बृहत साङ्गीतिक साँझ Intake-99

बृहत साङ्गीतिक साँझ
करिब १५ बर्ष उत्साहपूर्वको प्रतीक्षामा बेलायतको केन्ट जिल्ला फोक्सटनमा गत सन २०१४ मेँ १० का दिन बृहत साङ्गीतिक साँझ भब्यताका साथ सम्पन्न भयो । उक्त a1कार्यक्रमको सुरुवातमै “ईन्टेक भेला भएर धेरै अगाडी देखी रमाईलो गर्ने चाहाना, नयाँ बर्ष २०७१ सालको ढिलै भए नि शुभकामाना”“गित संगित नै मानिसहरुको अनुभूती हो”जस्ता भाव लिएर कार्यक्रम संचालकका रुपमा रोशन मेवाहाङ्ग आउनु भएको थियो । कार्यक्रमका आयोजक कमिटी टु आर जि आर का नम्बरी राजाहरु रहनु भएको थियो ।
यस पटक बेलायत केन्ट जिल्लाको फोक्सटनमा १५ बर्ष कार्यवधी पुरा भएको अवसरमा ठुलो उत्सुक्तापुर्वक बिग्रेड अफ गोर्खाज ईन्टेक ९९ का सैनिकहरुले कार्यक्रम “बार्षिकोत्सव” साथै बृहत साङ्गितिक साँझ तय गरेको थियो । यस कार्यक्रमका लागी नेपालबाट चर्चित गायक सागर र बिनयक आउनु भई आप्नो प्रस्तुतीको शुरुको गित“यो मन त नेपाली हो ” गाउदा सबै नेपालीहरु मायामोहमा डुबेका थिए । मायाको कुनै मोह हुदैन भनेर १ आर जि आर का नम्बरी रामले भन्नु भयो । दोश्रो भनेको सागर राईको “दर्शन नमस्ते” बोलको गित गाउदा सबै नम्बरी राजाहरु क्षितिजपारीको देश नेपाल साथै चर्चक्रुखम र नेपाली डाँडाहरुको याद आयो भन्नु भयो ।
घामको चर्को आभाशले , संगीतलाई उल्टो शीतलता दिईरर्‍यो भन्छन ईन्टेकका अभिभाबकका रुपमा आउनु भएका आमा पार्बती राई । यसै गितका लागी बहिनीहरु भन्छन “मानिसहरु संगितमा पागल बन्न सक्छन”।
a2यी सबै कुराहरु को बाबजुद रिचार्ड गुरुङ्ग भन्नुहुन्छ “विचार र परिवर्तनशील सोचका कारण आफुलाई सिपाई भए नी सांङ्गीतिक बाटोमा मानिसहरु लाई गीत, संगितको दुनियामा वातावरण नै संगितको मोह भनु भनु लाग्छ रे” ।
रोशन मेवाहाङ्गले देश भक्तिभावका मुक्तक बाचन गरेर आशुहरु मनको सागरमा डुबाएका थिए । “बियर पिउनेहरु भन्छन,भरुभुमीमा पनि शितलता मेटियो” जस्ता बोलको मुक्तकले मानिसहरुलाई साङ्गीतिक मोडमा पुर्‍याएर हसाएका थिए ।
आखिरमा यस कार्यक्रमको मुख्य लक्ष्य भनेको बिग्रेड अफ गोर्खाज ईन्टेक ९९ मा रहेका सम्पुर्ण सदस्यहरुको चाहाना बृहत साङ्गीतिक साँझ गराएर भरपुर मनोरन्जन गराउदै आफ्नो संस्कृती, नेपालीपन र नेपाली सांगेतिक भुभीलाई देश बाहिर बसेर ताजै तथा जिवीतै राख्नु हो भन्दै कार्यक्रमलाई औपचारिक रुपमा ईन्टेकका सिनियर नम्बरी लाख बहादुर गुरुङ्ले समापन गर्नुभएको थियो।

रोशन मेवाहाङ्ग
बेलायत