अनिस खालिङ् बचाउ अभियानमा प्रवाशी नेपाली साहित्य समाजको सकृय सहभागिता।

सन्जिव पारदर्सी-बेलायत

गत १६ जनवरी २०१४ का दिन विएफविएस गोर्खा रेडियोमा एक कार्यक्रम मार्फत खालिङका बृद्धा आमा, श्रीमति र बचाउ अभियानकर्ताहरुले सहयोगको याचना गरे anis khalingलगतै १७ जनवरी को दिन तुरुन्त साहित्य समाजको बैठक बसी समाजको तर्फबाट यथासक्दो पहल गर्ने निर्णय गर्दै समाजका पूर्व अध्यक्ष सुरेन्द्र इङनामलाई संयोजक तोक्यो र तत्कालै क्रेडिडकार्ड, गेटवे पेमेन्टको आधारमा अनलाइनबाटै सहयोग जुटाउन सुरेन्द्र इङनामको पहलमा सुरुवात गरिने भएको छ। अहिले अन्लाईन मेडिया धेरै शक्तिसाली भएकोले अन्लाईनबाट निकै सहयोग रकम जुटाउन सकिन्छ भन्ने आशयले इङ्नाम ज्युले अन्लाईन पहल गर्नुभएको हो। सबै कार्य सुरुगर्न संम्योजकले बैठकको समयमै नेपालका बचाउ अभियानका सम्योजक नारद खालिङ, देबेन खालिङ र श्रीमति अनिस खालिङ सँग बुझेर वहाहरुको अनुमती लिईएको थियो। समाजकै पुर्बदक्ष बिश्वासदिप तिगेलाले ब्रुनाईबाट www.SaveAnishKhaling.com वेवसाइट निर्माण गरिदिनुभएको छ। सोसियल मिडिया प्रयोग नगर्नेहरुको लागि वेवसाइट धेरै उपयोगि हुने भएकोले सबैलाई अपडेट भैइरहोस भन्ने हेतुले उक्त वेवसाईटलाई लन्च गरिएको हो।

हाम्रो सानो सहयोगले खालिङको ज्यान बचाउन सकिने भएकोले सबैलाई यथासक्दो चाडो सहयोग गर्न आग्रह गरिएको छ । एक पाकिस्तानीले खालिङलाई यौन दुब्र्यवहार गरेको कारण प्रतिकार गर्दा घाइते बनेका उक्त पाकिस्तानीको उपचारकोक्रममा मृत्यू भएको कारण हत्या आरोप लागेको जानकारी प्राप्त भएको छ । खालिङलाई दुबईको तल्लो र माथिल्लो दुबै अदालतले मृत्यूदण्ड सुनाई सकेको छ । अब anis khaling2मृतकको परिवारले ब्लडमनी स्वीकार गरेमा २ लाख दिरहाम (लगभग रु ५६ लाख) बुझाई खालिङलाई बचाउन सकिने छ अन्यथा चाडै उनलाई मृत्यूदण्डको सजाय कार्यन्वयन हुनेछ ।

दुब्र्यवहारमा परेका, गरिब, निर्धो २३ बर्षे युवा, एक बृद्धा आमा, श्रीमति, सानो काखे नानीको रेखदेख गर्दै आएका खालिङलाई बचाउनको लागि सबैलाई आग्रह समेत गरिएको छ । एक नेपाली माथि परेको बज्रपात माथि नेपालीहरुको यो एकता अत्यन्तै प्रसंसनीय रहने, कसैलाई परेको बेला सहयोग गरे भोलि आफैलाई पर्दा पनि सहयोग मिल्न सक्दछ ।

अन्त्यमा उक्त बैठकले रकम जुटाउने कार्यलाई फरवरीको दोस्रो हप्तासम्म निरन्तर दिने र जुटेको रकमलाई हस्तान्तरण बि. एफ. बि. एस. काठमाण्डौ मार्फत लाईभ प्रसारण गरेर पिडितका आफन्तहरुलाई हस्तान्तरण गर्ने निर्णय गर्‍यो।
अनिस खालिङ बचाउ अभियानको लागी तलको लिङ्कमा क्लिक गरेर Paypal or Other option छानेर सहयोग गरिदिनुहोला।