प्रवासी नेपाली साहित्य समाजद्धारा अनिस खालिङको जीवन रक्षाको लागि ९ लाख सहयोग ।

बिश्वासदिप तिगेला- बेलायत

काठमाडौं, ५ मार्च २०१३, प्रवासी नेपाली साहित्य समाज, वेलायतद्धारा अनिस खालिङको जीवन रक्षाको लागि ९ लाख ४ हजार रुपैया राजधानीको दरबारमार्ग स्थित मधुशाला गजल रेष्टुरेन्टमा आयोजित एक औपचारीक कार्यक्रममा सहयोगरकम हस्तान्तरण गरेको छ ।anish_rakam
युएईमा मृत्यूदण्ड सुनाईएका २३ बर्षिय खालिङ्को जीवन रक्षाको लागि आवश्यक पर्ने ब्लड मनीको निमित्त प्रवासमा सक्रिय साहित्य समाजले उक्त रकम अनलाइन र प्रत्येक्ष मार्फत ४९१ दाताहरुबाट संकलन गरेको हो । दाताहरु वेलायत, जर्मनी, अमेरिका लागायतका रहेका छन् । समाजले पूर्व अध्यक्ष सुरेन्द्र इङनामलाई संयोजक तोकी संकलन कार्यलाई अगाडि बढाएको थियो । नेपाली साहित्यिक संस्थाले कल्याणकारी कामको लागि उठाएको यो रकम सम्भवतः आज सम्मकै ठूलो रासी हो ।
सन् २००१ मा स्थापित साहित्य समाजले प्रत्येक बर्ष एकजना उत्कृष्ट स्रष्टा र उत्कृष्ट समाजसेवीलाई सम्मान साथै अन्य कल्याणकारी कामहरु गर्दै आएको छ । समाजको सक्रियतामा संकलित रकमको विवरण र दाताहरुको नामावली आफ्नो वेवसाइट www.pravasi.com.np मा राखिने पनि जनाएको छ ।
समाजका उपाध्यक्ष तथा नेपाल प्रतिनिधि मिलन चाम्सको संयोजनमा खालिङका आमा, उनका श्रीमति तथा खालिङ बचाउ अभियानका प्रतिनिधिलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
साहित्य समाजका पदाधिकारीहरुः
अध्यक्षः जितेन्द्र चेम्जोङ
उपाध्यक्षः मिलन चाम्स
महासचिवः आनन्द रानोहोछा
सचिवः किसन राई
कोषाध्यक्षः प्रकाश राई
सहकोषाध्यक्षः लिम्बु नयन
सदस्यः महेश वनेम
सदस्यः सन्देश नेम्वाङ
सदस्यः संजिव राई
सदस्यः मिलन लामा
सदस्यः नवराज राई (पूर्व महासचिव)
सदस्यः सुरेन्द्र इङनाम (पूर्व अध्यक्ष)
सदस्यः विश्वास दीप तिगेला (पूर्व अध्यक्ष)
इमेलः pravasisamaj@googlemail.com