एभरेष्ट सेक्यूरिटी लिमिटेडका मालिक चोङवाङद्धारा विद्यालयलाई रु २० लाख सहयोग

एभरेष्ट सेक्यूरिटी लिमिटेडका मालिक चोङवाङद्धारा विद्यालयलाई रु २० लाख सहयोग
तेह्रथुम, ८ चैत । बेलायती गोरखा सैनिकका भूतपूर्व एक अनेरी लेफ्टिनेन्टले भवन निर्माणका लागि तेह्रथुम पौंठाकको जनप्रिय उच्च माविलाई रु २० लाख प्रदान गर्नुभएको छ ।Gokarna-chongbang
पौंठाक–६ घर भई हाल बेलायत बस्दै आएका भूतपूर्व अनेरी लेफ्टिनेन्ट गोकर्ण चोङवाङ लिम्बूले विद्यालयलाई उक्त रकम प्रदान गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकमान पन्धाकले जानकारी दिनुभयो । लिम्बूले सोही विद्यालयबाट प्रावि तहको शिक्षा हासिल गर्नुभएको थियो ।
गाउँका बालबालिकाको शैक्षिक उन्नति होस् भन्ने चाहनाका साथ बाजे मानबहादुर, बाबु महानन्द तथा बोजु र फुपूहरूको स्मृतिमा विद्यालय भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरिएको चोङवाङले जानकारी दिनुभयो ।
को हुन त गोकर्ण चोङवाङ ?
झण्डै २ दशक वेलायती गोर्खा सेनाको सेकेण्ड रोयल गोर्खा राइफल्समा सेवा पश्चात अवकास लिनु भएका चोङवाङ अहिले एभरेष्ट सेक्यूरिटी लिमिटेडका मालिक हुनुहुन्छ । वहाका ७ वटा कम्पनीहरुबाट धेरै प्रकारका सुविधाहरु उपलब्ध छन् । सेक्युरिटी लिमिटेड मार्फत झण्डै हजारको संख्याले रोजगारी पाएका छन् भने अवकास लिन लागेका सैनिकहरुलाई तालिम दिलाउने उत्कृष्ट कम्पनी मध्ये वहाको कम्पनीको लण्डन शाखा एक हो ।
चोङवाङले नेपालबाट पहिलो पटक वेलायत आउनुहुने नेपालीहरुको लागि निशुल्क तथा सानो शुल्कमा आवासको ब्यवस्था पनि गरिदिनु भएको छ । आवासको लागि २ वटा भवन ब्यवस्था गरिदिनु भएको छ ।
http://www.everestsecurity.co.uk/

साभार: www.nepalisamachar.com