोग जुटेको साथै समर्पण साँझ च्यारिटी सो मार्फत डाक्टर एसोसियसनबाट ९०८ पाउण्ड सहित करिब ७ हजार पाउण्ड सहयोग संकलन भएको जानकारि भएको छ ।
आई चाम्लिङ
बेलायत

mangkhim